News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

पोखरा भ्रमणमा आएका भारतीय नागरिक देवान सिंहको स्वीमिङ पुलमा डुबेर मृत्यु

यो तस्विर कम्प्युटरको माध्यमबाट एआईको प्रयोग गरी बनाईएको हो ।

पोखरा, २६ भदौं । पोखरा भ्रमणमा आएका २३ वर्षीय भारतीय नागरिक देवान सिंहको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

मंगलबार दिउँसो साढे १ बजेको समयमा पोखरा–१७, पावरहाउसस्थित रहेको पावरहाउस रिसोर्टको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा भारत उत्तर प्रदेश लखनऊका सिंहलाई डुबेको अवस्थामा देखेर साथीले तत्कालै गण्डकी मेडिकल कलेजमा पुऱ्याएका थिए । उपचारका क्रममा डाक्टरले दिउँसो ३ बजेर ५२ मिनेट जाँदा मृत घोषणा गरेको थियो ।

सिंहको पोष्टमार्टम् पश्चात् उनका बुबा रुकमेन्द्र प्रताव सिंहले शव भारतर्फ लगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।