
१पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
२स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
३‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
४पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
५आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
६फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०डुलुवाको अध्यक्षमा योगेश भट्टराई
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
पोखरा, १५ भदौं । पोखरा महानगरपालिका वडा नम्बर ४ को आयोजनामा वडा स्तरीय तीज गीत प्रतियोगिता सम्पनन भएको छ । शनिबार सम्पनन प्रतियगितामा नेपाल आदर्श महिला समूह प्रथम भएको छ । उक्त समूहले प्रथम हुँदै २० हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियगितामा महिला समाजसेवा समिति दोस्रो र शुभकामना महिला विकास केन्द्र तेस्रो भए ।
परोपकार सर्वेश्वर नारी समूह सान्त्वना भएको छ । दोस्रो, तेस्रो र सान्त्वना हुन सफल समूहले क्रमस १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र पाँच हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गरेका छन् ।
त्यसैगरी गणेश योग केन्द्रले उत्कृष्ठ नृत्य, सिर्जनशिल महिला समूहले समय व्यवस्थापन र रामकृष्ण टोल मिसा पुचले उत्कृष्ठ भेषभूषामा पुरस्कार प्राप्त गरे । उत्कृष्ठ नृत्य प्रस्तुत गर्ने, समय व्यवस्थापन गर्ने र उत्कृष्ठ भेषभूषा पुरस्कार प्रापत गर्ने समूहले उनीहरुले ३/३ हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गरेका हुन् ।
प्रतियोगितामा विभिन्न १३ समूहले प्रतिस्पर्धा गरेका थिए भने, सहभागी समूहलाई २/२ हजार रुपैयाँ र प्रमाणपत्र दिइएको थियो । उनीहरु सबैलाई वडाध्यक्ष देवकृष्ण पराजुलीसहित वडाका जनप्रतिनिधिले नगदसहित प्रमाण पत्र प्रदान गरेका हुन् ।
यस अगाडि प्रतियोगिताको पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए । उद्घाटन गर्दै उनले वडा नम्बर ४ ले सबै जातजातिको संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान दिएको भन्दै प्रसंशा गरे ।
प्रतियोगिताको उद्घाटन सत्रमा वडामा उत्कृष्ठ काम गर्ने कर्मचारीहरु सहायक चौथो मेनुका पौडेल र सहायक पाँचौं मनमायाँ रानालाई सम्मान गरिएको थियो । त्यसैगरी लाखे नाँच प्रतियोगितामा दोस्रो र सान्त्वना हुन सफल समूहलाई सम्मान गरिएको थियो । उनीहरु सबैलाई महानगरका प्रमुख धनराज आचार्य, वडाध्यक्ष पराजुली र उपस्थित जनप्रतिनिधिले खादा, प्रमाण पत्र र नगदसहित सम्मान गरेका हुन् ।
प्रतियोगिताको आयोजक पोखरा ४ का वडाध्यक्ष पराजुलीले विकास आवशयकताको आधारमा हुने भन्दै संस्कृति संरक्षणमा वडा नम्बर ४ लागि परेको बताए ।
गण्डकी प्रदेशसभाकी पूर्व सांसद प्रभा कोइरालाले हेर्न र सुन्न पनि नसकिने गीतले संस्कृति संरक्षण गर्छन भन्न नसकिने बताइन् । उनले तीजको भावना र मर्म अनुरुपका गीत गाउनुपर्नेमा जोड दिईन् ।
उद्घाटन सत्रमा वडा नम्बर २ का वडाध्यक्ष एवं महानगरमा कांग्रेस दलका नेता दिवशमान प्रधानांग, वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष शंकर बास्तोला, नविन मावि व्यवस्थापन समितिका अध्यक्ष शिरोज कोइराला, वडा सदस्य पार्वती माकाजु लगायतले शुभकामना थिए ।
पोखरा-४ गणेश गुठी परिसरमा भएको प्रतियोगितामा राष्ट्रिय तथा स्थानीय कलाकारहरु कृष्ण सुवेदी, सुनिता नेपाली र दुर्गा कोइराला लगायतको बेजोड प्रस्तुति समेत रहेको थियो ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई