News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

नेपाली सेनामा भर्ती गरिदिन्छु भन्दै ठगी गर्ने पर्स्याङका धर्मराज थापा पक्राउ

पोखरा, २८ जेठ । नेपाली सेनामा भर्ती गरिदिन्छु भन्दैं सर्वसाधारणबाट पैसा ठग्ने बागलुङका धर्मराज थापालाई पोखरा–५, जिरोकिलोमिटरबाट वडा प्रहरी कार्यालय बैदामले पक्राउ परेको छ ।

पोखरा महानगरपालिका वडा नं. ५, पर्स्याङ बस्ने २७ वर्षीय थापाले आफू आर्मी फिटनेस सेन्टरको सञ्चालक भएको र नेपाली सेनाका माथिल्लो तहका हाकिमहरुलाई चिनेकोले सजिलैसँग भर्ती गराई दिन्छु भन्दैं पैसा असुलेका थिए ।

बागलुङ घर भएका १९ वर्षीय एक युवासँग थापाले एकलाख ७० हजार रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले प्रेषित गरेको ईमेलमा उल्लेख छ । पक्राउ परेका थापालाई जिल्ला अदालत कास्कीबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको छ ।