News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

ठगी मुद्दामा फरार मोहरिया टोलका कमलमान गुबाजु पक्राउ

पोखरा, २८ जेठ । ठगी सम्बन्धी कसुरमा फरार पोखरा महानगरपालिका वडा नं. २ मोहरिया टोल बस्ने ५० वर्षीय कमलमान गुबाजुलाई वडा प्रहरी कार्यालय बगरले पक्राउ गरेको छ ।

उच्च अदालत पोखराले २०७२ भदौं १० गते ठगी सम्बन्धी कसुरमा गुबाजुलाई ९ महिना कैद सजाय र १५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । ७ महिना २९ दिन कैद सजाय र १४ लाख १५ हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका कमलमान आजसम्म पनि फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक अविनाश दिप जिसीका अनुसार जेठ २५ गते पक्राउ परेका कमलमानलाई अदालतमा उपस्थित गराई बाँकी रहेको कैद भुक्तानका लागि प्रक्रिया अघि बढाई सकिएको छ ।