News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

जिरोकिमीस्थित होटलमा जुवातास खेल्ने ९ जना पक्राउ

पोखरा, १८ फागुन । होटलमा जुवातास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीले ९ जनालाई पक्राउ गरेको छ । बिहीबार साँझ साढे ६ बजे पोखरा–५, जिरीकिमीस्थित धौलागिरी आगमन होटल एण्ड रेष्टुरेण्टमा छापा मार्दै प्रहरीले ९३ हजार आठसय १० रुपैयाँ बरामद गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा–५, पस्र्याङ बस्ने ५१ वर्षीय काजिमान बल, सोही ठाउँ बस्ने २३ वर्षीय अन्तिम भन्ने अस्मिन गुरुङ, बागलुङ गलकोट नगरपालिका घर भई सोही ठाउँ बस्ने ४२ वर्षीय मनबहादुर दमै, सोही ठाउँमा ३२ वर्षीय टोपबहादुर श्रीस, जिरोकिमी बस्ने २८ वर्षीय सुशान्त ठाकुर, मालेपाटन बस्ने ३३ वर्षीय सितल कार्की, पोखरा वडा नं. ३ बस्ने ३५ वर्षीय विकास गुरुङ, पोखरा–१८, सराङकोट बस्ने ४० वर्षीय रमेश पराजुली र पोखरा–५ बस्ने ३० वर्षीय कृष्णबहादुर छन्त्याल रहेका छन् ।

पक्राउ परेकाहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धि मुद्दामा १० दिन म्याद थप गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।