News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

‘प्रहरी हुँ’ भनी धम्की दिदैं हिड्ने दुईजना पक्राउ

पोखरा, १८ फागुन । मादकपदार्थ सेवन गरी होहल्ला गर्दै ‘हामी प्रहरीको ठुलै व्यक्ति हौं’ भन्दैं रेडियोसेट (वाकिटाकी) समेत देखाई हिड्ने दुईजनालाई पोखरा–६, लेकसाईडबाट प्रहरीले बिहीबार (हिजो) पक्राउ गरेको छ ।

राति साढे दुई बजेको समयमा रेडियो सेट (वाकिटाकी) देखाउँदैं स्थानीयलाई त्रसित बनाएर होहल्ला गरिरहेको अवस्थामा पोखरा–६ बस्ने ३२ वर्षीय नारायण गिरी र सप्तरी जिल्ला डाक्लेश्वरी नगरपालिका वडा नं. ७ घर भई हाल पोखरा–११, फुलबारी बस्ने २१ वर्षीय विवेक ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।

होहल्ला गरिरहेको अवस्थामा सोधपुछका क्रममा उनिहरुले उल्टै ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई अपशब्द बोल्दै गाली गलौंज गरी अभद्र व्यवहार गरेका थिए । जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिनको म्याद थप गरी अभद्र व्यवहारमा दुईजनाको अनुसन्धान प्रकृया प्रहरीले अगाडि बढाएको छ ।