News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

बाल विवाह मुद्दामा फरार सरस्वती र बिनिता पक्राउ, कारागार चलान

पोखरा, १८ फागुन । बाल विवाह मुद्दामा फरार दुईजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको छ । प्रहरीले कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. १ बस्ने सरस्वती भन्ने बुद्धिसरा विक र सोही ठाउँ बस्ने बिनिता सुनारलाई पोखरा–१, हरिचोकबाट पक्राउ गरेको हो ।

उनीहरु दुवैं जनालाई गत माघ २५ गते जिल्ला अदालत कास्कीले बाल विवाह मुद्दामा दोषी प्रमाणित गर्दै कैद र जरिवाना तोकेको थियो । पक्राउ परेका मध्ये बुद्धिसरालाई २ महिना १८ दिन कैद सजाय र दुईहजार पाँचसय जरिवाना र बिनितालाई ३ महिना कैद र दुईहजार पाँचसय जरिवाना तोकेको थियो ।

पक्राउ परेका दुवैजनालाई कास्की प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराई अदालतबाट थुनाका लागि कारागार पठाई सकिएको छ ।