
१२०६२ देखिका उच्च पदस्थ कर्मचारी र प्रमुख राजनीतिक पदाधिकारीहरूको सम्पत्ति छानबिन हुने
२मन्त्री बन्न नपाएको झोंकमा द्रोर्णकुमारले दिए राजीनामा
३गण्डकी प्रदेशका नयाँ मन्त्रीहरुले आजै लिए सपथ
४गण्डकी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेरको तयारी
५सिर्जनाको हत्यामा थप दुईजना आफ्नै भाञ्जा र ज्वाई पक्राउ
६सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका कँडेल
७सर्वोच्च अदालतबाट दोषी ठहर भएकाहरु अझै फरार
८अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
९मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक
१०डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
११सेनाद्वारा अन्नपूर्ण गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर
१२झुट्टा अभिलेख तयार पारि लाईसेन्स दिने शंकर र जगत विरुद्ध विशेष अदालतमा मुद्दा दायर
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
६कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
७पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
८लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
९अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
१०मक्किएको काँग्रेसलाई बचाउन खोज्दा खोज्दैं आफैं ढले गगन थापा, दिए सभापति पदबाट राजीनामा
११कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
१२मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दुईजना मानिस पक्राउ
डन न्यूज
काठमाडौ । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी महासंघले क्याटरिङ्ग तथा पार्टिप्यालेस संचालनमा रोक लगाउनु खेदपूर्ण भएको भन्दै तत्काल सञ्चालन अनुमति दिन सरकारसमक्ष आग्रह गरेको छ। आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर महासंघले आफूहरुको व्यवसाय सञ्चालन गर्न रोक लगाईएकोमा पूर्ण खेद जनाएको छ ।
महासंघले भनेको छ,‘नेपाल सरकारले क्याटरिङ्ग तथा पार्टिप्यालेस जस्तै समान प्रकृतिका व्यवसाय (होटल, रेष्टुरेन्ट ,सपिङ्ग मल र पुर्ण रुपमा हवाइ उडानका साथै यातयात) लगायत संचालनको अनुमति दिँदा पनि हाम्रा क्याटरिङ्ग तथा पार्टीप्यालेस संचालनमा रोक लगाउनु अत्यन्तै खेदपुर्ण रहेको छ ।’

“महासंघका अध्यक्ष लिलाबहादुर जिसी”
कार्यक्रममा महासंघका अध्यक्ष लिलाबहादुर जिसीले व्यवसाय व्यवसायीको लागि मात्रै नभएर राज्यको लागि भएको उल्लेख गर्दै यथाश्यक चाँडो पार्टी प्यालेस तथा क्याटरिङ खुलाउनुपर्ने धारणा राखे । उनले भने,‘व्यवसाय व्यवसायीको लागि मात्रै होइन, यो त राज्यको लागि हो । कुन अर्थमा भने–हामीले तिरेको करबाट अर्थतन्त्र बलियो बन्छ । बेरोजगारीको अन्त्य हुन्छ । व्यवसायीहरुले बैंक तथा वित्तिय संस्थाबाट लोन लिएर काम गरेका छौं । यसले गर्दा बैंक तथा वित्तिय संस्थापनि सस्टेनको लागि टेवा पुग्छ ।’
उनले आफूहरुको व्यवसायजस्तै समान प्रकृतिका व्यवसाय सञ्चालन भैरहेको अवस्थामा पार्टी प्यालेस चाहीँ बन्द गरिनु दुःखद् पक्ष भएको टिप्पणी गरे । उनले भने,‘यसले ठूलो असर पुर्याउँछ । हामीले गृहमन्त्रीज्यूलाई गत साउन १३ गते नै हाम्रो व्यवसाय सञ्चालनको लागि ज्ञापनपत्र बुझाएका थियौं । उहाँले सुचारु गर्ने प्रतिबद्धतता जनाउनु भएको थियो । त्यस्तै, गत असोज ११ गते सिसिएमसी पनि निवेदन दर्ता गराएका थियौं । उहाँहरुले व्यवसाय सुचारु गर्छौ भन्नुभएको छ । यसको लागि सिसिएमसीले मन्त्रिपरिषदमा प्रस्ताव पठाईसकेको छ । मन्त्रिपरिषदबाट अब स्विृकत हुनुपर्छ ।’
व्यवसायीका बिषयमा सरकार र सरोकारवाला निकायले गम्भिरता नदेखाउदा सिंगो अर्थतन्त्र र वेरोजगारीको समस्या मुलुकले झेलिरहेको र व्यवसायी पलायन भइ वैंक तथा वित्तिय संस्थाहरु समेत डुब्ने स्थिती रहेको महासंघको भनाई छ ।
महासंघले आफूहरु आम जनताको स्वास्थ्यप्रति अत्यन्तै गम्भीर रहेको उल्लेख गर्दै अब व्यवसाय सञ्चालन गर्दा आवश्यक भौतिक दूरी कायम गर्ने, स्यानिटाईजर प्रयोग गर्ने, मास्क र ग्लभ्स प्रयोग गर्ने प्रतिबद्धता जनाएको छ । त्यस्तै, पार्टी प्यालेसहरुका हलको क्षमताको आधारमा हाललाई ३५ प्रतिशत नबढ्ने गरी कार्यक्रम स्थलका प्रवेश गराई व्यवसाय संचालन गर्न पनि आफूहरु तयार रहेको महासंघले स्पष्ट पारेको छ ।
महासंघले व्यवसाय सञ्चालनको लागि कार्यक्रम स्थलमा प्रवेश गर्ने पाहुनाहरुको नाम, ठेगाना र सम्पर्क नं. लिपिबद्ध गरी राख्न तयार रहेको, पार्टी प्यालेसभित्र रहेका शौचालयलगायतका स्थानहरुमा कार्यक्रम अवधिभर पटक–पटक सेनिटाईज गर्न तयार रहेको, पाहुनाहरुलाई खाजा तथा खाना खाने समयमा टेवुलहरुलाई भौतिक दुरीको आधारमा राखी एउटा टेबुलमा दुई जना मात्र राख्न तयार रहेको, कार्यक्रम समाप्त भईसकेपछि हललाई पूर्ण रुपमा सेनीटाईज गर्न तयार रहेको, पार्टिप्यालेसमा रहेका कर्मचारीहरुको आवश्यक्ता अनुसार व्यवसायीहरुले नै पि.सि.आर. टेस्ट तथा स्वास्थ्य जाँच गर्न तयार रहेको र कार्यक्रमस्थलमा अनावश्यक रुपमा भिडभाड र कोलाहल हुनबाट रोक्न तयार रहेको प्रतिबद्धता जनाएका छन् । त्यस्तै, कार्यक्रममा बरिष्ठ उपाध्यक्ष तेबिन्द्र रत्न शाक्यले स्वागत मन्तव्य राखेका थिए भने उपाध्यक्ष एवम् प्रवक्ता तथा बाग्मती प्रदेशका संयोजक कृष्णप्रसाद पाण्डेले कार्यक्रमको सञ्चालन तथा प्रेस विज्ञप्ती वाचन गरेका थिए ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ