News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

बाख्राफर्मबाट साढे ११ लाखसहित १४ जुवाडे पक्राउ

लमजुङ । बाख्रा फर्ममा जुवातास खेलाउने र खेल्ने गरेको गोप्य सूचनाको आधारमा छापा मार्दा जिल्ला प्रहरी कार्यालय लमजुङले लाखौं रुपैयाँसहित जुवाडेहरुलाई पक्राउ गर्न सफल भएको छ । मध्यनेपाल नगरपालिका वडा नं. १ जिता सरेदीस्थित सुदीप थापाले सञ्चालन गरेको बाख्रा फर्मबाट मंगलबार दिउँसो ४ बजे नगद ११ लाख ४७ हजार आठसय ४२ रुपैयाँसहित ती जुवाडेहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका जुवाडेहरुलाई सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत जुवा तथा सट्टेबाजी गरेको र गराएको अपराधमा कारबाही गरिने जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी गंगाबहादुर थापाले जानकारी दिएका छन् ।

प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा सुन्दरबजार नगरपालिकाका वडा नं.७ का ५० वर्षीय कृष्णबहादुर अधिकारी, सुन्दर नगरपालिका वडा नं. ९ का ५० वर्षीय रामबहादुर गुरुङ, सुन्दरबजार नगरपालिका वडा नं. ४ बस्ने ३९ वर्षीय देव दोङ, सुन्दरबजार नगरपालिका वडा नं. ९ का  ३० वर्षीय गोरबहादुर गुरुङ, ६० वर्षीय कुलबहादुर गुरुङ, ४५ वर्षीय रामचन्द्र घर्ती र ३५ वर्षीय योगेन्द्र श्रेष्ठ, मध्यनेपाल नगरपालिका– ३ बस्ने ३१ वर्षीय सन्देश थापा, तनहुँ आबुखैरेनी वडा नं.३ बस्ने ४२ वर्षीय सुरेन्द्र मगर, भानु नगरपालिका वडा नं.१ बस्ने ३७ वर्षीय कृष्णप्रसाद सापकोटा, कास्की जिल्ला रूपा गाउँपालिका वडा नं.७ का रामबाबु भट्टराई, गोरखा नगरपालिका वडा नं.११ बस्ने ४० वर्षीय नरेन्द्र तामाङ, ४० वर्षीय  आकाश तामाङ  र तनहुँ व्यास नगरपालिका वडा नं. ११ बस्ने ४२ वर्षीय प्रेमबहादुर अधिकारीलाई जुवाखालबाट पक्राउ गरिएको हो ।