News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

भरुवा बन्दुकसहित तनहुँका थापा पक्राउ

दमौली । तनहुँको भीमाद नगरपालिका-२ बन्दीछापबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही वडाको सिमलबोट बस्ने ६० वर्षीय टुकबहादुर थापा रहेका छन् । प्रहरी चौकी किहुँबाट खटिएको प्रहरी टोलीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो । उनको साथबाट एक नाले भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ । एकजना व्यक्ति भरुवा बन्दुकसहित हिडिरहेको भन्ने सूचनाका आधारमा किँहु प्रहरी चौकीबाट खटिएको टोलीले थापालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाविरुद्ध हातहतियार मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।