
१अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
२सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
३अफवाह नफैलाउन प्रहरीको आग्रह
४बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
५सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
६२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१०विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
११‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
यसरी चोरिएको पेट्रोल र डिजेलको पैसा पम्प सञ्चालकहरुले केही हिस्सा आफैंले राखेर बाँकी सबै रकम कार्यालय प्रमुख चितरञ्जन दासलाई नगदैं बुझाउँदैं आईरहेको स्रोतले बताएको छ । यसपटक डिजेल चोरीमा लेखनाथ उद्योग वाणिज्य संघमा दुईपटक अध्यक्ष भइसकेका पश्चिमाञ्चल ट्रेडर्सका सञ्चालक बाबुराम जम्मरकट्टेल संलग्न देखिएका छन् ।
पोखरा, २७ साउन । नेपाल आयल निगम लिमिटेडका गण्डकी प्रादेशिक प्रमुख चितरञ्जन दास र व्यापारी बाबुराम जम्मरकट्टेलसहित इन्धन चोरीमा संलग्नलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा शुक्रबार नैं सिफारिस गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले कार्यालय प्रमुख दास कैं संलग्नतामा पेट्रोलियम पदार्थको चोरी भएकोमा यस घटनामा अख्तियार दुरुपयोग भएको देखिएको हुँदा थप अनुसन्धान र छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा पठाईएको जानकारी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले भने–‘डिजेल चोरीको विषयमा अख्तियार प्रमुखलाई सम्पूर्ण जानकारी गराईएको छ । गगनगौंडा डिपोमा कार्यालय प्रमुख कैं संलग्नतामा पेट्रोलियम पदार्थको चोरी र हिनामिना धेरै परिमाणमा भएको हुन सक्ने स्थिति देखिएपछि थप अनुसन्धान र आवश्यक कारवाहीका लागि अख्तियारमा पठाउने निर्णय गरेका हौं ।’

पोखरा महानगरपालिका वडा नं.२७ मा रहेको बाबुराम जम्मरकट्टेलको पश्चिमाञ्चल ट्रेडर्स नामको पेट्रोल पम्प ।
जिल्ला प्रशासनको एक टोलीले गोप्य सूचनाका आधारमा निगममा बिहीबार दिउँसो २ बजेर ५४ मिनेट जाँदा डिजेल भरेर ग२ख ८३६ नम्बरको ट्यांकर निस्किएदेखि नैं पिछा गरिरहेको थियो । पोखरा महानगरपालिका वडा नं. २७ स्थित पश्चिमाञ्चल ट्रेडर्स नामको पेट्रोल पम्पमा डिजेल खन्याउन जाने बेलामा दिउँसो ३ बजेर १५ मिनेट जाँदा टोलीले तालचोक नजिकबाट ट्यांकरलाई नियन्त्रणमा लिएर नजिकैको डाँडाको नाक प्रहरी चौकीमा लगेको थियो ।
कार्यालय प्रमुख दास नै पेट्रोलियम पदार्थ चोरीमा संलग्न हुन थालेपछि डेढ महिना अघिदेखि नै जिल्ला प्रशासन कार्यालय कास्कीमा गोप्य सूचनाहरु आईरहेका थिए ।
प्रशासनको टोलीले ट्यांकर चालक निर्मल थापालाई तत्कालै पक्राउ गरी प्रहरीको जिम्मा लगाएर अनुसन्धान अगाडि बढाएको थियो । प्रहरी चौंकीमा ट्यांकर मालिक पश्चिमाञ्चल ट्रेडर्स सञ्चालक बाबुराम जम्मरकट्टेल र निगमका प्रादेशिक प्रमुख दासलाई प्रशासनको टोलीले ट्यांकर नापजाँचका लागि तत्कालै बोलाएको थियो । व्यापारी जम्मरकट्टेल आएपनि कार्यालय प्रमुख दासले भने विभिन्न वाहनावाजी गर्दै मोवाइल नै स्वीचअफ गरी सम्पर्कविहिन भएका थिए ।

प्रशासनको टोलीसँग प्रादेशिक प्रमुख दासले प्रहरीसँग कुरा गरेर ट्यांकरलाई छोडिदिन आग्रह गरिरहेका थिए । ‘सबै ठिक छ हजुर, प्रहरीसँग कुरा गरेर ट्यांकरलाई छोडिदिनुस्’, टोलीसँग प्रमुख दासले यसरी अन्तिम समयसम्म पनि ट्यांकरलाई छुटाउन कोसिस गर्दै थिए । दासले पेट्रोल पम्पहरुलाई बढि तेल दिएर आर्थिक लाभ लिने गरेको गोप्य सूचनापछि प्रशासन चनाखो बनेको थियो ।
प्रशासनको टोलीले कि तपाई आउनुस्, नभए प्रशासनको गाडी पठाई दिन्छौं, त्यसैंमा प्रहरी चौकीमा आउनुस् भन्दै फोनमा कुरा भईरहँदा दासले मोवाईल स्वीचअफ गरी कार्यकक्षमा तालाचापी लगाई तत्कालै सम्पर्कविहिन भएका थिए । कार्यालय प्रमुख दास गायव भएपछि निगमका सहायक प्रवन्धक एवम् सूचना अधिकारी श्रीधर लामिछानेको उपस्थितिमा टोलीले ट्यांकरमा रहेको डिजेलको परिमाण नापजाँच गरेको थियो ।
निगमका अपरेसन इञ्चार्जदेखि अन्य कर्मचारीले गर्नुपर्ने कामहरु कार्यालय प्रमुख दासले नै गर्दै आईरहेका थिए ।
टोलीले डिजेल नापजाँचका क्रममा ३१ सय ९ लिटर डिजेल बढी देखिएको थियो । बिलमा १२ हजार लिटर डिजेल भरिएको उल्लेख थियो । तर नापजाँचका क्रममा १५ हजार लिटर भन्दा बढी डिजेल भेटिएको थियो ।
कार्यालय प्रमुख दासले अन्य कोही पनि कर्मचारीलाई संलग्न नगराई सोही दिन पनि आफैंले ट्यांकरको चलान, विल र गेटपासमा सहीं गरेका थिए । निगमका अपरेसन इञ्चार्जदेखि अन्य कर्मचारीले गर्नुपर्ने कामहरु कार्यालय प्रमुख दासले नै गर्दै आईरहेका थिए ।
एकातर्फ डिपोबाट बिक्री हुने इन्धनको नापजाँच गर्न (डिप लिने) कार्यालयका अपरेसन इञ्चार्ज परशुराम अधिकारीलाई नदिई दासले आफै गर्ने गर्थे । गत असोजमा सरुवा भई प्रमुखका रुपमा आएका दास विवादित पात्र हुन् । उनी त्यहाँ आएदेखि नै इन्धन अपचलनको घटना निकै बढिरहेको थियो ।
डिजेलमा ०.२ प्रतिशत र पेट्रोलमा ०.८ प्रतिशत परिमाण घट्नु सामान्य भएपनि कार्यालय प्रमुख दास आएदेखि नोक्सान असामान्य ढंगले बढ्दै गईरहेको थियो । कार्यालय प्रमुख दास नै पेट्रोलियम पदार्थ चोरीमा संलग्न हुन थालेपछि डेढ महिना अघिदेखि नै जिल्ला प्रशासन कार्यालय कास्कीमा गोप्य सूचनाहरु आईरहेका थिए ।
निगमका कर्मचारीहरुका अनुसार पेट्रोलियम पदार्थको स्टक कति छ भन्ने कुरा पनि आफ्नै डायरीमा लेखेर लैजाने र कार्यकक्षमा कसैलाई पनि प्रवेश समेत गर्न नदिने हुँदा त्यहाँ भईरहेको हिनामिना र चोरी असामान्य नै देखिन्छ । यसअघि सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीको प्रमुख हुँदा पनि निगमका सवारीसाधनमा चाहिनेभन्दा बढी तेल प्रयोग गरेको बिल बनाई इन्धन अपचलन गर्ने गरेको आरोप दासमाथि लागेको थियो ।
प्रशासनले बिहीबार ट्यांकर नियन्त्रणमा लिए पछि सम्पर्कविहिन भएका कार्यालय प्रमुख दास शुक्रबार कार्यालयमा उपस्थित भएनन् । शुक्रबार पुनः जिल्ला प्रशासन कार्यालय कास्कीको टोलीले डिपोमा पुगी आवश्यक कागजपत्रहरु संकलन गरेर ल्याएको थियो । कार्यालय प्रमुख दासको कोठामा ताला लागेकोले सिसिटिभी फुटेज लगायतका महत्वपूर्ण अन्य कागजपत्रहरु प्रशासनको टोलीले भने झिक्न पाएनन् । तर अख्तियारले अनुसन्धान प्रारम्भ गरेपछि यी प्रमाणहरु संकलन हुनेमा निगमका कर्मचारीहरु विश्वस्त छन् ।
यसरी चोरिएको पेट्रोल र डिजेलको पैसा पम्प सञ्चालकहरुले केही हिस्सा आफैंले राखेर बाँकी रकम कार्यालय प्रमुख चितरञ्जन दासलाई नगद बुझाउँदैं आईरहेको स्रोतले बताएको छ । यसपटक डिजेल चोरीमा लेखनाथ उद्योग वाणिज्य संघमा दुईपटक अध्यक्ष भइसकेका पश्चिमाञ्चल ट्रेडर्सका सञ्चालक बाबुराम जम्मरकट्टेल संलग्न देखिएका छन् । उनकै निजी ट्यांकरले सोही पम्पमा डिजेल ल्याएको अवस्थामा प्रशासनको टोलीले नियन्त्रणमा लिएको थियो ।
बिहीबार राती ट्यांकर चालकलाई थुनामा राखी अनुसन्धान भईरहेको भए पनि शुक्रबार छोडिएको छ । ट्यांकर भने प्रहरी नियन्त्रणमा रहेको छ । डिजेल चोरीमा संलग्न कार्यालय प्रमुख दास र व्यापारी बाबुराम जम्मरकट्टेल लगायतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले के कस्तो कारवाही गर्छ, त्यो भने हेर्न नै बाँकी छ । यो धन्दामा गण्डकी प्रदेशका धेरै पेट्रोल पम्पहरुको संलग्नता रहेको देखिन्छ । जुन अख्तियारको छानबिनपछि पनि थप पुष्टि हुने नै छ ।
प्रादेशिक प्रमुख चितरञ्जन दास निलम्बित
नेपाल आयल निगमको शुक्रबार बसेको बैठकले गण्डकी प्रादेशिक प्रमुख चितरञ्जन दासलाई निलम्बन गरेको छ । निगमका प्रवक्ता मनोज ठाकुरले भने–‘निगम व्यवस्थापनको निर्णयले गण्डकी प्रादेशिक प्रमुख दासलाई अनुसन्धान पुरा नहुँदासम्मका लागि ४५ दिन निलम्बन गरिएको छ ।’
आयल निगमले डिजेल चोरी गरी बिक्री गरेको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन पश्चात् दोषी भएमा कार्यालय प्रमुख दासलाई बखास्त गर्दै थप कारवाही गर्नेछ ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन