News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार सुदुर पश्चिम

‘निष्पक्ष र स्वच्छ पत्रकारिता गर्नुपर्छ’ : परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद

सुदूरपश्चिम, १८ असार । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले स्वच्छ, तथ्यपरक र निष्पक्ष पत्रकारिता गर्न पत्रकारहरूलाई आग्रह गर्नुभएको छ ।

प्रजातन्त्रवादी पत्रकारहरूको संस्था नेपाल प्रेस युनियन कैलालीको आज धनगढीमा भएको अधिवेशनको उद्घाटन गर्दै कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री साउदले सुदूरपश्चिमको पत्रकारिताले राष्ट्रिय पत्रकारितामा महत्त्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।

छुट्टै प्रसङ्गमा उहाँले छिमेकी मुलुक भारत र चीनको उदाउँदो अर्थतन्त्रबाट नेपालले लाभ लिन सक्नुपर्ने बताउनुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर ओडले पनि पत्रकारिता निष्पक्ष र तटस्थ हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व वरिष्ठ उपाध्यक्ष दामोदर दवाडी, कांग्रेसका जिल्ला सभापति नारायणदत्त भट्ट, प्रेस युनियनका सुदूरपश्चिम प्रदेश अध्यक्ष मनमोहन स्वाँरलगायतले पत्रकारिता र पत्रकारको हकहितका बारेमा बोल्नुभएको थियो । अधिवेशनले युनियनको नयाँ जिल्ला कार्यसमिति चयन गर्ने जनाइएको छ ।