
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
काठमाडौँ, ७ जेठ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै छ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ८८ अङ्कले उकालो लागेर एक हजार आठ सय ८३ दशमलव २० मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव १४ अङ्कले उकालो लागेर तीन सय ५८ दशमलव ३३ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपमूहको शेयर मूल्यमा गिरावट आउँदा नौ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।
कूल ४८ लाख २८ हजार सात सय ७६ कित्ता शेयर रु एक अर्ब ६० करोड चार लाख ९२ हजार सात सय ३१ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु छ करोड १७ लाख ६५ हजार चार सय ८० बराबरको शेयर कारोबार भयो ।
यस्तै राष्ट्रिय बीमा कम्पनी रु पाँच करोड २८ लाख ९९ हजार सात सय ५३, तारागाउँ रिजेन्सी होटल रु चार करोड एक लाख ३३ हजार पाँच सय ३१, नागरिक लगानी कोष रु तीन करोड ७० लाख ९२ हजार र नेपाल दूरसञ्चार कम्पनी रु तीन करोड ६४ लाख ९० हजार पाँच सय ६४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार राष्ट्रिय बीमा कम्पनी र आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । सनराइज फोकस्ड इक्विटी फण्ड सात दशमलव ८०, पोखरा फाइनान्स छ दशमलव १६ र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले पाँच दशमलव ५७ प्रतिशतले कमाएका छन् ।
यसैगरी आर्दश लघुवित्त छ दशमलव ५६, ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलो पाँच दशमलव १८, मन्दाकिनी हाइड्रोपावर चार, राप्ती हाइड्रोपावर तीन दशमलब ९५ र एनबीबीएल डिवेञ्चरका लगानीकर्ताले तीन दशमलव ९४ प्रतिशतले गुमाएका छन् ।-रासस