
१गीतकार सम्मान पत्रकार आरजु विष्ट ‘सल्यानी’लाई
२कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
३उपल्लो मुस्ताङमा हिमपात, मुक्तिनाथ यात्रा नगर्न आग्रह
४अन्नपूर्ण पदयात्रामा पर्यटक फसे, उद्धार टोली खटियो
५५३ मृतकका परिवारलाई ८ करोड राहत
६मनाङ र अन्नपूर्ण गाउँपालिकामा लेक लागेर चारजनाको मृत्यु
७प्रचण्डको आह्वान : ‘परिवर्तन पक्षधर शक्तिहरू एकजुट भएर समाजवादी नेपाल बनाऔं’
८निर्वाचनलाई ‘राष्ट्रिय अनुष्ठान’का रूपमा ग्रहण गर्न प्रधानमन्त्रीको आग्रह
९चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
१०निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
११‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
१२जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
८प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
९आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
१०इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
११विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
१२पाँचथरमा बलेरो दुर्घटनामा छ जनाको मृत्यु
बागलुङ । सुरक्षित प्रसूतिका लागि घण्टौँ लगाएर स्वास्थ्यचौकी पुग्नुपर्ने तमानखोला गाउँपालिका–६ का महिलाको बाध्यता हटेको छ । नर्जाखानीमा रहेको सामुदायिक स्वास्थ्य एकाइले गत साउनयता प्रसूति केन्द्र सञ्चालनमा ल्याएपछि सेवा सहज बनेको हो ।
गाउँमै प्रसूति सेवा शुरु भएपछि नर्जाखानी, भित्रीवन र पात्लेका स्थानीयवासी खुशी छन् । यसअघि सुरक्षित प्रसूति गराउन गर्भवतीलाई वडा नं ५ स्थित खुङ्खानी स्वास्थ्यचौकी पु¥याउनुपथ्र्यो । कतिपय गाउँपालिकाको केन्द्र बोङ्गादोभान नै जान्थे ।
विकट भूगोलका कारण वडा नं ६ का बस्तीबाट पैदलै खुङ्खानी आउन झण्डै तीन घण्टा लाग्छ । मोटरमा एक घण्टा । नर्जाखानीमा दुई वर्षअघि सडक पुगे पनि वर्षायाममा यातायात रोकिन्छ । सडक बन्द हुँदा गाउँलेले गर्भवतीलाई बोकेरै स्वास्थ्यचौकी लैजानुपथ्र्यो ।
जङ्गल र भिर–पहराको बाटो जोखिम उस्तै हुन्थ्यो । स्वास्थ्यचौकी टाढा भएपछि अधिकांश घरमै सुत्केरी हुन्थे । जटिल अवस्थामा स्वास्थ्य संस्था लैजाँदै गर्दा कतिपय गर्भवतीले बाटैमा शिशुलाई जन्म दिन्थे । आमाले स्वास्थ्य जटिलता भोग्नुपथ्र्यो । अब भने त्यो स्थिति छैन । “बच्चालाई खोप लगाउन पनि दुई घण्टा हिँडेर खुङ्खानी जानुपथ्र्यो, प्रसूति केन्द्रले महिलालाई झन् धेरै सुविस्ता हुने भयो”, ४३ वर्षीया मनकुमारी छन्त्यालले भन्नुभयो । उहाँले गाउँमा सडक आउला, विकास होला भनेर आफूले कहिल्यै नसोचेको बताउनुभयो ।
विसं २०७३ कात्तिकमा सामुदायिक स्वास्थ्य एकाई खुलेपछि स्थानीयवासीले नियमित खोपलगायतका आधारभूत स्वास्थ्य जाँच तथा उपचार सेवा पाउँदै आएका छन् । चालु आवदेखि गर्भजाँच र प्रसूति सेवा थप गरिएको एकाइका इञ्चार्ज लक्ष्मी छन्त्यालले बताउनुभयो । हालसम्म केन्द्रमा प्रसूति हुनेको सङ्ख्या भने शून्य नै छ । प्रसूति केन्द्रका लागि उपकरण खरिदलगायत पूर्वाधारमा रु पाँच लाख खर्च भएको व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर छन्त्यालले बताउनुभयो ।
उहाँका अनुसार तीन स्वास्थ्यकर्मी र एक सहयोगी करारमा कार्यरत छन् । गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले एकाइको सञ्चालन र व्यवस्थापन खर्च गाउँपालिकाले नै व्यहोर्दै आएको बताउनुभयो । स्वास्थ्यकर्मीको खटनपटन पनि गाउँपालिकाकै बजेटबाट हुँदै आएको छ ।
स्वास्थ्यचौकी नभएका वडा नं ६ सँगै वडा नं ४ को लाम्मेला र वडा नं २ को बोङ्गाखानीमा सामुदायिक स्वास्थ्य एकाई सञ्चालित छ । यस्तै स्वास्थ्य संस्थादेखि एक घण्टाको दूरीमा रहेका बस्तीमा गाउँपालिका आफँैले प्राथमिक स्वास्थ्य परामर्श केन्द्र स्थापना गरेको छ । वडा नं १ को सम्मर, वडा नं २ को सिल्गुम र वडा नं ५ को थास्पुरीमा सञ्चालित केन्द्रमार्फत प्राथमिक उपचार र स्वास्थ्य परामर्श उपलब्ध हुँदै आएको छ । वडा नं १ बोङ्गादोभान, वडा नं ३ तमान र वडा नं ५ खुङ्खानीमा भने स्वास्थ्यचौकी छ । बोङ्गादोभानको स्वास्थ्यचौकी अब भने ‘कोभिड अस्पताल’का रूपमा रहनेछ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी