
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
बागलुङ । सुरक्षित प्रसूतिका लागि घण्टौँ लगाएर स्वास्थ्यचौकी पुग्नुपर्ने तमानखोला गाउँपालिका–६ का महिलाको बाध्यता हटेको छ । नर्जाखानीमा रहेको सामुदायिक स्वास्थ्य एकाइले गत साउनयता प्रसूति केन्द्र सञ्चालनमा ल्याएपछि सेवा सहज बनेको हो ।
गाउँमै प्रसूति सेवा शुरु भएपछि नर्जाखानी, भित्रीवन र पात्लेका स्थानीयवासी खुशी छन् । यसअघि सुरक्षित प्रसूति गराउन गर्भवतीलाई वडा नं ५ स्थित खुङ्खानी स्वास्थ्यचौकी पु¥याउनुपथ्र्यो । कतिपय गाउँपालिकाको केन्द्र बोङ्गादोभान नै जान्थे ।
विकट भूगोलका कारण वडा नं ६ का बस्तीबाट पैदलै खुङ्खानी आउन झण्डै तीन घण्टा लाग्छ । मोटरमा एक घण्टा । नर्जाखानीमा दुई वर्षअघि सडक पुगे पनि वर्षायाममा यातायात रोकिन्छ । सडक बन्द हुँदा गाउँलेले गर्भवतीलाई बोकेरै स्वास्थ्यचौकी लैजानुपथ्र्यो ।
जङ्गल र भिर–पहराको बाटो जोखिम उस्तै हुन्थ्यो । स्वास्थ्यचौकी टाढा भएपछि अधिकांश घरमै सुत्केरी हुन्थे । जटिल अवस्थामा स्वास्थ्य संस्था लैजाँदै गर्दा कतिपय गर्भवतीले बाटैमा शिशुलाई जन्म दिन्थे । आमाले स्वास्थ्य जटिलता भोग्नुपथ्र्यो । अब भने त्यो स्थिति छैन । “बच्चालाई खोप लगाउन पनि दुई घण्टा हिँडेर खुङ्खानी जानुपथ्र्यो, प्रसूति केन्द्रले महिलालाई झन् धेरै सुविस्ता हुने भयो”, ४३ वर्षीया मनकुमारी छन्त्यालले भन्नुभयो । उहाँले गाउँमा सडक आउला, विकास होला भनेर आफूले कहिल्यै नसोचेको बताउनुभयो ।
विसं २०७३ कात्तिकमा सामुदायिक स्वास्थ्य एकाई खुलेपछि स्थानीयवासीले नियमित खोपलगायतका आधारभूत स्वास्थ्य जाँच तथा उपचार सेवा पाउँदै आएका छन् । चालु आवदेखि गर्भजाँच र प्रसूति सेवा थप गरिएको एकाइका इञ्चार्ज लक्ष्मी छन्त्यालले बताउनुभयो । हालसम्म केन्द्रमा प्रसूति हुनेको सङ्ख्या भने शून्य नै छ । प्रसूति केन्द्रका लागि उपकरण खरिदलगायत पूर्वाधारमा रु पाँच लाख खर्च भएको व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर छन्त्यालले बताउनुभयो ।
उहाँका अनुसार तीन स्वास्थ्यकर्मी र एक सहयोगी करारमा कार्यरत छन् । गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले एकाइको सञ्चालन र व्यवस्थापन खर्च गाउँपालिकाले नै व्यहोर्दै आएको बताउनुभयो । स्वास्थ्यकर्मीको खटनपटन पनि गाउँपालिकाकै बजेटबाट हुँदै आएको छ ।
स्वास्थ्यचौकी नभएका वडा नं ६ सँगै वडा नं ४ को लाम्मेला र वडा नं २ को बोङ्गाखानीमा सामुदायिक स्वास्थ्य एकाई सञ्चालित छ । यस्तै स्वास्थ्य संस्थादेखि एक घण्टाको दूरीमा रहेका बस्तीमा गाउँपालिका आफँैले प्राथमिक स्वास्थ्य परामर्श केन्द्र स्थापना गरेको छ । वडा नं १ को सम्मर, वडा नं २ को सिल्गुम र वडा नं ५ को थास्पुरीमा सञ्चालित केन्द्रमार्फत प्राथमिक उपचार र स्वास्थ्य परामर्श उपलब्ध हुँदै आएको छ । वडा नं १ बोङ्गादोभान, वडा नं ३ तमान र वडा नं ५ खुङ्खानीमा भने स्वास्थ्यचौकी छ । बोङ्गादोभानको स्वास्थ्यचौकी अब भने ‘कोभिड अस्पताल’का रूपमा रहनेछ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन