News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

कास्की निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका बैरागी निर्वाचित

पोखरा, ९ मंसिर । कास्की निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा ५ दलीय गठबन्धनका साझा उम्मेदवारलाई हराउँदै नेकपा एमालेका दामोदर पौडेल ‘बैरागी’ निर्वाचित भएका छन् ।

गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका रामजीप्रसाद बराल ‘जीवन’लाई ५ हजार ४ सय ४५ मतान्तरले हराउँदै एमाले नेता बैरागी विजयी भएका हुन् ।

एमालेका नेता बैरागीले २२ हजार ९ सय ८० मत प्राप्त गर्दा माओवादीका नेता एवं निवर्तमान गण्डकी प्रदेशका अर्थमन्त्री बरालले १७ हजार ५ सय ३५ मत प्राप्त गरेका थिए । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १ सय ८० मत प्राप्त गरेका थिए ।

कास्कीमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना दलका उम्मेदवारहरुलाई हम्मे–हम्मे पार्दै त्रिकोणात्मक प्रतिस्पर्धा चर्किएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरुले पनि कास्कीमा विगतमा भन्दा धेरै राम्रो मत प्राप्त गरेका छन् ।

डनन्यूज ट्रेन्डिङ