News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति विचार

सहिद पुत्री अनिता ‘बा’ इन्द्रजितकै पार्टीबाट बागी !

आफ्ना चर्चित नेताको निशस्त्र अवस्थामा हत्या हुँदा कास्की माओवादी टुलुटुलु हेरेर बस्यो। टुलुटुलु हेरेर बस्ने रमितेहरु आज सहिदको रगतमा होलि खेल्दै संसदीय ब्यवस्थामा रमाएका छन् ।

अनिता भुर्तेल सहिद दम्पती राजबिक्रम भुर्तेल ‘इन्द्रजित’ र सीता भुर्तेलकी जेठी छोरी हुन् । हाल उनी बाकै पाटी माओवादी केन्द्रबाट बागी उम्मेदवार बनेकी छन् । तत्कालीन नेकपा माओवादीका कास्कीका पुराना नेता इन्द्रजित पन्चायती ब्यबस्था बिरुद्ध आन्दोलनमा होमिएर लामो समय जेलमा पनि परेका थिए । स्पष्ट र खरो स्वभावका भुर्तेललाई ‘काका’ भनेर सम्बोधन गर्ने थुप्रै चेलाहरु हाल वामपन्थी आन्दोलनमा सकृय छन् ।

२०६१ सालमा कास्की माओवादीले ठूलो क्षती व्यहोर्न पर्यो । यौटै सालमा भुर्तेल र लोकप्रिय युवा नेता विजय ढकाललाई शाही सेनाले निशस्त्र अवस्थामा कव्जामा लिएर हत्या गर्यो । हत्याको चौतर्फी बिरोध भयो । त्यति बेलै सुराकी लाएर पक्राएको भन्ने आवाज सुनिए पनि सुराकीको श्रोत खोज्न माओवादीले सकेन । आफ्ना चर्चित नेताको निशस्त्र अवस्थामा हत्या हुँदा कास्की माओवादी टुलुटुलु हेरेर बस्यो। टुलुटुलु हेरेर बस्ने रमितेहरु आज सहिदको रगतमा होलि खेल्दै संसदीय ब्यवस्थामा रमाएका छन् ।

२०५२ सालमा फागुन एक तत्कालीन नेकपा माओवादीले जनयुद्ध शुरु गर्यो । इन्द्रजित आफ्ना राजनीतिक सहपाठी सँगै सँगै जनयुद्धमा लागे । कास्कीको पोखरा पुर्खौली घर भएका इन्द्रजितका परिवार पोखराको मालेपाटन बस्थे । उनका चार छोरी र एक छोरा थिए । सबै छोराछोरी सानै थिए । साना छोराछोरीको माया मुटुभरी साँचेर युद्धमा होमिएका थिए ।पन्चायती ब्यवस्था विरुद्ध आफैंले बनाएको काटुन प्रदशन गर्दा लामै समय जेल पनि परेका थिए ।

राती आमाको मोबाइलबाट फोन आयो । फोनमा बाबा बोल्नु भयो । बाबाले भन्नू भयो, छोरी अनु राम्रो सँग बस ।भाइ र बहिनीहरुको राम्रो ख्याल गर । अब यो फोनमा फोन नगर ल ।

नेपालका अन्य ठाउँहरुमा माओवादी शक्तिशाली हुँदै जाँदा कास्कीमा भने रक्षात्मक थियो । २०६१ सालमा इन्द्रजित कास्की जिल्ला इन्चार्ज थिए । कास्की जिल्लाका गाउँहरुमा बसी पोखरामा गतिविधि अघि बढाउँदै थिए । २०६१ साल बैशाख ३१ गते पामेको ठुलाखेतमा सेल्टर लिएर बसेका थिए । घरसल्लाह र अरु पारिवारिक कामको लागि श्रीमती सीता भुर्तेललाई फोन गरे । फोनमा सन्चो विसन्चोको कुरा भयो ।

मान्छेको मन हो ।कहिलेकाही मिठोमसिनो खान मन लाग्छ। उनलाई मासु खान मन लाग्यो । जीवन साथी सीता भुर्तेललाई फोनमै मासु खान मन लागेको कुरा बताए। सीता भुर्तेलले दिउसैंदेखि चार किलो मासु किनेर ठिक्क पारिन् । चार छोरी र छोरालाई एक्लै छोडेर मासु बोकेर हिडिन् श्रीमान भेट्न । त्यहीँ चार किलो मासु लगेको दिन नै भुर्तेल दम्पतीलाई सेनाले पक्रेर हत्या गर्यो।

आमा समुहले भुर्तेल दम्पतीका छोराछोरीलाई काँधमा बोकेर जिल्ला प्रशासन कार्यालय घेरे । कि लास चाहियो कि सास चाहियो भन्दै दिनहुँ धर्ना दिन गएँ । लाचार सरकार सुनीमात्रै राख्यो । माघ पूरा गर्न सकेन ।

माओवादी नेता राजविक्रम भूर्तेल ‘इन्द्रजित’ र सीता भूर्तेल

आमा बाबालाई भेट्न गइन् । छोरीहरु घरमा एक्लै । माओवादीको घर भनेरै चिनीएको थियो उनको घर । कहिलेकाही रातमा पनि सेना आएर दुस्ख दिन्थ्यो । अनिताभित्र भित्र डराएर पनि भाइ बहिनीहरुको मनमा उत्साह भर्थिन् ।अनिता आफै पनि सानै थिइन् । रात परि सकेको थियो । खाना आमाले नै पकाएर छोड्नु भएको थियो । भाइ बहिनीहरु खुवाएर आफू पनि खाए जस्तो गरिन्। राती आमाको मोबाइलबाट फोन आयो । फोनमा बाबा बोल्नु भयो । बाबाले भन्नू भयो, छोरी अनु राम्रो सँग बस ।भाइ र बहिनीहरुको राम्रो ख्याल गर । अब यो फोनमा फोन नगर ल ।

ती दर्दनाक दिनहरु सम्झिदै जोशिला भन्छिन् , माओवादी पाटी नै बाआमा हुन् जस्तो लाग्थ्यो । पक्का पनि माओवादी खुल्ला भए पछि पाटी अभिभावक हुन्छ जस्तो लाग्थ्यो। साथी भाईहरुले बाबा आमा खोइ भनेर सोध्दा माओवादी पाटी हाम्रो आमा पनि हो । बाबा पनि हो भन्थे ।

त्यस पछि फोन काटियो । पछि गर्दा फोन लागेन । अनिताले पटक पटक फोन हानिन् ।तर फोन लागेन । बाबा आमालाई सेनाले कब्जामा लिइसकेको थियो । बाबाको अन्तिम बोली अहिले पनि अनिताको कानमा गुन्जिरहन्छ । अचेल उनलाई लाग्छ अन्तिम इच्छा बाबाको छोरीसँग बोल्ने थियो । सेनाको मेजरले मार्नुभन्दा अघि एक चोटि अनितासँग कुराकानी गर्न दिएको थियो ।

फोन काटियो । यता भाइबहिनी सुतिसकेका थिए । रातभर रुदै बस्छिन् अनिता । सम्झाउने, बुजाउँने कोहि थिएन । त्यति बेलाको समय नै त्यस्तै थियो । छिमेकीहरु घरसम्म आउन पनि डराउथे । त्यो रात एक्लै रोइन् । आज सम्झिन्छिन्रो, एर आँसु नसकिने रहेछ । मेरो आँसुले डसना पनि चिसो भएको थियो ।

भोलिपल्ट विजय दाईको फोन आयो, विजय ढकाल विश्वासको । गण्डकी हस्पिटलमा सेनाले दुई जनाको शव ल्याएको छ भन्ने सूचनाको आधारमा विजय दाईले फोन गर्नु भएको थियो । दाइले भनेपछि अनिता टेक्सी लिएर हस्पिटल पुगिन् । सेनाले थर्काएर पठायो । उनी रुदै घर आइन् ।त्यति बेलासम्म बाबा आमाको हत्याको खबर पोखराका एफएम रेडियोहरुमा आइसकेको थियो । रेडियो अन्नपुर्णले जोखिम मोलेरै समाचार भनेको थियो ।

अन्नपुर्ण हाइलाइटमा बारम्बार समाचार बजिरह्यो। अनिताको आँखाबाट आँसुको सेती बगिरह्यो । प्रत्यक्ष जनयुद्धमा नलागेकी सीता भुर्तेलको हत्याले स्थानीयबासी आगो बने । शोकलाई शक्तिमा बदले । आमा समुहले भुर्तेल दम्पतीका छोराछोरीलाई काँधमा बोकेर जिल्ला प्रशासन कार्यालय घेरे । कि लास चाहियो कि सास चाहियो भन्दै दिनहुँ धर्ना दिन गएँ । लाचार सरकार सुनीमात्रै राख्यो । माघ पूरा गर्न सकेन । सकोस् पनि कसरी ? सेनाले लास जलाईसकेको थियो । पछि प्रशासनले शवको रक्ताम्य फोटो देखाएर मारिएको बतायो ।

२०६१ सालदेखि अहिलेसम्म खासै कोही फर्केर आएनन् । टुहुरा बच्चाहरु अभिभावक बिहीन बने । केहि वर्ष आफन्तको सहारामा पढे । ती कहालीलाग्दा दिनहरुको बयान गरेर साध्य पनि छैन । ती दर्दनाक दिनहरु सम्झिदै जोशिला भन्छिन् , माओवादी पाटी नै बाआमा हुन् जस्तो लाग्थ्यो । पक्का पनि माओवादी खुल्ला भए पछि पाटी अभिभावक हुन्छ जस्तो लाग्थ्यो। साथी भाईहरुले बाबा आमा खोइ भनेर सोध्दा माओवादी पाटी हाम्रो आमा पनि हो । बाबा पनि हो भन्थे ।

उम्मेद्बारी परेपछि थर्काउँने, फर्काउँने र धम्काउँनेहरु पनि देखिएं । तर निडर बाबाकी बहादुर छोरीले लिएको निर्णय फिर्ता भएन । उनी कास्की ३ बाट चुनावी मैदानमा छिन् ।

२०६३ साल पछि पाटी खुल्ला राजनीतिमा आयो । चौसट्ठी सालको संविधान सभाको चुनावमा ठूलो पाटी पनि बन्यो । तर इन्द्रजितका छोराछोरीलाई पाटीले भुल्यो । सबै सहिदको सपना संसदीय ब्यवस्थामा बगायो । सर्वहाराको दुहाइ दिएर बाकै पाटीका नेताहरु नवसामन्त बने ।

जति बेला अनितालाई केही थाहा थिएन । त्यति बेला एकोहोरो भए पनि उनको लागि माओवादी पार्टी थियो । भाइबहिनी हुर्काउदै बुझ्ने हुँदा पाटी अर्कै भइसकेको थियो । आफ्ना सहिद बाआमाको पुख्र्यौली सम्पत्ति सम्हालेर ब्यवसायमा तल्लीन थिइन्। उनलाई सहिद परिवार भन्दै पाटीले समानुपातिकको चोकोफन देखायो । उनलाई अचम्म लाग्यो। उनलाई उमेदवारको रूपमा प्रचार गर्नुको रहस्य अर्कै थियो । जब रहस्यको उद्घाटन भयो । उनलाई बाबा आमाको बलिदानको सम्झना भयो । बाबा आमाकै सम्मानमा लागि स्वतन्त्र उम्मेद्बारी दिइन् । ग्यास सिलीण्डर चुनाव चिन्ह लिएर परिवारवादको विरुद्ध चुनावी मैदानमा प्रवेश गरिन् ।

उम्मेद्बारी परेपछि थर्काउँने, फर्काउँने र धम्काउँनेहरु पनि देखिएं । तर निडर बाबाकी बहादुर छोरीले लिएको निर्णय फिर्ता भएन । उनी कास्की ३ बाट चुनावी मैदानमा छिन् । प्रिय अनिता तिमीलाई सम्पूर्ण शुभकामना !!

डनन्यूज ट्रेन्डिङ