
१एमालेको संसदीय दल र कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’लाई
२इनिशा हत्या प्रकरणमा संलग्न चारजना विरुद्ध बलात्कार र कर्तव्य ज्यान मुद्दा दर्ता
३डा. अनिल सुवेदीका तीन कृति एकसाथ विमोचन
४ओली र लेखकको रिहाइको माग गर्दै थप आन्दोलन घोषणा
५व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का
६सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
७काठमाडौंका तत्कालिन सीडीओ छवि रिजाल पक्राउ
८सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ अर्याल पक्राउ
९नक्कली नोटको कारोबारमा संलग्न अधिवक्ता यामबहादुर चर्माकार पक्राउ
१०अति तथा मध्यम गरिब घरपरिवारलाई निःशुल्क स्वास्थ्य बिमा
१११४ वर्षे बालिकालाई घरेलु श्रमिक बनाई यातना दिने एमाले नेतृ रेखा शर्मा पक्राउ
१२काँग्रेसका नेता दीपक खड्का अब सात दिन थुनामा
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१०कास्कीमा भत्कियो एमालेको ‘लालकिल्ला’, कास्की–२ मा रास्वपाका उत्तमलाई प्रतिद्वन्द्वीभन्दा चार गुणा बढी मत प्राप्त
११निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
१२कास्कीका ३ वटैं क्षेत्रमा रास्वपाको क्लिनस्वीप
आफ्ना चर्चित नेताको निशस्त्र अवस्थामा हत्या हुँदा कास्की माओवादी टुलुटुलु हेरेर बस्यो। टुलुटुलु हेरेर बस्ने रमितेहरु आज सहिदको रगतमा होलि खेल्दै संसदीय ब्यवस्थामा रमाएका छन् ।
अनिता भुर्तेल सहिद दम्पती राजबिक्रम भुर्तेल ‘इन्द्रजित’ र सीता भुर्तेलकी जेठी छोरी हुन् । हाल उनी बाकै पाटी माओवादी केन्द्रबाट बागी उम्मेदवार बनेकी छन् । तत्कालीन नेकपा माओवादीका कास्कीका पुराना नेता इन्द्रजित पन्चायती ब्यबस्था बिरुद्ध आन्दोलनमा होमिएर लामो समय जेलमा पनि परेका थिए । स्पष्ट र खरो स्वभावका भुर्तेललाई ‘काका’ भनेर सम्बोधन गर्ने थुप्रै चेलाहरु हाल वामपन्थी आन्दोलनमा सकृय छन् ।
२०६१ सालमा कास्की माओवादीले ठूलो क्षती व्यहोर्न पर्यो । यौटै सालमा भुर्तेल र लोकप्रिय युवा नेता विजय ढकाललाई शाही सेनाले निशस्त्र अवस्थामा कव्जामा लिएर हत्या गर्यो । हत्याको चौतर्फी बिरोध भयो । त्यति बेलै सुराकी लाएर पक्राएको भन्ने आवाज सुनिए पनि सुराकीको श्रोत खोज्न माओवादीले सकेन । आफ्ना चर्चित नेताको निशस्त्र अवस्थामा हत्या हुँदा कास्की माओवादी टुलुटुलु हेरेर बस्यो। टुलुटुलु हेरेर बस्ने रमितेहरु आज सहिदको रगतमा होलि खेल्दै संसदीय ब्यवस्थामा रमाएका छन् ।
२०५२ सालमा फागुन एक तत्कालीन नेकपा माओवादीले जनयुद्ध शुरु गर्यो । इन्द्रजित आफ्ना राजनीतिक सहपाठी सँगै सँगै जनयुद्धमा लागे । कास्कीको पोखरा पुर्खौली घर भएका इन्द्रजितका परिवार पोखराको मालेपाटन बस्थे । उनका चार छोरी र एक छोरा थिए । सबै छोराछोरी सानै थिए । साना छोराछोरीको माया मुटुभरी साँचेर युद्धमा होमिएका थिए ।पन्चायती ब्यवस्था विरुद्ध आफैंले बनाएको काटुन प्रदशन गर्दा लामै समय जेल पनि परेका थिए ।
राती आमाको मोबाइलबाट फोन आयो । फोनमा बाबा बोल्नु भयो । बाबाले भन्नू भयो, छोरी अनु राम्रो सँग बस ।भाइ र बहिनीहरुको राम्रो ख्याल गर । अब यो फोनमा फोन नगर ल ।
नेपालका अन्य ठाउँहरुमा माओवादी शक्तिशाली हुँदै जाँदा कास्कीमा भने रक्षात्मक थियो । २०६१ सालमा इन्द्रजित कास्की जिल्ला इन्चार्ज थिए । कास्की जिल्लाका गाउँहरुमा बसी पोखरामा गतिविधि अघि बढाउँदै थिए । २०६१ साल बैशाख ३१ गते पामेको ठुलाखेतमा सेल्टर लिएर बसेका थिए । घरसल्लाह र अरु पारिवारिक कामको लागि श्रीमती सीता भुर्तेललाई फोन गरे । फोनमा सन्चो विसन्चोको कुरा भयो ।
मान्छेको मन हो ।कहिलेकाही मिठोमसिनो खान मन लाग्छ। उनलाई मासु खान मन लाग्यो । जीवन साथी सीता भुर्तेललाई फोनमै मासु खान मन लागेको कुरा बताए। सीता भुर्तेलले दिउसैंदेखि चार किलो मासु किनेर ठिक्क पारिन् । चार छोरी र छोरालाई एक्लै छोडेर मासु बोकेर हिडिन् श्रीमान भेट्न । त्यहीँ चार किलो मासु लगेको दिन नै भुर्तेल दम्पतीलाई सेनाले पक्रेर हत्या गर्यो।
आमा समुहले भुर्तेल दम्पतीका छोराछोरीलाई काँधमा बोकेर जिल्ला प्रशासन कार्यालय घेरे । कि लास चाहियो कि सास चाहियो भन्दै दिनहुँ धर्ना दिन गएँ । लाचार सरकार सुनीमात्रै राख्यो । माघ पूरा गर्न सकेन ।

माओवादी नेता राजविक्रम भूर्तेल ‘इन्द्रजित’ र सीता भूर्तेल
आमा बाबालाई भेट्न गइन् । छोरीहरु घरमा एक्लै । माओवादीको घर भनेरै चिनीएको थियो उनको घर । कहिलेकाही रातमा पनि सेना आएर दुस्ख दिन्थ्यो । अनिताभित्र भित्र डराएर पनि भाइ बहिनीहरुको मनमा उत्साह भर्थिन् ।अनिता आफै पनि सानै थिइन् । रात परि सकेको थियो । खाना आमाले नै पकाएर छोड्नु भएको थियो । भाइ बहिनीहरु खुवाएर आफू पनि खाए जस्तो गरिन्। राती आमाको मोबाइलबाट फोन आयो । फोनमा बाबा बोल्नु भयो । बाबाले भन्नू भयो, छोरी अनु राम्रो सँग बस ।भाइ र बहिनीहरुको राम्रो ख्याल गर । अब यो फोनमा फोन नगर ल ।
ती दर्दनाक दिनहरु सम्झिदै जोशिला भन्छिन् , माओवादी पाटी नै बाआमा हुन् जस्तो लाग्थ्यो । पक्का पनि माओवादी खुल्ला भए पछि पाटी अभिभावक हुन्छ जस्तो लाग्थ्यो। साथी भाईहरुले बाबा आमा खोइ भनेर सोध्दा माओवादी पाटी हाम्रो आमा पनि हो । बाबा पनि हो भन्थे ।
त्यस पछि फोन काटियो । पछि गर्दा फोन लागेन । अनिताले पटक पटक फोन हानिन् ।तर फोन लागेन । बाबा आमालाई सेनाले कब्जामा लिइसकेको थियो । बाबाको अन्तिम बोली अहिले पनि अनिताको कानमा गुन्जिरहन्छ । अचेल उनलाई लाग्छ अन्तिम इच्छा बाबाको छोरीसँग बोल्ने थियो । सेनाको मेजरले मार्नुभन्दा अघि एक चोटि अनितासँग कुराकानी गर्न दिएको थियो ।
फोन काटियो । यता भाइबहिनी सुतिसकेका थिए । रातभर रुदै बस्छिन् अनिता । सम्झाउने, बुजाउँने कोहि थिएन । त्यति बेलाको समय नै त्यस्तै थियो । छिमेकीहरु घरसम्म आउन पनि डराउथे । त्यो रात एक्लै रोइन् । आज सम्झिन्छिन्रो, एर आँसु नसकिने रहेछ । मेरो आँसुले डसना पनि चिसो भएको थियो ।
भोलिपल्ट विजय दाईको फोन आयो, विजय ढकाल विश्वासको । गण्डकी हस्पिटलमा सेनाले दुई जनाको शव ल्याएको छ भन्ने सूचनाको आधारमा विजय दाईले फोन गर्नु भएको थियो । दाइले भनेपछि अनिता टेक्सी लिएर हस्पिटल पुगिन् । सेनाले थर्काएर पठायो । उनी रुदै घर आइन् ।त्यति बेलासम्म बाबा आमाको हत्याको खबर पोखराका एफएम रेडियोहरुमा आइसकेको थियो । रेडियो अन्नपुर्णले जोखिम मोलेरै समाचार भनेको थियो ।
अन्नपुर्ण हाइलाइटमा बारम्बार समाचार बजिरह्यो। अनिताको आँखाबाट आँसुको सेती बगिरह्यो । प्रत्यक्ष जनयुद्धमा नलागेकी सीता भुर्तेलको हत्याले स्थानीयबासी आगो बने । शोकलाई शक्तिमा बदले । आमा समुहले भुर्तेल दम्पतीका छोराछोरीलाई काँधमा बोकेर जिल्ला प्रशासन कार्यालय घेरे । कि लास चाहियो कि सास चाहियो भन्दै दिनहुँ धर्ना दिन गएँ । लाचार सरकार सुनीमात्रै राख्यो । माघ पूरा गर्न सकेन । सकोस् पनि कसरी ? सेनाले लास जलाईसकेको थियो । पछि प्रशासनले शवको रक्ताम्य फोटो देखाएर मारिएको बतायो ।
२०६१ सालदेखि अहिलेसम्म खासै कोही फर्केर आएनन् । टुहुरा बच्चाहरु अभिभावक बिहीन बने । केहि वर्ष आफन्तको सहारामा पढे । ती कहालीलाग्दा दिनहरुको बयान गरेर साध्य पनि छैन । ती दर्दनाक दिनहरु सम्झिदै जोशिला भन्छिन् , माओवादी पाटी नै बाआमा हुन् जस्तो लाग्थ्यो । पक्का पनि माओवादी खुल्ला भए पछि पाटी अभिभावक हुन्छ जस्तो लाग्थ्यो। साथी भाईहरुले बाबा आमा खोइ भनेर सोध्दा माओवादी पाटी हाम्रो आमा पनि हो । बाबा पनि हो भन्थे ।
उम्मेद्बारी परेपछि थर्काउँने, फर्काउँने र धम्काउँनेहरु पनि देखिएं । तर निडर बाबाकी बहादुर छोरीले लिएको निर्णय फिर्ता भएन । उनी कास्की ३ बाट चुनावी मैदानमा छिन् ।
२०६३ साल पछि पाटी खुल्ला राजनीतिमा आयो । चौसट्ठी सालको संविधान सभाको चुनावमा ठूलो पाटी पनि बन्यो । तर इन्द्रजितका छोराछोरीलाई पाटीले भुल्यो । सबै सहिदको सपना संसदीय ब्यवस्थामा बगायो । सर्वहाराको दुहाइ दिएर बाकै पाटीका नेताहरु नवसामन्त बने ।
जति बेला अनितालाई केही थाहा थिएन । त्यति बेला एकोहोरो भए पनि उनको लागि माओवादी पार्टी थियो । भाइबहिनी हुर्काउदै बुझ्ने हुँदा पाटी अर्कै भइसकेको थियो । आफ्ना सहिद बाआमाको पुख्र्यौली सम्पत्ति सम्हालेर ब्यवसायमा तल्लीन थिइन्। उनलाई सहिद परिवार भन्दै पाटीले समानुपातिकको चोकोफन देखायो । उनलाई अचम्म लाग्यो। उनलाई उमेदवारको रूपमा प्रचार गर्नुको रहस्य अर्कै थियो । जब रहस्यको उद्घाटन भयो । उनलाई बाबा आमाको बलिदानको सम्झना भयो । बाबा आमाकै सम्मानमा लागि स्वतन्त्र उम्मेद्बारी दिइन् । ग्यास सिलीण्डर चुनाव चिन्ह लिएर परिवारवादको विरुद्ध चुनावी मैदानमा प्रवेश गरिन् ।
उम्मेद्बारी परेपछि थर्काउँने, फर्काउँने र धम्काउँनेहरु पनि देखिएं । तर निडर बाबाकी बहादुर छोरीले लिएको निर्णय फिर्ता भएन । उनी कास्की ३ बाट चुनावी मैदानमा छिन् । प्रिय अनिता तिमीलाई सम्पूर्ण शुभकामना !!
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने