News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

पत्रकार सरोजराज अधिकारी मृत भेटिए

काठमाडौं, २३ कार्तिक । पत्रकार सरोजराज अधिकारी मृत अवस्थामा भेटिएका छन् । कार्तिक २१ गतेदेखि घरबाट निस्केका उनी बुधबार आज साँझ सुन्धारास्थित एक होटलमा मृत अवस्थामा भेटिएका हुन् ।

दुई दिनदेखि घर नफर्केपछि उनकी श्रीमतीले प्रहरीमा खोजिका लागि निवेदन दिएकी थिईन् । प्रहरीमा निवेदन परेपछि मोवाइल ट्र्याक गर्दा सुन्धाराको एक होटलमा देखिएको थियो । पत्रकार अधिकारीकी श्रीमती र प्रहरी गएर कोठामा जाँच गर्दा पत्रकार अधिकारी पंखामा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए । पत्रकार अधिकारी केही समयदेखि मानसिक पिडामा रहेको उनका साथीहरुले सामाजिक सञ्जालहरुमा लेखिरहेका छन् ।

पत्रकार अधिकारीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान भएपनि घटनाबारे थप अनुसन्धान अघि बढाएको छ । कान्तिपुर, नयाँ पत्रिका, नेपाललाइभ जस्ता पत्रिकामा काम गरिसकेका अधिकारीका ’धम्बोजी, ’नोरा’, ’जासुसीको जालो’ र ’चक्रव्यूहमा चन्द्रसूर्य’ किताब पनि प्रकाशित छन् ।

डनन्यूज ट्रेन्डिङ