News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

स्रोत नखुलेको चालीस लाख रुपैयाँसहित गुप्ता पक्राउ

काठमाडौँ । स्रोत नखुलेको रु ४० लाखसहित नवलपरासी (बर्दघाट सुस्तापश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ का व्यास गुप्ता पक्राउ परेका छन् । बुटवलबाट आएको रात्रिबसका यात्रीका सरसामान निरीक्षण गर्ने क्रममा गुप्ताबाट उक्त रकम बरामद गरिएको हो । चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा आज यात्रीका सामान जाँच्दा स्रोत नखुलेको उक्त रकमसहित गुप्तालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रारम्भ गरिएको नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागले जनाएको छ । यसैबीच काठमाडौँ महानगरपालिका-३२ कोटेश्वर सङ्गमबस्तीबाट लागुऔषध ब्राउन सुगरसहित तीन युवक पक्राउ परेको नयाँ बानेश्वरस्थित महानगरीय प्रहरी वृत्तले बताएको छ ।