
१नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
२प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
३सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
४‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
५कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
६हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
११जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
बलेवा । गाउँपालिकाले परीक्षणका लागि दिएका किबीका बिरुवा लटरम्म फलेपछि जिल्लाको ताराखोलाका किसान उत्साहित भएका छन् । बिरुवा लगाएको तीन वर्षमै किबीले राम्रो उत्पादन दिएपछि किसान उत्साहित भएका हुन् ।
ताराखोला गाउँपालिका–३ का नीरज बगालेले किबीको खेती थालेको वर्षौँ भयो । गाउँ विकास समिति हुने बेला हिलको अनुदानमा बिरुवा ल्याएर लगाउनुभएका बगालेले अहिले वर्षमा ४०० किलोसम्म किबी फलाउनुहुन्छ । पैँतीस वटा बिरुवाले दिने आम्दानीले उहाँलाई सधैँ उत्साहित बनाउँछ । गाउँकै अगुवा किसान भएकाले उहाँले लगाएको किबी हेर्न र सिको गर्न आउने धेरै थिए । गाउँपालिका गठनपछि आर्थिक वर्ष २०७४÷०७४ को बजेटमा गाउँपालिकाले किबीका बिरुवा किनेर बगालेको जस्तै बगान सबै वडामा बनाउने योजना बनायो ।
परीक्षणका लागि हरेक वडामा १०० वटाका दरले किसानलाई बिरुवा बाँडियो । तीन वर्ष पहिले बाँडिएका बिरुवाले उत्पादन दिएपछि दङ्ग परेको वडा नं ३ को कृषि सञ्जालका अध्यक्षसमेत रहनुभएका किसान कर्ण भण्डारीले बताउनुभयो । “बगाले सरले धेरै पहिलादेखि बराह खोला र पँधेराखोलामा खेती गर्दै आउनुभएको छ, राम्रो उत्पादन हुन्छ, त्यही देखेर हामीले पनि परीक्षण गर्ने योजना बनायौँ”, भण्डारीले भन्नुभयो, “कम लगानीमा राम्रो प्रतिफल पाउने देखियो ।” बगालेले अहिलेसम्म उत्पादन गरेको किबी गाउँमै बिक्री हुन्छ ।
उहाँको गाउँमा मात्रै झण्डै १५० किसानले धेरथोर किबीका बिरुवा लगाएका छन् । गाउँमा उत्पादित किबी गाउँमै खपत हुने गरेको उहाँले सुनाउनुभयो । “अहिलेसम्म बजारको समस्या छैन, प्रतिकिलो रु ३५० मा बेचिरहेको छु”, बगाले भन्नुहुन्छ, “बजारको राम्रो प्रबन्ध भए उत्पादन बढाउन सकिन्छ ।” पाँच वडा रहेको गाउँपालिकाका हरेक वडामा यस वर्ष किबी फलेको छ ।
कसैले परीक्षणका लागि मात्रै लगाएको किबीले दिएको उत्पादनले व्यावसायिक उत्पादनतर्फ उत्साहित बनाएको छ भने कसैले व्यावसायिकरुपमै उत्पादन थालेका छन् । “बराखोला, धाराखोला क्षेत्रलाई किबी पकेट बनाउने योजना छ”, भण्डारीले भन्नुभयोे, “परम्परागत उत्पादनभन्दा हाम्रो माटोमा किबीले फाइदा हुन्छ ।” खाद्यान्न बाली उत्पादनभन्दा किबी उत्पादनबाट राम्रो आम्दानी हुने देखेपछि धान, मकै, गहुँ, आलुलगायतका खाद्यान्न तथा दलहन उत्पादनभन्दा किबीमा जोड दिने योजना रहेको उहाँले सुनाउनुभयो । विश्व बजारमा किबीको माग अत्यधिक भएकाले ताराखोलाका किसानको आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो ।
किबीको एउटा बोटबाट १०० केजीभन्दा बढी उत्पादन हुने र बजारमा प्रतिकेजी रु ४०० देखि ५०० सम्ममा बिक्री हुने गरेको छ । गाउँमा भने मूल्य केही कम छ । किसानको आकर्षणलाई हेरेर गाउँपालिकाले किबी प्रवद्र्धनको योजना बनाउने अध्यक्ष प्रकाश घर्ती बताउनुहुन्छ । अन्य अन्नबालीको तुलनामा आम्दानी बढी हुने र बजारीकरणका लागि पनि सजिलो हुने भएपछि किबी खेतीतर्फ आकर्षित बनेको कृषक बताउँछन् । किबी फल्नका लागि झाँगिने भएकाले किसानलाई थाँक्राको भने समस्या हुने गरेको छ । “बिरुवा वर्षौँ रहन्छ तर थाँक्रा कुहिन्छ”, किसान बगाले भन्नुहुन्छ, “मल पानीको त्यति धेरै समस्या छैन, बजारको ‘ग्यारेन्टी’ भए अरु बाली छोडेर उत्पादनमा लाग्न सकिन्छ ।” उच्च पहाडी भूभाग, ओसिलो जमिनमा राम्रो फल्ने भएकाले ताराखोलामा किबीको राम्रो सम्भावना रहेको वडा नं ३ का अध्यक्ष दिलबहादुर बस्नेतले बताउनुभयो ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !