News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार स्वास्थ्य

स्वास्थ्य पत्रकार मञ्च गण्डकी प्रदेशको अध्यक्षमा यदुनाथ बञ्जारा

पोखरा, ३२ असार । स्वास्थ्य पत्रकार मञ्च गण्डकी प्रदेशको अध्यक्षमा यदुनाथ बञ्जारा चयन भएका छन् । पत्रकारहरुको एक भेलाले स्वास्थ्य पत्रकार मञ्च गण्डकी प्रदेशले तदर्थ समिति गठन गर्दै अध्यक्षमा बञ्जारालाई चयन गरेको हो ।

भेलाले उपाध्यक्षमा सुरज श्रेष्ठ, महासचिव अनिशा श्रेष्ठ र कोषाध्यक्षमा पुष्प दाहाललाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा रिना थापा, विन्दु परियार र निरज पन्त रहेका छन् ।

निर्वाचित कार्यसमितिलाई बधाई दिँदै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका महासचिव गोविन्द सुवेदीले स्वास्थ्य क्षेत्रमा रहेका विकृति विसंगतिको उजागर र सर्वसुलभ स्वास्थ्यका लागि खवरदारी गर्न जरुरी रहेको बताएका थिए । पत्रकार स्थायी प्रतिपक्षी रहेकाले यो वा त्यो कारणले प्रभावित हुन नहुने उनको भनाई थियो ।

नवनिर्वाचित अध्यक्ष बञ्जाराले स्वास्थ्य क्षेत्रमा रहेका विकृति विसंगतिका विरुद्ध सशक्त कलम चलाउने र स्वास्थ्य क्षेत्रमा कलम चलाउने पत्रकारलाई धेरैभन्दा धेरै समेटेर उनीहरुको हकहितमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । भेलामा पोखरामा रहेर स्वास्थ्य क्षेत्रमा समाचार लेख्ने तीनदर्जन पत्रकारहरुको सहभागिता रहेको थियो ।