
१गृहमन्त्रीका विवादित साझेदार नैं प्रहरी–सशस्त्रको हतियार खरिद ठेक्कामा
२कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा
३धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
४फ्री तिब्बतदेखि विवादित शंकर ग्रुप र दीपक भट्टसम्मको सञ्जालमा गृहमन्त्री सुधन गुरुङ
५पर्यटकहरूलाई दुःख दिने १६ जना महिलाहरू पक्राउ
६रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
७अस्पताललाई ‘हिरासत वार्ड’ बनाउने प्रवृत्तिको अन्त्य गर
८सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
९२०६२ देखिका उच्च पदस्थ कर्मचारी र प्रमुख राजनीतिक पदाधिकारीहरूको सम्पत्ति छानबिन हुने
१०मन्त्री बन्न नपाएको झोंकमा द्रोर्णकुमारले दिए राजीनामा
११गण्डकी प्रदेशका नयाँ मन्त्रीहरुले आजै लिए सपथ
१२गण्डकी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेरको तयारी
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
३मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
४सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
५कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
६अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
७पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
८लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
९धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
१०कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
११सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
१२महान्यायाधिवक्ता सविता भण्डारीको हर्कतहरु, ७ अर्ब रुपैयाँको राजश्व छलिमा वर्ल्डलिंकलाई क्लिन चिट
मेयर धनराज आचार्यले आफ्नो सामाजिक सञ्जालमा ‘गुड न्यूज’ भन्दै न्यूरोडको ५ रोपनी जग्गाको विषय उठाईरहँदा यस अघि नै महानगरपालिकाको दायित्व भित्र रहेको हजारौं रोपनी सार्वजनिक जमिन/सम्पत्तिको संरक्षणका लागि उनले कस्तो पहल गरिरहेका छन् भन्ने जिज्ञासा र प्रश्न पनि सँगसँगै उठेको छ ।
पोखरा, १४ असार । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराको न्यूरोडमा रहेको ५ रोपनीभन्दा बढी जमिन पोखरा उपत्यका नगर विकास समितिको हुने भनेर अदालतले गरेको फैसलालाई लिएर ‘गुड न्यूज’ भन्दै आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् । मेयर आचार्यले आफ्नो सामाजिक सञ्जालमा गुड न्यूज भन्दै न्यूरोडको ५ रोपनी जग्गाको विषय उठाईरहँदा यस अघि नै महानगरपालिकाको दायित्व भित्र रहेको हजारौं रोपनी सार्वजनिक जमिन/सम्पत्तिको संरक्षणका लागि उनले कस्तो पहल गरिरहेका छन् भन्ने जिज्ञासा र प्रश्न पनि सँगसँगै उठेको छ ।
पोखरा महानगरपालिका भित्र रहेका सार्वजनिक जमिनहरुको संरक्षण गर्नै मुस्किल परिरहेको सन्दर्भमा भर्खरैंमात्र जिल्ला अदालत कास्कीले व्यक्तिहरुले दावी गरिरहेको जमिनमा दावी नपुग्ने भन्दै फैसला गरिदिएको हो । यो फैसलासँगै खुशी देखिएका पोखरा महानगरपालिकाका मेयर आचार्यले महानगरपालिकाको कार्यालयमा सार्वजनिक जमिन संरक्षणका लागि परेका निवेदन र घटनाहरुलाई के कसरी कार्यान्वयन गर्छन् भन्ने विषय भने हेर्न नै बाँकी छ ।
तर पनि महानगरपालिका भित्रैका कर्मचारीहरुको सेटिङमा भएका सार्वजनिक जमिनलाई भने रोके झैं पनि गर्ने र भित्रभित्रै अतिक्रमण गर्दै पक्की भौतिक संरचना पनि बनाउन छुट दिने पुरानो प्रथा र रोगलाई भने मेयर आचार्यका केही कदमले निरुत्साहित भने बनाएका छन् । तर यी कदमहरु ठोस रुपमा भने सफल भईसकेका छैनन्, केबल आंशिक रुपमा मात्र कार्यान्वयन भएको अवस्था छ यतिबेला ।
कुन जग्गा वा मुद्दा हो त मेयर आचार्यले खुशी व्यक्त गरेको :
अन्तत सहि निर्णय भएको छ
सार्बजनिक सम्पतिको रक्षा गराउने अभियानमा लाग्नुहुने सम्पुर्ण मा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
पोखराको न्यूरोडमा रहेको ५ रोपनी भन्दा बढि क्षेत्रफलको जमिनको विवाद थियो यो । जुन जिल्ला अदालत कास्कीले पोखरा उपत्यका नगर विकास समितिको हुने फैसला गरेको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले सो ५ रोपनी जग्गामा समितिको दाबी पुग्ने फैसला गरिदिएका हुन् ।
हाल चल्तीमा रहेको जग्गाको भाउ अनुसार अर्बौँ रुपैयाँ पर्ने सो जग्गामा पोखरा महानगरपालिका वडा नम्बर ४ का कोइराला परिवारको दाबी रहँदै आएको थियो । राजेन्द्रनिधि कोइराला, शकुन्तला कोइराला र भरतराज कोइरालाले दाबी गर्दै आएको जग्गा सार्वजनिक र सरकारी कायम गरिपाऊ भनि नागरिक समाजका अगुवाहरू विष्णुप्रसाद बराल, परशुराम बराल र अधिवक्ता डिल्लीराम अधिकारीले कास्की जिल्ला अदालतमा रिट दायर गरेका थिए ।
३२ सालमा पोखरा नगर योजना कार्यान्वयन समितिले करुणानिधि र खेमलाल सहित ४१ जनाको जग्गा लिइ पोखरा न्युरोड जग्गा विस्तार तथा विकास गरेको थियो । त्यतिबेला उनीहरुको जमिनमात्रै समितिको नाममा आउन बाँकी थियो ।
कोइरालाले आफूहरुको नाममा आउनुपर्ने जमिन ३८ सालमै अरुलाई बेचेका थिए । बाँकी जमिन पनि आफूहरुकै हुनुपर्ने दाबी कोइरालाहरुको थियो । अंशबन्डाका लागि जग्गा फुकुवा गरिपाऊँ भनी कोइराला परिवारले सुरुमा हालेको मुद्दा सर्वाेच्चसम्म पुगेको थियो । सर्वाेच्चले हकलाग्नेसम्मको फुकुवा भनेपछि फुकुवाका लागि मुद्दा उत्पत्ति भएको जिल्ला अदालतमै मुद्दा आएको थियो ।
हामी सबैको प्रयास सफल भएको छ।
मेयर आचार्यले सामाजिक सञ्जाल फेसबुकमा राखेको स्टाटस :

१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
३मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
४सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
५कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस