News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

टिपर भिरबाट खस्दा दुईको मृत्यु

कावासोती । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–३ मा टिपर भिरबाट खस्दा आज दुई जनाको मृत्यु भएको छ ।

विनयीत्रिवेणी गाउँपालिका–३ भुटुकेडाँडा सल्लाघारीस्थित भित्री सडकखण्डमा होङ्सी सिमेन्ट कम्पनीबाट पाप्पाको ज्यामिरे भुटुकेतर्फ जाँदै गरेको २–०३–००१ क ००७५ नम्बरको टिपर दुर्घटनामा परेको हो । भिरबाट करिब तीन सय मिटर तल टिपर खस्दा चालक बारा सिमरा बस्ने ४२ वर्षीय रामहरी थापा र सहचालक सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवपुरका सूचना अधिकारी बिशाल तामाङले बताउनुभयो ।

प्रतिक्रिया

डनन्यूज ट्रेन्डिङ