
१जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, विचौलिया पदम न्यौपाने पनि मुछिए
२पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दा पर्यटनमन्त्री गनेस पौडेलको ‘अवैध’ घर जोगिएला त ?
३समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
४संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
५‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
६लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
७बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
८आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
९अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
१०राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
११राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
१२फेवातालमा डुबेर १० वर्षीय बालकको मृत्यु
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
१०अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
११सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
कञ्चनपुर । आपराधिक क्रियाकलाप रोक्नका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सीमा नाकामा विशेष तालीम प्राप्त कुकुरसहितको टोली परिचालन गरेको छ । तिहारलगायत चाडपर्वका बेला सीमा क्षेत्रमा हुने लागुऔषध, विष्फोटक पदार्थ, अवैध हतियारको ओसारपसारलाई रोक्न कुकुरसहितको प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो ।
पश्चिमी सीमा नाका गड्डाचौकी, महेन्द्रनगरस्थित बस पार्क, गौरीफण्टा सीमा नाकालगायत कुकुरसहितको प्रहरीको टोली परिचालन गरिएको उहाँले बताउनुभयो । “सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको सहयोगमा तालीम प्राप्त कुकुर ल्याएर सीमा क्षेत्रमा प्रभावकारी रुपमा जाँचको कार्यलाई अगाडि बढाएका छौँ”, प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीले भन्नुभयो, “लुकाइछिपाइ लागुऔषध, बिष्फोटक पदार्थ र हातहतियार ल्याएमा तालीम प्राप्त कुकुरले सुँघेर पत्ता लगाउने गर्दछ । सीमापारबाट हुने अवाञ्छित गतिविधि रोक्नका लागि यस कार्यले सघाउ पु¥याउने छ ।”
तिहारलगायत चाडपर्व नजिकिँदै गर्दा सीमा क्षेत्र र बस पार्क क्षेत्रमा भीडभाड बढ्न थालेपछि आपराधिक क्रियाकलापसमेत बढ्न सक्ने भएकाले उच्च सर्तकता अपनाइएको उहाँको भनाइ छ । उहाँकाअनुसार दुई साताका लागि कुकुरसहितको टोली सीमा नाकामा परिचालन गरिनेछ । स्थानीय प्रहरीसँग समन्वय गरी कुकुरसहितको टोलीलाई परिचालन गरिएको छ । सीमा क्षेत्रमा प्रहरीका सादा र पोशाकमा समेत गस्ती टोलीलाई परिचालन गरिएको छ । सीमा क्षेत्रमा केही दिनदेखि लागुऔषधसहित पक्राउ पर्नेको सङ्ख्यासमेत बढ्दो रुपमा रहेको छ । महेन्द्रनगर बस पार्क क्षेत्रबाट मात्रै प्रहरीले केही दिन अघि छ बोरा विष्फोटक पदार्थ (पटाका) बरामद गरेको थियो ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म