News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

नयाँ मतदाताहरुलाई परिचयपत्र बितरण गर्दै

काठमाडौं, २८ वैशाख । नयाँ मतदाताहरुका लागि निर्वाचन आयोगले आज बुधबारदेखि भोलि (बिहीबार)सम्म मतदाता परिचय पत्र बितरण शुरु गरेको छ । सम्बन्धित मतदान केन्द्रबाट नयाँ मतदाताहरुले आफ्नो मतदाता परिचय पत्र लिन सक्नेछन् ।

पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरूलाई आयोगले मतदाता परिचयपत्र वितरण गर्न लागेको हो ।

नागरिकता प्राप्त गरेर वडा विभाजन भित्र परेका ६ हजार ७४३ वडा भित्रका मतदाता नामवलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा निर्वाचनको व्यवस्था गरिएको आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचनको मतदान यही वैशाख ३० गते शुक्रवार देशभर हुँदैछ ।

प्रतिक्रिया