News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

खैरेनीटारस्थित सापकोटा होटलमा जुवा खेल्ने सातजना पक्राउ 

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-६ खैरेनीटारबाट जुवा खेल्ने सात जना पक्राउ परेका छन् । खैरेनीटारस्थित सापकोटा होटलमा जुवा खेलिरहेको सूचनाको आधारमा प्रहरीले सात जनालाई पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाको नेतृत्वमा गएको प्रहरी टोलीले शुक्लागण्डकी नगरपालिका–११ का दिपक श्रेष्ठ, दिपक विक, शङ्कर शर्मा, कमल थापा, व्यास नगरपालिका–१० का मोतीकुमार श्रेष्ठ, बागलुङ ढोरपाटन नगरपालिका–४ का टेक छन्त्याल र पर्वत बालकोटका रवि गुरुङलाई पक्राउ गरेको हो । प्रहरीले निजहरुको साथबाट रु एक लाख ९७ हजार ९५० बरामद गरेको छ ।

प्रतिक्रिया