
१चुनावी मैदानमा विप्लव
२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
३पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
४जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
७लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
८माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
९रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
१०प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
११रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१२रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
८हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
९लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१२राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
लमजुङ । गण्डकी प्रदेशअन्तर्गत लमजुङ मध्यनेपाल नगरपालिका १० थान्सिङकोटमा अवस्थित पवित्र धार्मिकस्थल मालिकामाई मन्दिर र सो क्षेत्रको विकासका लागि गुरुयोजना निर्माण गरिएको छ । वर्षाैंँदेखि हिन्दूधर्म संस्कार र संस्कृतिअनुरुप पूजार्चना गरिँदै आएको सो मन्दिरको भौतिक संरचनासँगै आसपासमा अन्य धार्मिक, पुरातात्विक, पर्यवरणीय र पर्यटकीय महत्वका संरचना निर्माण गरी सुव्यवस्थित बनाउने उद्देश्यले गुरुयोजना निर्माण गरिएको हो ।
नगर कार्यपालिकाका समन्वयमा वडा कार्यालयले निर्माण गरेको गुरुयोजना सम्पन्न गर्न रु तीन करोड २८ लाख लाग्ने भएको छ गुरुयोजनामा मालिकाको मुख्य मन्दिर, गणेश मन्दिर, पुजारी घर, चौतारो, पोखरीलगायत संरचना निर्माण गरिने इञ्जिनीयर विदुर घिमिरेले बताउनुभयो । आइफिल इञ्जिनिरिङ कन्सल्टेन्सी प्रालिले विस्तृत नक्शाङ्कन सर्वे र डिजाइन गरेको वडा कार्यालयले जनाएको छ । वडाध्यक्ष रामचन्द्र भण्डारीले समग्र वडाको विकासका लागि क्षेत्रगत अध्ययन गरी योजना निर्माण गरिएको र सोहीअनुरुप आफू अघि बढेको बताउनुभयो ।
धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गराउने लक्ष्यका साथ रु चार लाखका लागतमा मालिकामाई क्षेत्र विकासको गुरुयोजना निर्माण गरिएको जनाइएको छ । नगर प्रमुख रमेशकुमार पाण्डेले धार्मिक महत्वले निकै अगाडि रहेको मध्यविन्दु नगरअन्तर्गतका मठमन्दिर र अन्य धार्मिक संरचनाको सम्बद्र्धन, प्रबद्र्धन र विकास गरी थप व्यवस्थित गरिने बताउनुभयो ।
करापुटारस्थित इशानेश्वर (सन्तानेश्वर) महादेव मन्दिर, तान्द्राङकोटस्थित नागभैरव थान, टक्सारस्थित देवीथान, शिवालय पाञ्चायन मन्दिर, थान्सिङकोटस्थित मालिकामाईलगायत मन्दिर र देवालयकै कारण आफ्नो नगरको धार्मिक महत्व र सम्भावना निकै उच्च रहेको उहाँको भनाइ छ । मालिकामाई क्षेत्रको विकासका लागि गुरुयोजनानुरुप काम नगरले गर्ने र सम्बन्धित कार्यालय वा निकायमा पनि पहल गरिने बताउँदै उहाँले बिजुली, खानेपानी र तत्काल आवश्यक पर्ने संरचना निर्माणका लागि प्राविधिक अध्ययन गरी छिट्टै थालिने जानकारी दिनुभयो । मालिका मन्दिर र कोइराला परिवारका बीचमा पुस्तैनी र पुख्र्यौली सम्बन्ध भएकाले वडा तथा नगरपालिकाले सो क्षेत्रमा बिपी(विश्वेश्वरप्रसाद कोइराला) उद्यान निर्माण गर्ने प्रस्ताव गरेकाले मन्दिर वरिपरि उद्यान नै निर्माण गर्ने योजनासमेत गुरुयोजनामा समावेश गरिएको इञ्जिनीयर घिमिरेले बताउनुभयो ।
मालिका मन्दिरमा विशेष तिथि र पर्वमा पूजार्चना हुँदै आएको पुजारी हरिश्चन्द्र कोइरालाले बताउनुभयो । उहाँका अनुसार स्थानीयवासीमा मालिकामाईको भक्तिबाट मनोकाङ्क्षा पूरा हुने, घरपरिवारको सुखशान्ति र कल्याण हुने तथा खेतीबाली र पशुपक्षीको रक्षा हुने धार्मिक विश्वास छ । यहाँ बाख्राका ससाना पाठी र परेवा चढाएर पूजा गर्ने र प्रसाद घरमा नलगी मन्दिर परिसरमै पकाएर खाने प्रचलन छ । आसपासका नेटा थान्सिङ, धुसेनी, हाँडीखोला, बाँग्रे, कानेश्वाँरा, तुर्लुङ, सिन्दुरेतुर्लुङ, ठूलोस्वाँरातुर्लुङ, दुराडाँडा क्षेत्र, टक्सार, जितादेखि विभिन्न ठाउँबाट श्रद्धालु भक्तजन मन्दिरमा पूजाआजा र दर्शनका लागि आउने गरेको पुजारी कोइराला जानकारी दिनुहुन्छ ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने