
१मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
२मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
६आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
७पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
८गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
९पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
५सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : ७८१ जनाको शव भेटियो
९स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
यतिबेला पोखरा महानगरपालिकामा कोरोना संक्रमणको स्थिति भयावह बन्दै गईरहेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्यामात्र आठहजार एकसय ४ भन्दा बढि नै पुगिसकेको छ । त्यसमध्ये कास्की जिल्ला भित्र संक्रमितको संख्या दुईहजार सातसय ९३ पुगेको छ भने निको हुनेको संख्या सातसय ७२ रहेको छ । त्यसैगरी सक्रिय केसमा एकहजार नौंसय ८८ रहेको छ र ३३ जनाको मृत्यु भईसकेको छ । कास्की जिल्लामा पनि पोखरा महानगरपालिका यतिबेला सबैभन्दा बढि कोरोना संक्रमित हुने ‘हटस्पट’का रुपमा देखा परेको छ । दिनहुँ सयौंको संख्यामा कोरोना संक्रमितहरु थपिएका छन् । कोरोना संक्रमितको मृत्युको घटनाले पनि पोखरेलीहरुमा त्रास फैलिई रहेको अवस्था छ । यो विषम परिस्थितिमा पोखरा महानगरपालिकाले के कस्ता कामहरु गर्दैछ भन्ने विषयमा केन्द्रीत रहेर पोखरा महानगरपालिकाका उपमेयर मञ्जु गुरुङसँग डन न्यूजका प्रधान सम्पादक राजेन्द्र अधिकारीले गर्नुभएको संक्षिप्त कुराकानी :
त्यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पनि बेडहरुमा आवश्यकता हेरेर अक्सिजन पाईप बनाई दिने काम अगाडि बढाएका छौं । पोखरा महानगरपालिकाले १०४ वटा अक्सिजनसहितको बेड तयार गर्दैछ । हामीले यसका लागि सम्बन्धित पक्षहरुसँग छलफल गरिसकेका छौं । जस अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ७० शैया र लेखनाथस्थित सङ्क्रामक रोग अस्पतालमा ३४ शैयाका लागि अक्सिजन पाइप जडान गर्ने काम भइरहेको छ । त्यसको लागि महानगरले पूर्वाधार र कर्मचारी व्यवस्थापनका लागि १० लाख रुपैयाँ बजेट छुट्याएर अघि बढेको छ ।
डन न्यूज : पोखरा महानगरपालिकामा पछिल्लोपटक कोरोना संक्रमण र मृत्युको संख्या एकदमै बढेको छ । महानगरपालिकाको तयारी के छ ?
उपमेयर : अब पोखरा महानगरपालिकाले माथि संघबाट जे–जे निर्देशन गरेको थियो, त्यहीँ कामहरु गरियो । प्रि–आईसोलेसन तयार पार्ने भनियो, त्यही काम गरियो । तर अक्सिजनसहितको बेड तयार गर्ने, आवश्यक प्राविधिक जनशक्तिका विषय हाम्रो वशको कुरा भएन । तर हामी हाम्रो दायित्वबाट पन्छिने नभई कहाँ–कहाँ के गर्न सकिन्छ, त्यसतर्फ चिन्तित छौं । त्यसैले हामीले लेखनाथ मोहरियास्थित संक्रामक रोग अस्पतालमा अक्सिजन पाईपसहितको बेड रहेनछ । त्यहाँ अनुगमन गरेपछि हामीले तत्कालै बेडमा अक्सिजनको पाईप बनाई दिने भएका छौं । त्यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पनि बेडहरुमा आवश्यकता हेरेर अक्सिजन पाईप बनाई दिने काम अगाडि बढाएका छौं । पोखरा महानगरपालिकाले १०४ वटा अक्सिजनसहितको बेड तयार गर्दैछ । हामीले यसका लागि सम्बन्धित पक्षहरुसँग छलफल गरिसकेका छौं । जस अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ७० शैया र लेखनाथस्थित सङ्क्रामक रोग अस्पतालमा ३४ शैयाका लागि अक्सिजन पाइप जडान गर्ने काम भइरहेको छ । त्यसको लागि महानगरले पूर्वाधार र कर्मचारी व्यवस्थापनका लागि १० लाख रुपैयाँ बजेट छुट्याएर अघि बढेको छ ।
डन न्यूज : अक्सिजनसहितको बेड कहिलेसम्म तयार हुन्छ त ? ढिला भएन र ?
उपमेयर : हामीले कार्तिक ६ गते नै बसेको संयुक्त बैठकमा यो निर्णय गरेका हौं । प्रमुख जिल्ला अधिकारीसहितको सम्बन्धित निकायका प्रतिनिधिहरुको उपस्थिति थियो । हामीले त्यही निर्णय गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका निर्देशक सह.प्रा.डा. अर्जुन आचार्य सरलाई यसको जिम्मेवारी दिईसकेका छौं । उहाँले आवश्यक कामहरु तत्कालै गर्नु हुनेछ । र, त्यसको सम्पूर्ण खर्च पोखरा महानगरपालिकाले व्यहोर्ने छ ।
डन न्यूज : जिम्मा मात्र दिनु भएको हो कि रकम पनि दिनुहुन्छ तपाईहरुले ?
उपमेयर : पोखरा महानगरपालिकाले बोलेपछि रकम निकासा पनि गर्छ । ढुक्क हुनुहोस् ।
डन न्यूज : यो विषम परिस्थितिमा पोखरा महानगरपालिकाले यो बाहेक अरु के–के काम गर्दैछ ?
उपमेयर : हामीले यसरी पोखरा महानगरपालिका भित्र कोरोना संक्रमण बढ्दै गयो भने लेकसिटी हस्पिटललाई आईसोलेसनका रुपमा लैजाने तयारी गर्दैछौं । केही मिडियामा पहिले नै आईसोलेसन भनेर पनि समाचारहरु आए । त्यो होइन । यसलाई हामीले क्वारेन्टिनको रुपमा प्रयोग गर्दै आईरहेका थियौं । यस अस्पताललाई आईसोलेसनका रुपमा प्रयोग गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन सरलाई हामीले १ पटक यस अस्पतालको अब्जरवेसन गर्नुस् भनिसकेका छौं । त्यस अस्पतालमा बेडहरुमा अक्सिजनको पाईप पहिले नै फिट भएको रहेछ । त्यही भएर, बढ्दो संक्रमणको अवस्थामा थप उपचारका लागि यस अस्पताललाई प्रयोग गर्ने निर्णयमा महानगरपालिका पुगिसकेको छ । आवश्यक स्वास्थ्यकर्मी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपलब्ध गराएमा त्यसको सम्पूर्ण खर्च महानगरपालिकाले गर्ने सहमति पनि भईसकेको छ ।
डन न्यूज :अहिलेको कोरोना संक्रमणको अवस्था झन् विकराल बन्दै गईरहेको छ । किन यस्तो हुँदैछ जस्तो लाग्छ तपाईलाई ?
उपमेयर : यो त मानिसहरुको गतिविधि हेर्दा बाहिर सबै हिसाबले कोरोना संक्रमणको अवस्था बढ्ने देखिन्छ । अलि कति स्वास्थ्यको मापदण्डलाई ख्याल गरिदिएको भए यति सारो हुने थिएन । अब कसैले पनि त्यो गर्दैन । यो समय मौसम परिवर्तनको बेला पनि हो । चाडवाडको बेला पनि भयो । त्यसैले गर्दा स्वभाविक रुपमा अझै बढ्छ जस्तो लाग्छ मलाई ।
डन न्यूज : एकजना कोरोना संक्रमितको उपचार पनि गर्न पनि पोखरामा धौं धौं परेको विषयहरु सञ्चारमाध्यमहरुमा आईरहेका छन् । यस्तो कहाली लाग्दो परिस्थितिलाई कसरी नियाल्नु भएको छ ?
उपमेयर : दशैंभन्दा अगाडि नै यो विषयलाई ख्यालमा राखेर हामीले बैठक बोलाएका थियौं । प्रमुख जिल्ला अधिकारी, गण्डकी प्रदेशका सचिव, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निर्देशक, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक, हाम्रो महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख र मेयर साहेब सहित हामीहरु बसेर यो विषयमा छलफल गरेका थियौं । पोखरा महानगरपालिका खर्च गर्न तयार छ । तपाईहरुले व्यवस्थापन मिलाउनु होस् । तपाईहरुले डाक्टरसहित स्वास्थ्यकर्मीको मेनपावर उपलब्ध गराउनु होस्, त्यसका लागि खर्च व्यहोर्न महानगरपालिका तयार छ भनेका थियौं । उहाँहरुले यस विषयमा काम अगाडि बढाउँदै हुनुहुन्छ जस्तो लाग्छ मलाई । कोरोना संक्रमितको उपचार नै नहुने कहाली लाग्दो परिस्थिति आउन नदिन हामी सचेत र सजग छौं ।
डन न्यूज : सरकारले लक्षित वर्ग बाहेक कोरोना संक्रमितको उपचार र परीक्षण निशुल्क नगर्ने भनिरहेको छ । पोखरा महानगरपालिकाले यही निर्देशनलाई पालना गर्छ कि केही फरक छ तपाईहरुको सोंच ?
उपमेयर : त्यो त स्वभाविकै हो, हामीले संघले गरेको निर्णय नै मान्नै पर्दछ । कोरोना संक्रमणको उपचार र परीक्षण केन्द्रले गरेको निर्णय अनुसार नै हुन्छ । सक्ने मानिसले त आफैंले उपचार गर्नै प¥र्यो नि । लक्षित वर्गलाई निशुल्क भनेर तोकेकै छ । यो विषयमा समस्या छ जस्तो मलाई लाग्दैन ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
५सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ