News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति विचार

नाम हराएको पात्र !

पुरुषमा सिनियरबाट छनौंट गरिरहँदा महिलामा सिनियरलाई पाखा किन ? के उहाँको योग्यता पुगेको थिएन ? पुरुषमा यति सालबाट निरन्तरता भनेर छानिरहँदा महिलामा त्यो किन हुन सकेन ? के महिलाले पार्टीमा कुनै योगदान दिनु भएको थिएन ? अर्को मतको आधार भन्दै गर्दा आफुलाई मन नपरेको पुरुष र मन नपरेका महिला फाल्न मिल्छ ?? 

नम्रता बराल
असामञ्जस्यतामा छु, लेखन कार्य कताबाट शुरु गरु ? वास्तवमा मलाई यो विषयमा बोल्न नै मन थिएन किनकि जुन परिस्थिति सृजना होला भन्ने पूर्वअनुमान गर्न नसक्ने म जस्ता निष्ठावान व्यक्ति अब काग्रेसको नेतृत्वमा फिट छैनौं । काँग्रेस बिपिको विधि, विधान, पद्धती छाडेर धेरै अगाडि दौडिएको यो परिवेशमा सिमित व्यक्तिहरुलाई विश्वास गरेर आफ्नो अधिकार सुम्पन्नु नै हाम्रो एक मात्र गल्ति थियो । विचारले कहिले काही धोका दिन्छ जति धेरै विश्वास घात त्यहीँ हुन्छ । अगाडिबाट छुरा रोप्ने आफ्नै घरबाट हो बाहिरकासँग त्यो दम कहाँ हुनु यो सब बुझेर पनि चुप भएकी छु ।

सच्याउन नमिल्ने गरी मेरो लामो राजनीति दौरानमा पदको लागि भन्दा आफ्नो स्वाभिमानको लागि लडे । म कहिले हारिन । सम्झौता गरिन । प्रलोभनमा परिन । र, सधै आफ्नो लागि भन्दा पार्टीको लागि निरन्तर चलिरहे बिना कुनै लोभ र लाभ । नदीलाई बग्न अगाडि चट्टान होस् कि समथर भुमि कुनै फरक पर्दैन लक्ष्यमा पुग्न निरन्तर बगिरहन्छ । खहरे सुसाउँछन्, उर्लन्छन् र बिलिन बन्छन् ।
यात्रामा धेरै खहरे, लक्ष्यमा नपुग्दै बिलाएको देखेको नदि आफुलाई कुनै खहरेसँग तुलना गर्न नै चाहदैन । उसको काम हो निरन्तर बग्नु । मार्गमा जो आओस्, जाओस् त्यसले उसको वगाव रोकिदैन । त्यसैले राजनीतिक वृतमा मेरो पहिचान बेग्लै छ । म कर्म गर्छु र त्यसैको फल प्राप्त गर्छु । मलाई अरुले फलाएको फल टिपेर खाने आदत कहिले परेन ।
आज जिल्ला समितिमा सँगै काम गरेको दाइले भन्नु भयो–‘बहिनी हजुरलाई हजुरको स्वाभिमानले रोक्यो । जी, हजुर, हस् भएको भए आज नतिजा बेग्लै आउने थियो ।’ अनायासै जबाफ निस्कियो -‘त्यो नतिजा को के काम ? जहाँ मानिसहरु औँला उठाउँछन् र मनको कुनै कुना थर्थराउँछ ।’ प्रकृति यति क्रोधित थियो मानौँ हाम्रा सपनाहरु यसरी नै बर्सिरहेका छन् र संकेत गरेका हुन् भोलिका पलको । मन नै चिसो हुने गरी कठङ्यग्रिएका यी सम्बन्धहरु यिनै असिना जस्तै पग्लिएर मेटिएलान् त ? खोई शंका नै उब्जिन्छ !

हामीले चाहेको परिवर्तनले आज हामीलाई नै निल्यो कि ? जोसँग जे क्षमता छ उसले त्यहीँ प्रदर्शन गर्ने हो र त्यसैको प्रभावले नतिजा निस्कने हो । हामीले क्षमता भन्दा बढी भार किन थोपार्न पुग्यौ ? हामीलाई क्षेत्रीय प्रतिनिधिहरुले नै आफ्नो विवेकको कसी प्रयोग गर्नुहुन्थ्यो । हामी यो, त्यो, यसो र उसो भनेर मनमुटाव गर्नुपर्ने परिस्थिति नै आउने थिएन । तर केही राम्रो गर्ने उद्देश्यले हामीले विश्वासको पगरी त्यस्तो ठाउँमा बिसायौ जहाँ राजनीतिको मर्म नै थिएन । साँगठनिक कुशलता विहिन प्रतिशोधमा रुमलिएका मस्तिष्कले कसको नाम लिदाँ आफुलाई फाइदा पुग्छ र कसलाई अगाडी बढ्न रोक्न सकिन्छ भन्ने जस्ता कुरामा सीमित रहेर निर्णय गरेको अहिलेको नतिजाले देखाएको छ । जहाँ स्पस्ट विधिको अभाव, व्यक्ति अनुसारका नियम हावी गरेको सोझै देखिन्छ । जुन संगठनको लागि घातक साबित हुन जान्छन् ।

साँगठनिक कुशलता विहिन प्रतिशोधमा रुमलिएका मस्तिष्कले कसको नाम लिदाँ आफुलाई फाइदा पुग्छ र कसलाई अगाडी बढ्न रोक्न सकिन्छ भन्ने जस्ता कुरामा सीमित रहेर निर्णय गरेको अहिलेको नतिजाले देखाएको छ । जहाँ स्पस्ट विधिको अभाव, व्यक्ति अनुसारका नियम हावी गरेको सोझै देखिन्छ । जुन संगठनको लागि घातक साबित हुन जान्छन् ।

अब पूर्व चरणमा जाउँ । नेपाली काग्रेसको केन्द्रीय परिपत्र अनुरुप नै महाधिवेशन प्रतिनिधिहरुबाट महासमिति छनोट यहि फागुन १० गतेसम्म गरिसक्नु पर्ने पत्र अनुरुप नै कास्कीका तीनवटा क्षेत्रमा क्षेत्रीय समिति सक्रिय बने । त्यसै अनुरुप हाम्रो क्षेत्र न २ मा पनि यहि फागुन ५ गते महाधिवेशन प्रतिनिधि तथा क्षेत्रीय पदाधिकारीको संयुक्त बैठक बस्यो । बैठकमा बौद्धिक नेतामा आफ्नो परिचय बनाउनु भएका हामी सबैका नेताले निर्वाचनमा जाने भए त्यहीँ अनुरुप गराँै, नभए हामी सबैको म्यान्डेड क्षेत्रीय समितिका पदाधिकारीलाई दिऊँ भनेर आफ्नो धारणा राख्नु भयो । हामी सबैलाई यो सरसर्ती हेर्दा उचित नै लाग्यो ।

आगामी वैशाख ३० गते स्थानीय निर्वाचनको मिति तय भैसकेको अबस्था र महाधिवेशन प्रक्रियामा वडादेखि क्षेत्र, प्रदेश हँुदै केन्द्रसम्मका निर्वाचन परिणामले ल्याएको तिक्तताले आक्रान्त हामीले परिस्थितिलाई सहज बनाउन समिति लगायत ११ वटा वडाका सभापतिहरु र आवश्यक परेमा अन्य व्यक्तिहरु समेतको परामर्श लिएर राजनैतिक निर्णय समाबेशिताका आधारमा गर्नुहोला भनेर जिम्मेवारी सुम्पियौँ । त्यो जिम्मेवारी वहन गर्ने उहाँहरुको नैतिक दायित्व आफुहरु निष्पक्ष भएर सबैलाई समान सिद्धान्तमा न्याय दिनु पर्ने थियो चित्रगुप्त बनेर, तर यो राजनीति हो ।

समितिको दोस्रो त्रुटी । हामी २५ जनाले सहमति जनाए पछी समितिले ११ जना महासमितिका प्रस्तावित नाम छनोट गरेर हामीलाई बैठक बोलाइ जानकारी गराएर छनौंटमा पर्नुहुने साथीहरुको नाम मनोनयन दर्ता र नपर्ने साथीहरुलाई सान्त्वना दिनु पर्ने थियो । तर विचित्र हामी कसैलाई थाहाँ नदिएर छापामार शैलीमा दर्ता फम जिल्ला पार्टी कार्यालयबाट लिएर कुनै होटलमा बसेर भरेर बुझाईएको छ भने जिल्ला पार्टी कार्यालयमा दर्ता प्रक्रिया विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला गरिएको थियो । त्यहीँ अवसरमा हामी त्यहाँ भएका साथीहरुलाई कुनै जानकारी नगराईएकोले र मनोनयन दर्ता गराउँदा समेत क्षेत्रीय सचिवको रोहवरमा उहाँले भने बमोजिमको शुल्क तिरेर बिल काटी दर्ता नम्बर समेत चढाएर फम बुझाइएकोमा किन के कारणले निर्वाचन प्रक्रिया अगाडी बढ्न सकेन ? हस्ताक्षरले रोकिने भए सचिव स्वयमले थप दस्तुर समेत जोडेर पैसा बुझ्न हुँदैनथ्यो । दोकान थापिसके पछी ग्राहकले सामान खरिद गर्छन्, खरिद गरे पछी त्यो वस्तुको स्वामित्व खरिदकर्ताको हुन्छ र त्यो उपभोगको अधिकार पनि उसमा निहित हुन जान्छ भन्ने कुरा हेक्का राख्नु पर्दैनथ्यो ? यहाँ किन र के कारणले रोक लगाईयो ? बुकिङ्ग भएको सामान थियो भने बेच्ने अधिकार कसले दियो ? जसरी हामी हस्ताक्षर गरेर चुक्यौ त्यसरी नै क्षेत्रीय समिति दोकान खोलेर चुकेको छ । पैसा पनि लिने निर्वाचन कमिटीले प्रक्रिया सुरुवात गरेर अहिले उपभोग गर्न पाईदैन भन्न पाईन्छ ? यसकारण यो नतिजा वैधानिक मान्न सकिदैन ।

तेस्रो गल्ती यी यावत कुरा भए पछी मनोनयन दर्ता गरेका साथीहरुसँग परामर्श गरेर मनोनयन पत्र फिर्ता गरेको सहिछाप गराउनु पर्नेमा त्यो समेत नगरी सर्वसम्मत निर्विरोध भनेर नामावली प्रकाशन रातमा गर्न मिल्दैनथ्यो । निर्वाचनमा मनोनयन दर्ता गरी शुल्क बुझाई सके पछी म्यान्डेड दिएकोले निर्वाचन प्रक्रियामा जान मिल्दैन भन्न मिल्छ ? नमिल्ने कुरामा शुल्क लिएर दर्ता किन गरियो ? गरे पछी नाम फिर्ता गर्न किन लगाईएन ? तिनीहरु पनि आफ्नै साथी थिए, सम्झाएर नाम फिर्ता लिन लगाएर प्रक्रिया पुरा गरेर नतिजा सार्वजनिक गर्नुपर्ने होइन र ?
अब लागौँ, २५ जना मध्येबाट ११ जना छनौंट नतिजा तर्फ । मेरो लागि सबै समान हुनुहुन्छ । कसै प्रति पूर्वाग्रह छैन । तर नतिजा हेर्दा र मैले यहाँ विश्लेषण गर्दै गर्दा कसैमा आघात परेमा त्यो व्यक्तिलाई नभई प्रवृतिलाई हो भनेर सम्झिदिनुहोला ।

समितिको दोस्रो त्रुटी । हामी २५ जनाले सहमति जनाए पछी समितिले ११ जना महासमितिका प्रस्तावित नाम छनोट गरेर हामीलाई बैठक बोलाइ जानकारी गराएर छनौंटमा पर्नुहुने साथीहरुको नाम मनोनयन दर्ता र नपर्ने साथीहरुलाई सान्त्वना दिनु पर्ने थियो । तर विचित्र हामी कसैलाई थाहाँ नदिएर छापामार शैलीमा दर्ता फम जिल्ला पार्टी कार्यालयबाट लिएर कुनै होटलमा बसेर भरेर बुझाईएको छ …

हामी सबै साथीहरुमा योग्यता, क्षमता र कार्य कौशलता सबै निपूर्ण भएर नै हामी २५ जनालाई हाम्रा क्षेत्रीय प्रतिनिधिहरुले छनौंट गरेर पठाउनु भएको हो । यसमा दुई मत नैं छैन । कास्की क्षेत्र नं. २ बाट महासमिति सदस्यमा ११ जना छनोट हुनु पर्ने भएकाले सबैजना आकाँक्षी भएता पनि सबैजना त्यहाँ पर्न सम्भव थिएन । त्यसको लागि सीमित नियम बनाएर सबैलाई समान प्रकृतिबाट छनौंट गर्नुपर्नेमा को व्यक्ति कसको नजिक, कसलाई लैजाँदा कसलाई फाईदा, कुसलाई लैजाने र कसलाई रोक्न सकिन्छ भनेर रस्साकस्सी भएको भेटियो । एउटा व्यक्ति नभई नहुँदा विना कसुर अर्को व्यक्तिलाई शिकार बनाईएको छ । कसैका कारण कसैलाई गल्हत्याएर प्राप्त गरिएको क्षणिक पद र खुशीले मनमा कुनै पल आनन्द दिन सक्दैन । एउटालाई न्याय गर्नको लागि अर्कोलाई फालेर कुनै महानता हँुदैन । आफु खुशी आफुलाई मन लागेका व्यक्ति छान्नको लागि हामीले अधिकार दिएका थिएनौँ । केही सिमित नम्स(नियम)का आधारमा चुनिनु पर्ने हामी बुच्चडले ह्याँकुला समातेर खसी रोजे झैँ आफुलाई मन परेका व्यक्ति रोज्ने कसीमा परेछौँ । अझ ताजुब त्यहाँ लाग्यो । फलानो व्यक्तिलाई न्याय गर्न फलानो व्यक्ति फालियो यो कुन नीति हो ?

महिला र पुरुष छनोट प्रक्रिया नै आफुँ अनुकुलको बनाईएको छ स्वयं सभापतिज्यूले बोल्नु भएका शब्दले त्यो प्रस्ट हुन्छ । मेरो प्रश्न छ, किन यति ठुलो भिन्नता ? पुरुषमा सिनियरबाट छनौंट गरिरहँदा महिलामा सिनियरलाई पाखा किन ? के उहाँको योग्यता पुगेको थिएन ? पुरुषमा यति सालबाट निरन्तरता भनेर छानिरहँदा महिलामा त्यो किन हुन सकेन ? के महिलाले पार्टीमा कुनै योगदान दिनु भएको थिएन ? अर्को मतको आधार भन्दै गर्दा आफुलाई मन नपरेको पुरुष र मन नपरेका महिला फाल्न मिल्छ ?? पहिलोबाट आठौ स्थानमा भएका पुरुष छानिएका छन् तर छैटौँका फालिए कुन विधिले ? अर्को तर्फ महिलामा चौँथो नम्बरमा परेकी महिला छानिएर पहिलो नम्बरकी फालिएकी छिन्, यो कस्तो न्याय ? न अङ्क गणितले हेर्दा मिल्छ, न क्रियाशिलताका आधारमा । न पदमा रहेर जिम्मेवारी सम्हालेको आधारमा कताबाट हिसाब निकालौँ वडाबाट कि केन्द्रबाट ? लौ न हजुर हामीलाई हजुरहरुले बनाएका मापदण्ड दि बक्सियोस्, समितिमा कुन वादले काम गर्यो र पुरुषमा सिनियर खोजेको छनौँट कमिटीले महिलामा जुनियरहरुलाई छान्यो ?

अर्को महत्वपूर्ण कुरा कलस्टर त्यसमा पनि महिला र पुरुषमा विभेद किन ? के पार्टी यसरी चल्छ ? एउटा घरमा बसे पछी विभिन्न मुद्दामा बहस हुनु स्वभाविक हो । कहिले काहीँ स–साना कुरामा भनाभन पनि होलान् । त्यस्ता सानातिना कुरालाई अँगालेर निर्णय गर्दाको परिणाम हो यो नतिजा । धेरै प्रश्नहरु खडा गरेर गएको महासमितिको यो नतिजाले भविष्यमा काँग्रेस र नेतृत्वको हालत के होला ? समय चक्र हो, घुमिरहन्छ ।

उहाँहरुले पार्टीमा कुन त्यस्तो चमत्कार गर्नु भएको थियो र प्रोत्साहन स्वरुप महासमिति सदस्य चुनियो ? यो बारेमा छनोट कमिटिले आनाकानी गर्न मिल्छ.? क्राइटेरिया पेश गर्नु पर्दैन ? तालाचापी दिनुको मतलब यो होइन कि आफु खुशी निर्णय गर, समयले तिमीले गरेको निर्णयले तिम्रै गालामा थप्पड हान्ने छ । अर्को महत्वपूर्ण कुरा कलस्टर त्यसमा पनि महिला र पुरुषमा विभेद किन ? के पार्टी यसरी चल्छ ? एउटा घरमा बसे पछी विभिन्न मुद्दामा बहस हुनु स्वभाविक हो । कहिले काहीँ स–साना कुरामा भनाभन पनि होलान् । त्यस्ता सानातिना कुरालाई अँगालेर निर्णय गर्दाको परिणाम हो यो नतिजा । धेरै प्रश्नहरु खडा गरेर गएको महासमितिको यो नतिजाले भविष्यमा काँग्रेस र नेतृत्वको हालत के होला ? समय चक्र हो, घुमिरहन्छ ।

अहिले काटिएका बिरुवा भोली बन्चराको विड बनेर त्यहिँ पुगे भने अहिलेका यी रुखलाई बाँकी राख्लान् त ? सोचनीय बिषय यो हो ! हुन त काम गर्ने व्यक्तिलाई कुनै पद चाहिँदैन र पद पाएकाले समाजमा सम्मान प्राप्त गर्छन् भन्ने पनि छैन । तर आफ्नै पार्टी भित्र एक साथीले अर्को साथीलाई विश्वास गरिरहँदा घाटीँ थिचेर न्याक्न खोजिन्छ भने अब पछिका दिनमा एक साथीले अर्को साथीलाई विश्वास गर्ने आधार खोई ? यो सबै प्रत्यक्ष भोगेर पनि केहीँ नबोलिरहँदा धेरै शुभचिन्तक साथीहरुले नाम हराउनाको कारण सोधिरहनु भएको छ र मसँग त्यसैको उत्तर छैन । सभापतिज्यू, लौँ न बुझाई दिनुहोस् छनौँट प्रक्रिया र दायरा के थियो ? केन्द्रीय अधिवेशनमा टिमले पत्याएर केन्द्रीय सदस्यको चुनाबमा सहभागी हाम्रो नाम लिस्टबाट किन हरायो ?

-लेखक बराल नेपाली काँग्रेसका सक्रिय युवा नेतृ हुनुहुन्छ ।