
१२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
४३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
९विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१०अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
११एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
म्याग्दी, २ फागुन । गत भदौ महिनामा आएको बाढीले क्षति पुगेर बन्द भएको धौलागिरि गाउँपालिका–२ लुलाङस्थित दरखोला दोस्रो लघुजलविद्युत् परियोजना पुनःनिर्माण गरी सञ्चालन भएको छ ।
भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित केन्द्रीय प्रसारण लाइनको विद्युत् र सडक यातायात नपुगेको लुलाङको दरखोलामा आएको बाढीले विद्युत्गृह, बाँध र नहर बगाएपछि ४३ किलोवाट क्षमताको परियोजना बन्द भएको थियो ।
गण्डकी प्रदेश सरकार र धौलागिरि गाउँपालिकाको रु २२ लाख सहयोगमा परियोजना मर्मत भएको उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर पाइजाले जानकारीदिनुभयो । “गत पुस महिनादेखि सुरु भएको लघुजलविद्युत् परियोजना मर्मत गरेर आइतबार परीक्षण विद्युत् उत्पादन सफल भयो”, उहाँले भन्नुभयो, “केही दिनमै नियमित विद्युत् आपूर्ति हुन्छ ।”
परियोजना मर्मतका लागि प्रदेशसभा सदस्य नरदेवी पुनको सिफारिसमा पूर्वाधार विकास कार्यक्रमको रु १२ लाख र धौलागिरि गाउँपालिकाले रु दश लाख विनियोजन गरेको वडाध्यक्ष गमप्रसाद विकले बताउनुभयो । परियोजनाको टर्वाइन, एलसी बोर्ड, रनर, अर्थिङ प्लेटलगायतका उपकरण परिवर्तन भएको छ । मुहानमा २५ मिटर कुलो निर्माण र मर्मत गरिएको छ । विद्युत्गृहको नयाँ भवन निर्माण भएको छ । नहर र विद्युत्गृहको उचाइसँगै उत्पादन क्षमता घटेर ३५ किलोवाटमा झरेको छ ।
खोलाको किनारदेखि केही माथि सुरक्षित ठाउँमा विद्युत्गृह निर्माण भएको कारण परियोजनाको उत्पादनसमेत घटेर ३५ किलोवाटमा सीमित भएको समितिले जनाएको छ । सो परियोजनाबाट उत्पादित विद्युत् लुलाङ, लमसुङ, मरेनी र खोरियाका ३५४ घरधुरीले उपभोग गर्दै आएका छन् ।
परियोजना बन्द हुँदा घरायसी काम, विद्यार्थीको पठनपाठन, मोबाइल चार्ज, रेडियो सुन्न र टेलिभिजन हेर्न समस्या भएको थियो । परियोजना सञ्चालन भएपछि कुटानीपिसानी गर्ने मिल, फर्निचर उद्योग र मासु पसललगायतका घरेलु उद्योगलाई सहज भएको स्थानीय भक्त सिंकीजाले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष थमसरा पुनले परीक्षण उत्पादन सफल भएको र स्थानीय उपभोक्ताको बैठक बसेर नियमितरुपमा विद्युत् सेवा सञ्चालन गरिने बताउनुभयो । “दुर्गम बस्ती विद्युत् सुविधाबाट वञ्चित हुँदा सास्ती भएको थियो”, उहाँले भन्नुभयो, “विद्युत्को समस्यालाई गम्भीरताका साथ लिएर समाधानमा जुटेपछि स्थानीयवासीलाई अँध्यारोमै बसिरहनुपर्ने बाध्यता हटेको छ ।”
बाढीले बगाएर क्षतिग्रस्त बनेको परियोजनाको टर्वाइन, एलसी बोर्ड, रनर, अर्थिङ प्लेटलगायतका मेसिन उपकरण नयाँ फेरिएको छ भने मुहानमा २५ मिटर कुलो निर्माण र मर्मतको काम गरिएको छ । त्यसैगरी विद्युत्गृह भवन नयाँ निर्माण गरिएको छ ।
विसं २०७६ मा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु ८५ लाख ९७ हजार, गाउँपालिकाको रु ५० लाख, रु ३३ लाख बराबरको श्रमदान र रु पाँच लाख तीन हजार चन्दा सहयोगमा परियोजना निर्माण भएको थियो । जुगेपानीको पहिरोले नहर र विद्युत्गृहमा क्षति पुगेपछि परियोजना स्थानान्तरण गरिएको वडाध्यक्ष विकले जानकारीदिनुभयो ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ