
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
३पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
४गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
८कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
६व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
७पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले श्रमिक जनताको विजयलाई कसैले पनि रोक्न नसक्ने उद्घोष गरेका छन् । २७ औँ जनयुद्ध दिवसका अवसरमा एक व्यक्तव्य जारी गर्दै उनले जनयुद्धप्रति गौरव प्रकट गरेका छन् ।
साथै महान् सहिद–बेपत्ता योद्धाप्रति विशेष स्मरण, सम्मान, श्रद्धा व्यक्त गर्दै महासचिव विप्लवले घाइतेहरूप्रति सम्मान, आमश्रमिक जनता, महान् सहिद–बेपत्ता योद्धा परिवारजनहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । उनले श्रमिक जनता, पार्टी नेता–कार्यकर्ता र मित्रहरूमा विशेष शुभकामना प्रदान गरेका छन् ।
व्यक्तव्यमा विप्लवले भनेका छन्, ‘महान् जनयुद्धको पहल भएको २७ वर्ष बितेको छ । यस जनयुद्ध दिवसको ऐतिहासिक अवसरमा जनयुद्धप्रति विशेष गौरव व्यक्त गर्न चाहन्छौँ । साथै महान् सहिद–बेपत्ता योद्धाप्रति विशेष स्मरण, सम्मान, श्रद्धा व्यक्त गर्न चाहन्छौँ । घाइतेहरूप्रति सम्मान व्यक्त गर्दछौँ । आमश्रमिक जनता, महान् सहिद–बेपत्ता योद्धा परिवारजनहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ । श्रमिक जनता, पार्टी नेता–कार्यकर्ता, मित्रहरूमा विशेष शुभकामना आदानप्रदान गर्न चाहन्छौँ ।’
जनयुद्धले नेपाली राजनीतिमा अभूतपूर्व प्रभाव र परिवर्तन ल्याएको र श्रमिक जनताले आफ्नो मुक्ति र राष्ट्रिय स्वाधीनताका लागि गरेको ऐतिहासिक विद्रोहले पहिलोपटक जनताको सत्ता, जनताको सेना, जनताको न्यायालय, शिक्षा, स्वास्थ्य, अर्थसम्बन्धहरू निर्माण गर्न सफल भएको उनले स्मरण गरेका छन् । तर प्रचण्ड–बाबुरामलगायत नेताहरूको विचलनका कारण जनयुद्ध अपूर्णतामा टुङ्गिएको भन्दै विप्लवले जनयुद्धको अपूर्णताका कारण नेपाली जनताको पूर्ण मुक्ति एवम् नयाँ जनवाद–वैज्ञानिक समाजवाद प्राप्तिको चाहना अधुरै रहेको बताएका छन् ।
‘जनयुद्धले नेपाली राजनीतिमा अभूतपूर्व प्रभाव र परिवर्तन ल्यायो । श्रमिक जनताले आफ्नो मुक्ति र राष्ट्रिय स्वाधीनताका लागि गरेको ऐतिहासिक विद्रोहले पहिलोपटक जनताको सत्ता, जनताको सेना, जनताको न्यायालय, शिक्षा, स्वास्थ्य, अर्थसम्बन्धहरू निर्माण गर्न सफल भएको थियो । तर प्रचण्ड–बाबुरामलगायत नेताहरूको विचलनका कारण जनयुद्ध अपूर्णतामा टुङ्गियो । जनयुद्धको अपूर्णताका कारण नेपाली जनताको पूर्ण मुक्ति एवम् नयाँ जनवाद–वैज्ञानिक समाजवाद प्राप्तिको चाहना अधुरै रह्यो ।’ व्यक्तव्यमा भनिएको छ ।
आज दलाल पुँजीवादी सत्ता र श्रमिक जनताबीचको सङ्घर्ष तीव्र बन्दै गएको उनको बुझाई छ । अनेकौँ राष्ट्रघात, जनघात, भ्रष्टाचारमा चुर्लुम्म डुब्दै दलाल पुँजीवादी सत्ता र संसद्वादी तत्वहरू सङ्कटग्रस्त बन्न पुगेका तर संसद्वादी तत्वहरूको बुद्धि फिर्नुको सट्टा आफ्नो तुच्छ कुर्सीस्वार्थ पूरा गर्न एमसीसीजस्ता घोर राष्ट्रघाती सम्झौता लाद्न उद्यत रहेको विप्लवले बताएका छन् ।
‘आज दलाल पुँजीवादी सत्ता र श्रमिक जनताबीचको सङ्घर्ष तीव्र बन्दै गएको छ । अनेकौँ राष्ट्रघात, जनघात, भ्रष्टाचारमा चुर्लुम्म डुब्दै दलाल पुँजीवादी सत्ता र संसद्वादी तत्वहरू सङ्कटग्रस्त बन्न पुगेका छन् तर संसद्वादी तत्वहरूको बुद्धि फिर्नुको सट्टा आफ्नो तुच्छ कुर्सीस्वार्थ पूरा गर्न एमसीसीजस्ता घोर राष्ट्रघाती सम्झौता लाद्न उद्यत छन् ।’ व्यक्तव्यमा भनिएको छ ।
यस्तै नेपाली श्रमिक जनताले आजको दलाल पुँजीवादी संसदीय व्यवस्थाको अग्रगामी एवम् क्रान्तिकारी विकल्प वैज्ञानिक समाजवाद चाहिरहेका भन्दै त्यसका लागि असफल संसदीय व्यवस्थाको निरन्तरता नभइ जनमतसङ्ग्रहद्वारा राजनीतिक व्यवस्था छान्ने र चुन्ने अधिकार प्रदान गर्नुपर्ने उनको तर्क छ । तर सरकार र संसद्वादी पार्टीहरू नेकपासँग राज्यले गरेको ३ बुँदे सहमति पनि इमानदारीपूर्वक कार्यान्वयन गर्नुको सट्टा बेइमानी गरिरहेका महासचिव विप्लवले बताएका छन् ।
राज्यपक्ष सहमतिअनुसार इमानदारीपूर्वक बन्दीहरूलाई मुक्त गर्नु र नेता–कार्यकर्ताहरूमाथि लगाइएका झूट्टा मुद्दाहरू खारेज गर्नुको बदला अनेकौँ कानुनी बहाना देखाएर अल्झाउने गलत कार्य गरिरहेकाे भन्दै उनले सरकारलाई ३ बुँदे सहमतिप्रति इमानदार बन्न विशेष आग्रह गरेका छन् ।
‘हाम्रो पार्टीको सुस्पष्ट दृष्टिकोण छ– नेपाली श्रमिक जनताले आजको दलाल पुँजीवादी संसदीय व्यवस्थाको अग्रगामी एवम् क्रान्तिकारी विकल्प वैज्ञानिक समाजवाद चाहिरहेका छन् । त्यसका लागि असफल संसदीय व्यवस्थाको निरन्तरता होइन, जनमतसङ्ग्रहद्वारा राजनीतिक व्यवस्था छान्ने र चुन्ने अधिकार प्रदान गर्नुपर्छ । तर सरकार र संसद्वादी पार्टीहरू हाम्रो पार्टीसँग राज्यले गरेको ३ बुँदे सहमति पनि इमानदारीपूर्वक कार्यान्वयन गर्नुको सट्टा बेइमानी गरिरहेका छन् ।’ व्यक्तव्यमा भनिएको छ,’ सहमतिअनुसार इमानदारीपूर्वक बन्दी कमरेहरूलाई मुक्त गर्नु र नेता–कार्यकर्ताहरूमाथि लगाइएका झूट्टा मुद्दाहरू खारेज गर्नुको बदला अनेकौँ कानुनी बहाना देखाएर अल्झाउने गलत कार्य गरिरहेका छन् । हामी सरकारलाई ३ बुँदे सहमतिप्रति इमानदार बन्न विशेष जोड दिन चाहन्छौँ ।’
जनताको मुक्ति, राष्ट्रको स्वाधीनताका पक्षमा उभिने र मिल्न सकिने सबै कम्युनिस्ट, देशभक्त, प्रगतिशील लोकतन्त्रवादी, वामपन्थीहरू एकताबद्ध बन्न उनले अपिल समेत गरेका छन् ।
‘महान् जनयुद्धको गौरवलाई पकड्दै एकीकृत जनक्रान्तिलाई विजयतिर अगाडि बढाऔँ । जनताको मुक्ति, राष्ट्रको स्वाधीनताका पक्षमा उभिने र मिल्न सकिने सबै कम्युनिस्ट, देशभक्त, प्रगतिशील लोकतन्त्रवादी, वामपन्थी मित्रहरू एकताबद्ध बनौँ । दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको स्थानमा वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् लक्ष्यमा समर्पित बनौँ । श्रमिक जनताको विजयलाई कसैले पनि रोक्न सक्नेछैन ।’ व्यक्तव्यमा भनिएको छ ।

१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग