
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
३पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
४गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
८कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
६व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
७पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
कृष्ण दबाडी, कास्की, १ फागुन । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलाका पुष्पराज गौतम गाउँपालिकाको कार्यालय जानुपर्दा पोखरा भएर जाने–आउने गर्नुहुन्छ । गाउँपालिकाको केन्द्र लाहाचोकमा आवत जावत गर्दा हिउँदयाममा सेती नदीमा अस्थायी संरचनाबाट वारपार गर्न सकिने भए पनि बर्खा लागेपछि सार्दिखोलावासीका दुःखका दिन सुरु हुन्छन् ।
माछापुच्छ्रेका नौ वडामध्ये वडा नं २ लाई मात्र सेती नदीले छुट्याएको छ । सेतीको रातोपानीमा झोलुङ्गे पुलबाट यात्रु वारपार गरे पनि पक्की पुल नहुँदा बर्खामा गाडी वारपार गर्न सक्दैनन् । बर्खायाम सुरु भएसँगै गाउँपालिकाको केन्द्र पुग्न गौतमजस्तै स्थानीयवासीलाई पोखरा भएर जानुपर्ने बाध्यता हुन्छ ।
गाउँपालिकाको केन्द्र जोड्ने सार्दिखोला–घाचोक सेती नदीमा मोटरेबल पुल नहुँदा सार्दिखोलावासीले हैरानी व्यर्होदै आए पनि अहिले दुई वडा जोड्ने गरी सेती नदीमा पक्की मोटरेबल पुलको काम सुरु भएको छ । पुलको काम धमाधम हुँदै गर्दा सार्दिखोलावासी पनि उत्साहित भएका छन् । उहाँले भन्नुभयो, “हामीलाई आफ्नै गाउँपालिकाको कार्यालयसम्म जान पनि निकै सास्ती थियो । पन्ध्र मिनेटमा पुगिने कार्यालय जान पुरुन्चौर हुँदै घुमरे जाँदा एक घण्टा समय लाग्ने गरेकामा पुलको काम सुरु भएपछि वडावासीमा खुसी छाएको छ ।”
सार्दिखोलावासीले विसं २०७४ स्थानीय तह पुनःसंरचनाका बेलैमा सेती नदीमाथि रातोपानीमा पुल बन्नुपर्ने माग उठाएका थिए । पुल नहुने हो भने पोखरामा मिसिनुपर्ने मागसमेत उनीहरुको थियो । तत्कालीन जिल्ला विकास समितिबाट पुल निर्माणको प्रतिबद्धतापछि सार्दिखोलावासीले माछापुच्छ«ेमा मिसिन तयार भए पनि प्रतिबद्धताअनुसार पुल नबनेपछि निरास बने ।
गण्डकी प्रदेश सरकार स्थापनापछि पहिलो वर्षमा पुलको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) का लागि रु ७५ लाख विनियोजन गरिएको थियो । तर पटकपटक डिजाइन परिर्वतन भएपछि पुलको काम अघि बढ्न सकेको थिएन । अहिले पुलको काम धमाधम सुरु भएको छ । सोही वडाका वडाध्यक्ष विक्रम गुरुङले रातोपानीमा पक्की मोटरेबल पुलको माग धेरै पहिलादेखि नै गरिएको जानकारी दिनुभयो । गाउँपालिका पुग्नका लागि समेत दुःख हैरानी भोग्नुपरेपछि सङ्घ र प्रदेश सरकारसँग पुलको योजना माग गरिएको उहाँले बताउनभुयो ।
उहाँले भन्नुभयो, “पुलको काम सुरु भएपछि वडावासी सबै खुसी भएका छन् । तोकिएको समयभित्रै गुणस्तरीय हिसाबले पुल निर्माणको काम सम्पन्न गर्न वडाको तर्फबाट आवश्यक सहयोग र समन्वय गर्नेछौँ ।” प्रदेश सरकारको रु १० करोड २८ लाख ५७ हजार लागतमा ७० मिटर लामो र साढे १० मिटर फराकिलो पुलको काम सुरु भएको हो । पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख महेन्द्र बानियाँले हालसम्म पुलको २० प्रतिशत आर्थिक र १० प्रतिशत भौतिक प्रगति भएको जानकारी दिनुभयो ।
विसं २०८० साउन २४ गतेभित्रमा काम सम्पन्न गर्ने गरी गत साउन २५ गते हिमदुङ थोकर, रामजानकारी जेभी काठमाडौँसँग ठेक्का सम्झौता गरिएको उहाँले बताउनुभयो । प्रदेश सरकारको पहिलो वर्ष पुलको डिपिआरका लागि बजेट विनियोजन भए पनि पछिल्लो समय स्रोत अभावमा योजना कार्यान्वयनमा ढिलाइ भएको सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्य एवं हालका गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बताउनुभयो ।
सार्दिखोला, घाचोक, लाहाचोक र साविक माछापुच्छ्रे गाविससहित पोखराको उत्तर–पश्चिम क्षेत्रका नागरिकसमेत पुल बनेपछि लाभान्वित हुने र यस पुलको महत्व धेरै रहेको उहाँको भनाइ छ । अर्थमन्त्री बरालले भन्नुभयो, “योजनाको कूल लागतको २० प्रतिशत स्रोत नहुँदासम्म बहुवर्षीय योजना अघि नबढाउने सरकारको नीतिले पनि योजना कार्यान्वयनमा ढिलाइ भयो, रातो किताबमा योजना प¥यो तर कार्यान्वयनमा नजाँदा जनतामा निराशा आउनु स्वाभाविक हो । धेरै मेहेनतपछि यस वर्ष पुलको स्रोतको सुनिश्चित भएको छ, अब काम अघि बढ्छ ।” अर्थमन्त्री बरालले माछापुच्छ्रेका धिप्राङ र मर्दीखोलामाथि पनि पक्की पुल निर्माणको योजना प्रदेश सरकारको रहेकाले पुल बनेपछि गाउँपालिकाका नौवटै वडा हिउँद÷बर्खामा पनि सडक सञ्जालबाट जोडिने जानकारी दिनुभयो । -रासस
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग