News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

उकालो लाग्यो सुन चाँदीको मूल्य

काठमाडौँ । बुधबार सुनचाँदीका मूल्य थप उकालो लागेको छ । अघिल्लो दिन तोलामा ५०० रुपैयाँले बढ्दै ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप ३०० रुपैयाँले बढ्दै ९३ हजार ४०० रुपैयाँ पुगेको हो।

यस्तै, चाँदीको मूल्य समेत आज तोलामा अधिकतम २० रुपैयाँले बढ्दै एक हजार २८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो। यता तेजाबी सनको मूल्य पनि आज तोलामा ३०० रुपैयाँले बढ्दै ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।