
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
७प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
८अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
९प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
बागलुङ । केही अघिसम्म जिल्लामा लक्षण भएका कोरोना सङ्क्रमित फाटफुट्ट भेटिन्थे त्यो पनि हल्का लक्षण देखिएको अवस्थामा । सामान्य हेरचाह र औषधिले नै उनीहरु निको हुन्थे । कतिपयमा केही दिनमै लक्षण आफै हराएर जान्थ्यो । लक्षण बिनाका सङ्क्रमित हुँदा आइसोलेसनकक्षमा पनि व्यवस्थापन र उपचारको भार कम थियो । चिकित्सक÷स्वास्थ्यकर्मीले नियमित निगरानी गरे पुग्थ्यो । अहिले अवस्था त्यस्तो छैन । लक्षणसहितका सङ्क्रमित भेटिन थालेपछि एकातिर अस्पतालमा चाप बढ्दो छ । अर्कातिर समुदायमा सङ्क्रमण तीव्र हुने हो की भन्ने चिन्ता । धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले केही सातायता लक्षणसहितका सङ्क्रमितको सङ्ख्या बढीरहेको बताउनुभयो । उहाँका अनुसार कडा लक्षण देखिएका कतिपयमा अस्पताल भर्ना भएपछि मात्र कोरोना पुष्टि हुने गरको छ ।
“आइसोलेसनमा रहनुभएका चार÷पाँच जनालाई अहिले पनि आवश्यकता अनुसार अक्सिजन दिनुपर्ने अवस्था छ, मध्यम र हल्का लक्षण भएकालाई सामान्य औषधि चलाइरहेका छौँ”, उहाँले भन्नुभयो । यसअघि सघन उपचार कक्ष (आईसियू) मा राखेर एक जना सङ्क्रमितको उपचार गरिएकामा अहिले अवस्था सुधार छ ।
आजै मात्र भेन्टिलेटरमा उपचाररत बागलुङ नगरपालिका–३ का ६६ वर्षीयको अस्पतालमा निधन भएको थियो । स्वास्थ्य स्थिति जटिल बनेपछि उहाँलाई एकसातादेखि सघन उपचारमा राखिएको थियो । “अस्पताल आउँदा नै उहाँको स्वास्थ्य अवस्था नाजुक बनीसकेको थियो, अथक प्रयास गर्दा पनि बचाउन सकिएन”, प्रमुख चिकित्सक पोखेरलले भन्नुभयो । सङ्क्रमित अस्पताल भर्ना नहुँदै फोक्सोले राम्रोसँग काम गर्न छाडिसकेको उहाँको भनाइ छ । अस्पतालको आइसोलेसनकक्षमा अहिले दश जना सङ्क्रमित उपचाररत छन् ।
बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले शङ्कास्पद लक्षण देखिएर पनि समस्या लुकाउने, कोरोना नजाँच्ने गरेको पाइएको बताउनुभयो । “बागलुङ बजारमा अहिले पत्ता लागेका भन्दा दोब्बर सङ्ख्यामा सङ्क्रमित भएको हाम्रो अनुमान छ”, उहाँले भन्नुभयो, “बिरामी भएर पनि घरमै बस्ने, रोग लुकाउने गरेको भेटिएको छ, कपितयले पोखरा, काठमाडौँ गएर उपचार गराइरहनुभएको छ ।” उहाँले कोरोना सङ्क्रमणको जोखिम उच्च भएकाले सबैले विशेष सतर्कता अपनाउनुपर्ने बताउनुभयो । लक्षण देखिएमा र कोरोना भएको शङ्का लागेमा घरमै आइसोलेसनमा बस्ने र कोरोना नजाँची बाहिर ननिस्कन जनसाधारणलाई आग्रह गर्नुभयो । अधिकृत खनालका अनुसार सदरमुकाममा मात्र अहिले ३० भन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
प्रमुख चिकित्सक पोखरेलले कोरोनाको लक्षण देखिएमा तुरुन्त अस्पताल या स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न आग्रह गर्नुभयो । “अहिले कडा खालको भाइरस देखा परेको छ, यसले लक्षण पनि निम्त्याउँछ, स्वास्थ्य जटिल बनाउन सक्छ”, उहाँले भन्नुभयो । गम्भीर लक्षण भएका सङ्क्रमित थपिदैँ जाने हो भने अस्पतालले नै धान्न नसक्ने स्थिति छ । धवलागिरि अस्पतालमा जम्मा तीन शय्याको सघन उपचार कक्ष (आईसियू) र दुई वटा भेन्टिलेटर छन् । स्थानीय तहमा भएका आइसोलेसनकक्षमा लक्षणविहीन सङ्क्रमितलाई मात्र राख्ने गरिएको छ । जटिल अवस्थाको बिरामीलाई सदरमुकामकै अस्पतालमा ल्याउनुपर्ने बाध्यता छ । प्रमुख चिकित्सक पोखरेलले महामारी रोकथामका लागि हरेक व्यक्ति जिम्वेवार हुनुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।
“हामीले लापरवाही ग¥र्यौँ भने स्थिति भयावह हुन बेर लाग्दैन, सबैले स्वास्थ्य सुरक्षाका उपाय अपनाऔँ, मास्कको अनिवार्य प्रयोग गरौँ, आवश्यक नपरी घरबाहिर नजाऔँ”, उहाँले भन्नुभयो, “कोरोना सामान्य हो, केही हुँदैन भन्ने भ्रमबाट मुक्त होऔँ ।” स्वास्थ्य कार्यालयले पनि नागरिक सचेतनाका लागि ‘कोरोना महामारी, मेरो जिम्वेवारी’ अभियान थालेको छ ।
अभियानमार्फत हरेक व्यक्तिलाई आफ्नो परिवार, आफन्त र साथीभाइलाई जनस्वास्थ्य मापदण्ड पालनासम्बन्धी सपथ खुवाउन प्रेरित गरिने कार्यालयका प्रमुख सुरज गुरौले बताउनुभयो । “मास्कको प्रयोग, साबुन पानीले हातधुने, भौतिक दूरी कायम गर्ने कुरामा व्यक्ति आफैसँग प्रतिवद्ध होस् भनेर सचेतनाको अभियान थालेका हौँ”, उहाँले भन्नुभयो । कार्यालयका अनुसारमा जिल्लामा अहिले १३२ जना सक्रिय सङ्क्रमित छन् । कुल सङ्क्रमितमध्ये ५५६ जना निको भइसकेका छन् । पाँच जनाको मृत्यु भएको छ । हालसम्म झण्डै दश हजारमा कारोना जाँच गरिएकामा ८५ प्रतिशत पुरुष र १५ प्रतिशत महिलामा सङ्क्रमण देखिएको छ ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु