
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
बागलुङ । केही अघिसम्म जिल्लामा लक्षण भएका कोरोना सङ्क्रमित फाटफुट्ट भेटिन्थे त्यो पनि हल्का लक्षण देखिएको अवस्थामा । सामान्य हेरचाह र औषधिले नै उनीहरु निको हुन्थे । कतिपयमा केही दिनमै लक्षण आफै हराएर जान्थ्यो । लक्षण बिनाका सङ्क्रमित हुँदा आइसोलेसनकक्षमा पनि व्यवस्थापन र उपचारको भार कम थियो । चिकित्सक÷स्वास्थ्यकर्मीले नियमित निगरानी गरे पुग्थ्यो । अहिले अवस्था त्यस्तो छैन । लक्षणसहितका सङ्क्रमित भेटिन थालेपछि एकातिर अस्पतालमा चाप बढ्दो छ । अर्कातिर समुदायमा सङ्क्रमण तीव्र हुने हो की भन्ने चिन्ता । धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले केही सातायता लक्षणसहितका सङ्क्रमितको सङ्ख्या बढीरहेको बताउनुभयो । उहाँका अनुसार कडा लक्षण देखिएका कतिपयमा अस्पताल भर्ना भएपछि मात्र कोरोना पुष्टि हुने गरको छ ।
“आइसोलेसनमा रहनुभएका चार÷पाँच जनालाई अहिले पनि आवश्यकता अनुसार अक्सिजन दिनुपर्ने अवस्था छ, मध्यम र हल्का लक्षण भएकालाई सामान्य औषधि चलाइरहेका छौँ”, उहाँले भन्नुभयो । यसअघि सघन उपचार कक्ष (आईसियू) मा राखेर एक जना सङ्क्रमितको उपचार गरिएकामा अहिले अवस्था सुधार छ ।
आजै मात्र भेन्टिलेटरमा उपचाररत बागलुङ नगरपालिका–३ का ६६ वर्षीयको अस्पतालमा निधन भएको थियो । स्वास्थ्य स्थिति जटिल बनेपछि उहाँलाई एकसातादेखि सघन उपचारमा राखिएको थियो । “अस्पताल आउँदा नै उहाँको स्वास्थ्य अवस्था नाजुक बनीसकेको थियो, अथक प्रयास गर्दा पनि बचाउन सकिएन”, प्रमुख चिकित्सक पोखेरलले भन्नुभयो । सङ्क्रमित अस्पताल भर्ना नहुँदै फोक्सोले राम्रोसँग काम गर्न छाडिसकेको उहाँको भनाइ छ । अस्पतालको आइसोलेसनकक्षमा अहिले दश जना सङ्क्रमित उपचाररत छन् ।
बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले शङ्कास्पद लक्षण देखिएर पनि समस्या लुकाउने, कोरोना नजाँच्ने गरेको पाइएको बताउनुभयो । “बागलुङ बजारमा अहिले पत्ता लागेका भन्दा दोब्बर सङ्ख्यामा सङ्क्रमित भएको हाम्रो अनुमान छ”, उहाँले भन्नुभयो, “बिरामी भएर पनि घरमै बस्ने, रोग लुकाउने गरेको भेटिएको छ, कपितयले पोखरा, काठमाडौँ गएर उपचार गराइरहनुभएको छ ।” उहाँले कोरोना सङ्क्रमणको जोखिम उच्च भएकाले सबैले विशेष सतर्कता अपनाउनुपर्ने बताउनुभयो । लक्षण देखिएमा र कोरोना भएको शङ्का लागेमा घरमै आइसोलेसनमा बस्ने र कोरोना नजाँची बाहिर ननिस्कन जनसाधारणलाई आग्रह गर्नुभयो । अधिकृत खनालका अनुसार सदरमुकाममा मात्र अहिले ३० भन्दा बढी सक्रिय सङ्क्रमित छन् ।
प्रमुख चिकित्सक पोखरेलले कोरोनाको लक्षण देखिएमा तुरुन्त अस्पताल या स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न आग्रह गर्नुभयो । “अहिले कडा खालको भाइरस देखा परेको छ, यसले लक्षण पनि निम्त्याउँछ, स्वास्थ्य जटिल बनाउन सक्छ”, उहाँले भन्नुभयो । गम्भीर लक्षण भएका सङ्क्रमित थपिदैँ जाने हो भने अस्पतालले नै धान्न नसक्ने स्थिति छ । धवलागिरि अस्पतालमा जम्मा तीन शय्याको सघन उपचार कक्ष (आईसियू) र दुई वटा भेन्टिलेटर छन् । स्थानीय तहमा भएका आइसोलेसनकक्षमा लक्षणविहीन सङ्क्रमितलाई मात्र राख्ने गरिएको छ । जटिल अवस्थाको बिरामीलाई सदरमुकामकै अस्पतालमा ल्याउनुपर्ने बाध्यता छ । प्रमुख चिकित्सक पोखरेलले महामारी रोकथामका लागि हरेक व्यक्ति जिम्वेवार हुनुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।
“हामीले लापरवाही ग¥र्यौँ भने स्थिति भयावह हुन बेर लाग्दैन, सबैले स्वास्थ्य सुरक्षाका उपाय अपनाऔँ, मास्कको अनिवार्य प्रयोग गरौँ, आवश्यक नपरी घरबाहिर नजाऔँ”, उहाँले भन्नुभयो, “कोरोना सामान्य हो, केही हुँदैन भन्ने भ्रमबाट मुक्त होऔँ ।” स्वास्थ्य कार्यालयले पनि नागरिक सचेतनाका लागि ‘कोरोना महामारी, मेरो जिम्वेवारी’ अभियान थालेको छ ।
अभियानमार्फत हरेक व्यक्तिलाई आफ्नो परिवार, आफन्त र साथीभाइलाई जनस्वास्थ्य मापदण्ड पालनासम्बन्धी सपथ खुवाउन प्रेरित गरिने कार्यालयका प्रमुख सुरज गुरौले बताउनुभयो । “मास्कको प्रयोग, साबुन पानीले हातधुने, भौतिक दूरी कायम गर्ने कुरामा व्यक्ति आफैसँग प्रतिवद्ध होस् भनेर सचेतनाको अभियान थालेका हौँ”, उहाँले भन्नुभयो । कार्यालयका अनुसारमा जिल्लामा अहिले १३२ जना सक्रिय सङ्क्रमित छन् । कुल सङ्क्रमितमध्ये ५५६ जना निको भइसकेका छन् । पाँच जनाको मृत्यु भएको छ । हालसम्म झण्डै दश हजारमा कारोना जाँच गरिएकामा ८५ प्रतिशत पुरुष र १५ प्रतिशत महिलामा सङ्क्रमण देखिएको छ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा