काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५७० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमणका कारण सो अवधिमा १३ जनाको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको चौबिस घण्टामा देशभर ७ हजार ८७४ जनाको पीसीआर र ३ हजार ४९१ जनाको एन्टीजेन परिक्षण गरिएको थियो।
कूल ११ हजार ३६५ जनाको स्वास्थ्य परिक्षण गर्दा १ हजार ५७० जनामा कोरोना संक्रमण पाइएको हो। बितेको चौबिस घण्टामा देशभर ६ हजार १४६ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार १११ रहेको छ।