
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
३पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
४गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
८कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
म्याग्दी, १९ माघ । कालीगण्डकी र म्याग्दी नदीको कटान रोकथामका लागि बेनी बजार संरक्षण योजना निर्माण थालिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजना, पोखराले बेनीस्थित कालीगण्डकी र म्याग्दी किनारमा तटबन्ध बनाउन सुरु गरेको हो ।
हिउँद सकिन लाग्दासमेत कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजार संरक्षणका लागि सञ्चालित नदी नियन्त्रण आयोजनाको काम अघि नबढ्दा कटानको जोखिम बढ्दै गएको थियो । बेनी बजार संरक्षण योजना निर्माणका लागि ठेक्का सम्झौता गरेका रौताह–बिएनबी कन्ट्रक्शनले यसै हप्तादेखि नदी किनारमा पक्की पर्खाल निर्माण गर्न फाउण्डेशन (जग) खन्न थालेको छ । माउन्ट धवलागिरि कन्सट्रक्शनका सञ्चालक राजकुमार श्रेष्ठले कालीपुल बसपार्कस्थित कालीगण्डकी किनारमा एक्साभेटरको प्रयोग गरी जग खन्न थालेको बताउनुभयो ।
“मङ्गलाघाटको म्याग्दी नदी किनारमा केही दिनमै पर्खाल बनाइनेछ”, उहाँले भन्नुभयो । पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीका बासिन्दाको विरोधका कारण सङ्गमचोक पछाडिको कालीगण्डकी किनारमा तटबन्ध बनाउन बाधा पुगेको छ । विवाद समाधान गर्न बेनी नगरपालिका र जलजला गाउँपालिकालाई कम्पनीले अनुरोध गरेको छ । बाइस महिनामा सम्पन्न गर्ने लक्ष्यसहित रु नौ करोड ४५ लाखमा पुस तेस्रो साता ठेक्का सम्झौता भएको हो ।
परियोजनाका इञ्जिनीयर कृष्ण विश्वकर्माले कूल रु १४ करोड लागत अनुमान गरिएको योजना ठेक्का रौताह–बिएनबीले पाएको बताउनुभयो । कालीपुलमा ८० र सङ्गमचोक पछाडि म्याग्दी जेसिजको भवन नजिकैको कालीगण्डकी किनारमा करिब १६८ मिटर आरसिसी तथा मङ्गलाघाटस्थित म्याग्दी किनारमा करिब ६० मिटर पर्खाल निर्माण गरिनेछ । चार मिटर फराकिलो जगदेखि दुई मिटरमाथिबाट ५० सेन्टिमिटर बाक्लो र पाँच मिटर अग्लो आरसिसी पर्खाल बनाउन लागिएको हो ।
कालीगण्डकीमा गत असार १ गते आएको बाढीले बेनीको सङ्गमचोक पछाडि र कालीपुल बसपार्क क्षेत्रमा कटान गरेको थियो । नदी नियन्त्रणको काम बर्खाअघिनै सम्पन्न गर्नुपर्ने स्थानीय टङ्क हमालको सुझाव छ । जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा रहेको बेनी बजारमा एक हजारभन्दा बढी परिवारको बसोबास छ । परियोजनाले गत वर्ष म्याग्दी बेनीतर्फ रु तीन करोड तथा पर्वत बेनीतर्फ रु दुई करोड बराबरको नदी नियन्त्रणको काम गरेको थियो ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान