
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा सोमबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। लु १ ख ९८३२ नम्बरको ट्रकले दिँदा ग १८ प ९२२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बाइकमा सवार दुई जनाको मृत्यु भएको हो। दुवैजनाको घटनास्थलमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।
मृत्यु हुनेमा व्यास नगरपालिका-५ बस्ने अनिल बाचे मगर र विकास विक रहेका छन्। मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यता काठमाडौं महानगरपालिका-७ स्थित चाबहिल मित्रपार्कको ओरालोमा चार जना युवाबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको नाम खुलेको छैन ।महानगरीय प्रहरी वृत्त, गौशालाका डीएसपी केशव भट्टराईका अनुसार झगडामा संलग्न गुल्मी घर भई सिफल बस्दै आएका ३८ वर्षीय रुद्रबहादुर केसी र उदयपुरको बेलटार नगरपालिका-७ घर भई चाबहिल बस्दै आएका २८ वर्षीय सुरेश दर्नाल पक्राउ गरेका छन् ।
झगडामा संलग्न अर्का एक जना फरार छन् । ‘मादक पदार्थ सेवन गरी सामान्य विषयमा विवाद हुँदा झगडा भएको देखिन्छ’ भट्टराईले अनलाइनखबरसँग भने, ‘झगडाका क्रममा ओरालो बाटोबाट तलतिर झर्दा उनी गम्भीर घाइते भएका थिए ।’
घटनाबारे प्रहरी कन्ट्रोल १०० मा खबर आएलगत्तै उद्धार गरेर नेपाल भारत मैत्री अस्पताल, मित्रपार्क पठाइएको उनले बताए । तर चिकित्सकहरुले मृत घोषित गरेको उनले बताए । पक्राउ परेकाहरुलाई ज्यान सम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको काठमाडौं प्रहरीका एसपी दिनेश मैनालीले बताए ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर