News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

सैनिक अस्पतालमा खुल्यो जागिर, ६८ जनाको माग, स्टाफ नर्स मात्रै ५० जना

नेपाली सेनाले सञ्चालन गरिरहेको छाउनीस्थित वीरेन्द्र अस्पतालले ६८ जना मेडिकल कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ । कोरोना महामारीको उपचारका लागि मेडिकल जनशक्ति करारमा भर्ना गर्न लागिएको हो ।

जसअनुसार अस्पताले सबैभन्दा बढी स्टाफ नर्स ५० जना मागेको छ । पिसिएल नर्सिङ उत्तीर्ण गरी नर्सिङ काउन्सिलमा दर्ता भएकाले स्टाफ नर्समा दरखास्त दिन पाउनेछन् ।

त्यस्तै, १० जना बिएनरबिएस्सी नर्स माग गरिएको छ । बिएनरबिएस्सी नर्सिङ उत्तीर्ण गरी नर्सिङ काउन्सिलमा दर्ता भएकाले दरखास्त दिन सक्नेछन् ।
एमबिबिएस उत्तीर्ण गरी एनएमसी दर्ता भएका ८ जना मेडिकल अधिकृत माग गरिएको छ । २० माघभित्र दरखास्त दिइसक्नुपर्ने छ ।

यता कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर)का निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भुपेन्द्रकुमार बस्नेतको बढुवा रद्द भएको छ । २१ पुसमा बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिको बैठकले डा बस्नेतलाई स्वास्थ्य सेवा अन्तर्गतको मेडिसिनरग्याष्ट्रोइन्टेरोलोजी समूह, प्रमुख कन्सलटेन्ट ग्यास्ट्रोइन्टेरोलोजिष्ट पदमा एघारौँ तहमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

तर, लोकसेवा आयोगले १५ कात्तिकमा रद्द गरेको विज्ञापनमा उनलाई बढुवा सिफारिस भएको पाइएपछि १४ माघमा सिफारिस रद्द गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मंगलबार सूचना जारी गर्दै भनेको छ, ‘२१ पुसमा भएको बढुवासम्बन्धी निर्णय बदर भएको छ ।’

आयोगले रद्द गरिसकेको विज्ञापनमा बढुवा समितिको सचिवालयले २३ पुसमा कार्यसम्पादन मूल्यांकनमार्फत बढुवाका लागि भन्दै सूचना जारी गरेको थियो । सोही अनुसार बस्नेत बढुवाका लागि सिफारिसमा परेका थिए ।