
१पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
२पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
३‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
६जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
७फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
८माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
९जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१०उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
११मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१२सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
डोटी, १८ माघ । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि यो वर्ष पनि हेलिकोप्टरको व्यवस्था गरिएको छ । खप्तड घरबास झिग्राना र खप्तड एडभेन्चर टुर प्रालिको संयुक्त आयोजनामा यहाँका प्रमुख पर्यटकीयस्थल खप्तड तथा बडिमालिका दर्शन तथा अवलोकनका लागि ‘हेली प्याकेज’ को आयोजना गरिन लागिएको हो ।
जिल्लामा कोरोना जोखिम कायमै रहेको भए पनि खप्तड तथा बडिमालिका घुम्नका लागि पर्यटक आउन थालेका कारण स्वास्थ्य मापदण्ड पूरा गरी ‘हेली प्याकेज’ को व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । कम्तीमा पनि १० दिनका लागि उक्त ‘हेली प्याकेज’को सुरुआत हुने खप्तड घरबास झिग्रानाका सञ्चालक तथा उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार दिपायलबाट खप्तडका लागि प्रतिव्यक्ति रु १२ हजार तथा बडिमालिका पुग्न रु ३० हजार लाग्ने भएको छ । खप्तडमा अहिले कम्तीमा पनि चार फिटभन्दा बाक्लो हिँउ भएकाले उक्त क्षेत्रको अवलोकनका पर्यटकको मागबमोजिम ‘हेली प्याकेज’ को व्यवस्था गरिएको आयोजकले जनाएको छ । गत वर्ष पनि यहाँ ‘हेली प्याकेज’ को आयोजना गरिएको थियो । हेलिकोप्टरमार्फत गत वर्ष १३५ जनाले खप्तडको भ्रमण गरेका थिए ।