
१तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
२राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
३मनकामना दर्शन गरेर फर्किएका भारतीय सवार माइक्रो बस गोरखामा दुर्घटना हुँदा ७ जनाको मृत्यु
४ग्यास सिलिन्डर लुकाउनेलाई ५० हजार जरिवाना
५आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
६कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
७सांसद महावीर पुनमाथि अभद्र व्यवहार गर्ने गुरुङ पक्राउ
८निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
९‘जनताको अन्तिम निर्णय नै सर्वोच्च हुन्छ’ : एमाले अध्यक्ष ओली
१०कास्कीका तीन क्षेत्रमा रास्वपाका उम्मेदवारले क्लिनस्विप गर्दा ४९ मध्ये ४० उम्मेदवारको धरौटी जफत
११स्याङ्जामा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो, ३ पार्टीको शून्य मत
१२१ करोड ४ लाख समानुपातिक मत गन्दा रास्वपाले कटायो ५० लाख मत, अन्य दलको कति ?
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
५बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
६धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
७फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
८नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
९पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
१०बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
११धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
१२बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
काठमाडौँ । शनिबार मध्यरातदेखि काठमाडौँ उपत्यकामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि नयाँ नियम लागू भएको छ। शुक्रबार सीसीएमसीसीको सिफारिस अनुसार उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले शुक्रबार राति १२ बजेबाट लागू हुने गरी नयाँ आदेश जारी गरेका हुन्।
उपत्यकाका सीडीओले सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली हटठाउनेलगायत महत्वपूर्ण निर्णय गरेको छ। यद्यपि निजी सवारी साधान (दुई पाङ्ग्रेसहित) र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै रहेको स्थानीय प्रशासनद्वारा शुक्रबार जारी आदेशमा उल्लेख छ तर अत्यावश्यक र तोकिएका सवारी साधनमा भने जोरबिजोर लागू हुने छैन ।
सवारी सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु नराखी स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्ने भनिएको छ । लामो दूरीमा चल्ने सवारी साधनले भने बीच बाटोमा यात्रु नचढाउने गरी सुरुदेखि अन्तिम गन्तव्यसम्म सञ्चालन गरी विवरण जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा उपलब्ध गराउन भनिएको छ ।
अन्य अत्यावश्यक तथा तोकिएका सवारीसाधानलाई यसअघि जारी आदेशानुशानुसार हुने जनाइएको छ । आदेशमा औषधि एवं स्वास्थ्य सामग्री बोकेका, एम्बुलेन्स, दमकल, शव वाहन, ग्यास, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन (चालक सहचालक मात्र) मा जोरबिजोर प्रणाली लागू हुने छैन ।
खाद्यान्न दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपक्षी, दाना, एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारीसाधान पनि निर्वाध रूपमा सञ्चालन गर्न पाइने छ ।
निर्माण सामग्री बोक्ने सवारीसाधन (चालक सहचालक मात्र) सञ्चालन गर्न पाइने छ । परिचयपत्रको आधारमा बंैक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनी, डाँक तथा कुरियर सेवा, दूरसञ्चार, सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारीसाधन सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ ।
सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास भएका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधान, सरकारी र कूटनीतिक नियोगका सवारीसाधन सञ्चालन गर्न पाइने काठमाडौँका निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलद्वारा जारी आदेशमा उल्लेख छ ।
आदेशमा सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरिएको र जिल्ला भित्रका सबै सार्वजनिक तथा सरकारी निकायमा आलोपालो सेवा प्रवाहको प्रबन्ध गर्न भनिएको छ । सकेसम्म विद्युतीय प्रणालीबाट सेवा दिन भनिएको छ । कुनै आकस्मिक परिस्थिति सिर्जना भएमा नजिकको सुरक्षा निकाय वा एकाइमा जानकारी गराउन अनुरोध गरिएको छ ।
सबै प्रकारका सभा, सम्मेलन, बैठक तथा सिनेमा हल, डान्सबार, दोहोरी, स्वीमिङ पुल, फुटसल, जीमखाना रङ्गशाला चिडियाखाना, कभर्ड हल महोत्सव, हाटलगायत भीडभाड हुने कार्यक्रम नगर्न÷नगराउन भनिएको तर पूर्वनिर्धारित अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिताको हकमा सीमित दर्शक राखी स्वास्थ्य मापदण्डको पालना गराइ प्रशासन कार्यालयको स्वीकृतिमा सञ्चालन गर्न पाइने छ ।
शैक्षिक क्रियाकलाप भने माघ मसान्तसम्मका लागि भर्चुअल तथा वैकल्पिक शिक्षण सिकाइ विधिमा सञ्चालन गर्नुपर्ने छ । जनशक्ति भर्ना, परीक्षा वैदेशिक रोजगारीका लागि सञ्चालन हुने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक परीक्षा भने जनस्वास्थ्यको मापदण्डपालना गरी सञ्चालन गर्न सकिने छ ।
आदेशमा सपिङ मल, डिपार्टमेन्ट स्टोर्स, सुपर मार्केट र सबै प्रकारका पसलमा एकपटकमा २० जनाभन्दा बढी भेला नहुने गरी सञ्चालन गर्नुपर्नै छ । तर उनीहरूसँग पूर्ण खोप लगाएको कार्ड (मोबाइल फोटो भए पनि हुने) हुनुर्पेछ ।
पार्टी प्यालेसमा एकपटकमा कूल क्षमताको एक चौथाइ नबढ्ने गरी प्रजिअबाट पूर्वस्वीकृित लिई विवाह, व्रतबन्धलगायत धार्मिक तथा सामाजिक कार्यक्रम सञ्चालन गर्न पाइने छ ।
सबै प्रकारका व्यवसायमा हप्ताको दुईपटक एन्टिजेन परीक्षण गराई रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई मात्रै काममा खटाउनुपर्नेछ । होटल रेष्टुरेण्टको हकमा स्वास्थ्यका सबै मापदण्ड पालना गरी÷गराई कूल क्षमताको आधाभन्दा बढी नहुने गरी र एक पटकमा २० जना नबढ्ने गरी कम्तीमा दुई मिटरको दूरी कायम गर्नुपर्ने छ ।
यसरी प्रवेश गर्दा खोपको मात्रा पूरा गरेका मानिस हुनुपर्नेछ । होटलमा चेक इन गर्दाको अवस्थामा वा चेक–इन गरेको २४ घण्टाभित्र आफ्नो बास बस्ने हरेक ग्राहकको होटलले नै एन्टिजेन परीक्षणको व्यवस्था मिलाउनु आदेशमा भनिएको छ ।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
५बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन