News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तर्राष्ट्रिय समाचार

भारत थप दुई लाख ३८४ जनामा कोरोना संक्रमण

भारत । भारतमा पछिल्लो २४ घण्टामा थप दुई लाख ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ६ हजार ३ सय ५७ जना कोरोना संक्रमणबाट निको भएका छन् ।

हालसम्म भारतमा ३ करोड ७६ लाख ७७ हजार ३२८ जना कोरोना संक्रमणबाट निको भएका छन् । त्यस्तै, सक्रिय संक्रमितको संख्या २२ लाख २ हजार ४७२ रहेको छ ।

हालसम्म ४ करोड ३ लाख ७१ हजार ५०० जना कोरोना संक्रमित भएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ५ सय ७२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ९१ हजार ७०० पुगेको छ । संक्रमण दर १९ दशमलव ५९ प्रतिशत रहेको छ ।