News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

नेपालको जनसंख्या : पुरुषभन्दा महिला धेरै

काठमाडौँ । २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजाअनुसार नेपालमा पुरुषको भन्दा महिलाको जनसंख्या धेरै रहेको तथ्यांक सार्वजनिक भएको छ ।

कुल २ करोड ९१ लाख ९२ हजार ८४० जनासंख्या मध्ये महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ जना रहेको छ भने पुरुषको संख्या १ कारोड ४२ लाख ९१ हजार ३११ जना रहेको छ ।

जसअनुसार पुरुषको जनसंख्याको प्रतिशत ४८.९६ र महिलाको जनसंख्याको प्रतिशत ५१.०४ प्रतिशत रहेको छ । तथ्यांकअनुसार १० वर्षको अवधिमा पुरुषको संख्या १४ लाख ४२ हजार २७० र महिलाको संख्या १२ लाख ५५ हजार ७०६ जना बढेको छ ।