
१रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
२प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
३रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
४रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
५नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
६प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
७सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
८‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
९कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
१०हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
११किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
१२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
८किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
पछिल्लो समय मुलुकको बाह्य क्षेत्रअन्तर्गत पर्ने भुक्तानी सन्तुलन, व्यापार घाटा, रेमिट्यान्स प्राप्तिलगायत क्षेत्रका तथ्यांक कमजोर देखिँदै गएका छन् । त्यति मात्रै होइन, वित्तीय प्रणालीमा तरलताको अभाव देखिएको छ, पुँजीगत खर्च पनि कमजोर देखिन्छ । यी तथ्यांकले मुलुकको अर्थतन्त्र साँच्चै संकटमै पर्न लागेको देखाउँछन् कि हामी बढी नै आत्तिएका छौँ त ? अर्थतन्त्रको अहिलेको अवस्था र अबको दिशाका विषयमा वरिष्ठ अर्थशास्त्री प्रा.डा. विश्वम्भर प्याकुर्यालसँग जनार्दन बराल र जीवन बस्नेतले गरेको कुराकानीको सार :
कोभिड महामारी सुरु हुनुअघि नेपालले लगातार तीन आर्थिक वर्ष ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गरेको थियो । कोभिड महामारी सुरु भएपछिको पहिलो वर्ष आर्थिक वृद्धि ऋणात्मक भयो, गत आवमा पनि १ दशमलव ८ प्रतिशत मात्रै वृद्धिदर भएको विश्व बैंकको तथ्यांक छ । हाम्रो अर्थतन्त्र साँच्चिकै मन्दीतर्फ जाँदै छ वा हामी अलि बढी आत्तिएका हौँ ?
सामान्यतया अस्थायी रूपमा आर्थिक गतिविधि प्रभावित भएर व्यापार र औद्योगिक उत्पादनमा गिरावट आउनु मन्दीको लक्षण हो । यसका साथै लगातार दुई आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) घट्नु पनि मन्दी नै हो । विश्व बैंकले २०२०र०२१ मा आर्थिक वृद्धि १ दशमलव ८७ र २०२१र०२२ मा ३ दशमलव ९७ प्रतिशत अनुमान गरेको छ । तर, यो नेपालको मात्रै नभई विश्वव्यापी समस्या हो । एसियाली विकास बैंकले दक्षिण एसियाको अनुमानित वृद्धिदरलाई संशोधन गर्दै छ । अहिले पनि नेपालको कुल जिडिपी ४२ खर्ब ६६ अर्ब ३२ करोड रहेको छ । २०२० मा नेपालको प्रतिव्यक्ति आय (जिडिपी पर क्यापिटा) १ हजार १६६ रुपैयाँ छ, जुन विश्वका १९६ मुलुकमध्ये ९७औँ स्थानमा पर्छ ।
निश्चित रूपमा अहिले सामान्य अवस्था छैन । असामान्य अवस्थाबाट हामी सबै गुज्रिरहेका छौँ । अर्थतन्त्रमा मानिस र मेसिनहरू कामविहीन भएपछि यस्तो अवस्था सिर्जना भएको हो । अहिले सरकारले बनाएका नीतिहरू पनि कार्यान्वयन गर्न सकिएको छैन, कतिपय नीतिमै कमजोरी पनि छन् । शासकीय समस्या र राजनीतिक अस्थिरता पनि खेपिरहेका छौँ । यसका बाबजुद पनि नेपालले प्राकृतिक रूपमा जसरी आर्थिक वृद्धिदर हासिल गरिरहेको थियो, त्यसलाई पनि यो महामारीले व्यवधान उत्पन्न गराएको हो । यसकारण व्यापार घाटा बढ्नु, रोजगारी वृद्धि हुन नसक्नु वा दुई आर्थिक वर्ष वृद्धिदर कमजोर हुनुका आधारमा मात्रै अहिले नै नेपालमा आर्थिक मन्दी आइसक्यो भन्न मिल्दैन । किनभने, दक्षिण एसियाका अधिकांश मुलुकमा दुई वर्षसम्म लगातार कुल गार्हस्थ्य उत्पादनमा संकुचन आएको थियो । तर, हामी निश्चित रूपमा पर्ख र हेर (वेट एन्ड सी)को अवस्थामा छौँ । विश्वव्यापी प्रक्षेपणहरू हेर्दा फेबु्रअरीको अन्तिमसम्ममा ओमिक्रोनको असर न्यून भएर जाने अनुमान गर्न सकिन्छ । त्यसपछि पनि आर्थिक वर्ष सकिन साढे पाँच महिना बाँकी हुनेछ । त्यस अवधिमा अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिन सक्छ ।
यसकारण अहिलेकै सूचकहरूलाई हेरेर, निर्यातको सम्भावनालाई हेरेर, दुई वर्षसम्म जिडिपीमा आएको संकुचनलाई हेरेर, नेपालमा मन्दी सुरु भइसक्यो भन्नु उचित हुँदैन । तर, नेपाल मन्दीको बाटोमा छ भन्न भने सकिन्छ । तर, फेब्रुअरीसम्ममा महामारी सकिएको खण्डमा त्यसतर्फ जानबाट रोकिन सक्छ ।
अहिले विशेषगरी अर्थ मन्त्रालयले अर्थतन्त्रमा के कारणले समस्या सिर्जना भइरहेका छन् र त्यसलाई कसरी समाधान गर्ने भन्ने विषयमा राम्रोसँग जानकारी राखेको देखिन्छ । त्यसैले समस्या समाधानको काम थालनी गर्न ढिला गर्नु हुँदैन । विशेषगरी, सेवा क्षेत्रका विभिन्न तहमा सहुलियत दिएर मूल्य शृंखलामा जोड्ने र पुँजी एकीकृत (क्यापिटल एकुमुलेसन) गर्न सकिन्छ । यसले हाम्रो अर्थतन्त्रलाई ठूलो सहयोग पुर्याउँछ ।
त्यसभन्दा पनि महत्वपूर्ण विषय अर्थतन्त्रलाई मन्दीको सिकार नबनाउने हो भने राजनीतिक दलहरूको असमझदारीका कारण कुनै पनि निर्णय प्रक्रियालाई अवरुद्ध गर्न हुँदैन । दलहरूका आ–आफ्ना राजनीतिक एजेन्डा होलान्, तर देशलाई संकटबाट जोगाउन सबैले जिम्मेवार हुन आवश्यक छ । नेतृत्वकर्ताले प्रशासन यन्त्रमा प्रस्ट जिम्मेवारी दिने र कार्यान्वयन गर्न सक्ने अधिकार प्रत्यायोजन नगरेकाले अहिलेको प्रशासनयन्त्र मन्त्री, सचिव र व्यापारिक स्वार्थ पूर्ति गराउने समूहको सहयोगी भएको छ । अहिलेको जटिल राजनीतिक आर्थिक माहोलमा सुधार ल्याउन रोकिएका दर्जनौँ नीतिलाई संशोधन गर्नुपर्ने आवश्यकता छ । त्यसैले नेपालमा शासकीय सुधार, संस्थागत सुधार र भ्रष्टाचारको पुनर्परिभाषाका साथै नियन्त्रण गर्ने कानुनलाई प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउनुपर्छ ।
नेपालमा वि.सं. २०७३ यताकै उच्च मूल्यवृद्धि भएको चालू आर्थिक वर्षको पाँच महिनाको तथ्यांकले देखायो । मुलुक अब साँच्चै उच्च मुद्रास्फीतितर्फ अघि बढेको हो त ?
चालू आर्थिक वर्षको मंसिर महिनामा मुद्रास्फीति ७ दशमलव ११ प्रतिशत पुगेको छ । यसले जनजीवनलाई असजिलो तुल्याएको छ । आधिकारिक निकायहरूको प्रक्षेपणअनुसार फेब्रुअरीको अन्त्यसम्ममा ओमिक्रोन प्रभाव न्यूनीकरण भयो भने कोभिडको दोस्रो लहर सकिएलगत्तै ‘रिकभरी’ भई माग बढ्ने देखिन्छ । पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकै छ । त्यस्तै, भारतमा पनि मूल्यवृद्धि उच्च हुने प्रक्षेपण गरिएको छ, जसले स्वाभाविक रूपमा नेपालमा मूल्यवृद्धि बढाउँछ । नेपाल राष्ट्र बैंकले मूल्यवृद्धि ६ दशमलव ५ को सीमाभित्र सीमित हुने प्रक्षेपण गरेको छ । ओमिक्रोनको कहर न्यूनीकरणपछिको ‘रिकभरी’, बढ्दो माग र भारतमा गरिएको आगामी तीन महिनाको उच्च मुद्रास्फीतिका कारण यो आर्थिक वर्षको अन्त्यतिर हामी दोहोरो अंकको मुद्रास्फीतिको सिकार हुने डर छ । त्यसो हुँदा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, राष्ट्र बैंकबीच बलियो समन्वय स्थापना गरी आर्थिक अस्थिरता (इकोनोमिक भल्नरेबिलिटिज)को कारण पत्ता लगाउने र नियन्त्रण गर्ने नीति तर्जुमा गर्नु आवश्यक छ ।
नेपाल राष्ट्र बैंकले अहिले वैदेशिक मुद्राको सञ्चिति घटेको, ब्यालेन्स अफ पेमेन्ट ऋणात्मक भएको लगायतका कारण आयातमा केही कडाइका मापदण्डहरू लगाएको छ । आयात नियन्त्रणका कदम चालेका कारण अर्थतन्त्रका समस्या समाधान हुन्छन् जस्तो तपाईंलाई लाग्छ ?
हुन त चालू आर्थिक वर्षको ६ महिनामा कुल वस्तु निर्यात ९५ दशमलव ४८ र आयात ५१ दशमलव १३ प्रतिशतले वृद्धि भएको छ । तर, निर्यातबाट हुने आम्दानी र आयातका लागि चुकाउनुपर्ने मूल्यबीचको अन्तर हेर्ने हो भने त्यो समस्याग्रस्त छ । अर्थात्, निर्यात जम्मा एक खर्ब १८ अर्ब ८५ करोड मात्रै भएको छ भने आयात ९ खर्ब ९९ खर्ब ३४ करोड पुगेको छ । ६ महिनामा व्यापार घाटा नै ८ खर्ब ८० अर्ब ४९ करोड पुगेको छ । यो ४६ दशमलव ६४ प्रतिशतले वृद्धि भएको हो, जुन अघिल्लो वर्ष ५ दशमलव ८ प्रतिशतले घटेको थियो । यो डरलाग्दो व्यापारघाटाको बीचमा पनि एउटा आशा लाग्ने पक्ष भनेको चालू आवमा गत वर्षहरूको तुलनामा औद्योगिक उत्पादनका लागि चाहिने कच्चा पदार्थको प्रवाह वृद्धि भएर उपभोग्य वस्तुको आयातको केही प्रतिशत घटेको छ ।
यस्तो अवस्थामा व्यापारलाई आफ्नो पक्षमा कसरी पार्ने भन्ने विषयमा सोच्न आवश्यक छ । अन्तर्राष्ट्रिय व्यापारको कुरा गर्दा हामीले कर र गैरकर अवरोध (ट्यारिफ र नन ट्यारिफ ब्यारियर) हेर्नुपर्छ । दक्षिण एसियामा ट्यारिफ सामान्य छ, तर नन ट्यारिफ अवरोधलाई न्यूनीकरण गर्नुपर्छ । त्यसो गर्न सकिएमा कुल गार्हस्थ्य उत्पादन १ दशमलव ६७ प्रतिशतसम्म वृद्धि हुने अध्ययनले देखाएको छ । हाम्रा प्रमुख बजारहरू भारत, बंगलादेश र पाकिस्तानसँग रहेका नन ट्यारिफ ब्यारियर हटाउन सक्यौँ भने दुवै पक्षले लाभ लिन सक्ने अवस्था हुन्छ । उदाहरणका लागि भारतबाट आउने निश्चित वस्तुको नन ट्यारिफ ब्यारियर हामीले हटाइदिएको खण्डमा उसले पनि नेपाली निश्चित वस्तुमा हटाइदिन्छ । यसले दुवै पक्षले जित्ने अवस्था सिर्जना हुन्छ । नन ट्यारिफ ब्यारियरले त राजस्वमा पनि नकारात्मक असर परिरहेको हुन्छ, यो लगाएन भने बरु राजस्व बढ्छ ।
नेपाल राष्ट्र बैंकले विलासी वस्तु आयात गर्न एलसी खोल्दा शतप्रतिशतसम्म मार्जिन राख्नुपर्ने व्यवस्था अन्तरिम अवस्थामा कार्यान्वयनमा ल्याइएको विषय हो । अहिलेको समस्यालाई अल्पकालीन रूपमा समाधान गर्ने प्रयासस्वरूप यो ल्याइएको छ, जुन लामो समय कायम रहनुहुँदैन । किनभने, आयात नियन्त्रणले मात्र हाम्रो समस्याको समाधान गर्दैन । नेपालमा कोभिडको दोस्रो लहर सामान्यतर्फ फर्किएपछि ९८ प्रतिशत उद्योग सञ्चालनमा आए । अहिलेको अवस्थामा पनि उद्योगको क्षमताको करिब ४८ प्रतिशत काम भइरहेको छ । औसतमा नेपालमा महामारीको यस्तो वेलामा उद्योग क्षमताको करिब ५० प्रतिशत प्रयोग हुनु भनेको खराब होइन । औद्योगिक उत्पादन बढ्दै जाँदा स्वाभाविक रूपमा त्यसले आयात कम गर्न सहयोग पुग्छ ।
व्यापार घाटा उच्च हुँदै जाँदा मुलुकको औद्योगिक क्षेत्र भने निरन्तर कमजोर हुँदै गएको छ । यसलाई तपाईंले कसरी हेर्नुभएको छ ?
मुलुकको अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान गत तीन वर्षदेखि घटेर हाल १३ दशमलव १९ प्रतिशतमा सीमित भएको छ । कृषि क्षेत्रको योगदान पनि ०७६र७७ को तुलनामा ०७७/७८ मा घटेको छ । उद्योग क्षेत्र नबढ्दा आर्थिक वृद्धि उच्च बनाउन, गरिबी र आय असमानता न्यूनीकरण गर्न समस्या हुन्छ । यो क्षेत्रको योगदान वृद्धि भएमा पुँजी निर्माण क्यापिटल एकुमुलेसन भएर आर्थिक वृद्धिमा योगदान गर्छ र उत्पादकत्व अभिवृद्धि सम्भव हुन्छ । कोभिडको दोस्रो लहर कम हुँदा ९८ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा आए । सरकारले यस कारणले गर्दा पनि अब जीवन बचाउने र महामारीको न्यूनीकरणलाई उच्च प्राथमिकता दिएर कार्यान्वयनमा ल्याउनुपर्छ ।
चालू आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले ७ खर्ब ८६ अर्ब कर्जा प्रवाह गर्ने लक्ष्य राखेका थिए । ६ महिनाकै अवधिमा ४ खर्ब २२ अर्ब अर्थात् लक्ष्यको ५४ प्रतिशत कर्जा विस्तार भइसकेको छ । नेपालमा कर्जा विस्तार छिमेकी मुलुकको तुलनामा बढी नै देखिन्छ । किनभने, निजी क्षेत्रतर्फ जाने कर्जा नेपालमा ८८ प्रतिशत छ भने भारतमा ५५ प्रतिशत, बंगलादेशमा ४५ प्रतिशत, श्रीलंकामा ५० प्रतिशत र पाकिस्तानमा १७ प्रतिशत मात्रै रहेको छ । यसले औद्योगिक उत्पादन वृद्धि भई आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पार्नेछ । हामीले फाइनल गुड्स उत्पादन गर्दा कच्चा पदार्थको रूपमा प्रयोग हुने क्यापिटल गुड्स उत्पादन गर्ने उद्योगलाई निर्यात गर्नका लागि सहुलियत दिनुपर्छ, जो अन्तर्राष्ट्रिय मूल्य शृंखलामा जोडिन सक्छ । अहिले ट्राभल, पर्यटन, शिक्षा, उड्डयन क्षेत्र संकटमा छन् । यिनीहरूको संरक्षणमा विचार पुर्याएर सेवा क्षेत्र (बिमा, व्यापार, बैंक, सञ्चार)मा सुविधा पुर्याउनुपर्छ । यो नीतिले भारतमा व्यापार घाटा घटाउन मद्दत गरेको छ ।
तपाईं श्रीलंका बसेर पनि आउनुभयो । अहिले श्रीलंकामा वैदेशिक मुद्राको ठूलो समस्या छ । पाकिस्तानमा पनि उही दिशातर्फ गइरहेको देखिन्छ । नेपालमा पनि चालू आर्थिक वर्षको पछिल्लो तथ्यांकले वैदेशिक विनिमय सञ्चितिले ६ दशमलव ८ महिनाको मात्र आयात धान्ने अवस्थामा पुगेको छ । हामी पनि त्यही दिशातर्फ गइरहेका त छैनौँ भन्ने डर देखिन्छ । यसलाई कसरी मूल्यांकन गरिरहनुभएको छ ?
श्रीलंका लामो समयसम्म युद्धमा थियो । त्यसपछि चीनको ऋण सहयोगमा बनेको हम्बनटोटा बन्दरगाहमा समस्या आयो । बन्दरगाह उनीहरूले ९९ वर्षका लागि चीनलाई नै लिजमा दिएका छन् । यी विविध कारणले श्रीलंकाको सार्वजनिक ऋण जिडिपीको १०९।२५ प्रतिशत छ । त्यसो हुँदा नेपाललाई श्रीलंकासँग तुलना गर्न मिल्दैन ।
नेपालको विदेशी विनिमय सञ्चिति गत असारको तुलनामा मंसिरमा १३ दशमलव २ प्रतिशत कमी भएर रु। १२ खर्ब १४ अर्ब ३ करोड रुपैयाँमा झरेको छ । आयात वृद्धि, कोभिडबाट दोस्रो लहरका वेला दबेको मागमा जनजीवन सामान्यतर्फ गएपछि भएको वृद्धि, पर्यटनमा आएको गिरावट र आर्थिक पुनरुत्थानलगायत क्रियाकलापले सञ्चिति घट्न गयो । रेमिट्यान्समा आएको गिरावट र प्रत्यक्ष वैदेशिक लगानी ९एफडिआई० अत्यन्तै कम आउनु पनि समस्याका थप कारण हुन् ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा सात महिनाको आयातलाई पुग्ने विदेशी विनिमय सञ्चिति रहने उल्लेख गरेको छ । चालू आर्थिक वर्षको पाँच महिनामा त्यो ६ दशमलव ८ महिनाको आयात धान्ने स्तरमा झरेको छ । अब विदेशी विनिमय सञ्चिति यो स्तरभन्दा पनि तल झर्यो भने त्यो चिन्ताको विषय हुन्छ ।
विदेशी विनिमयको सञ्चिति वृद्धि गर्न ‘टर्मस् अफ ट्रेड’ लाई सन्तुलित गर्नुपर्छ । त्यो भनेको आयातमा खर्च गर्नुपर्ने विदेशी विनिमयको पूर्ति निर्यातबाट हुने आयले गर्ने वातावरण बनाउने । तर, नेपालले आफ्ना वस्तु बिक्री गर्न नसकेका कारण आयातमा विदेशी विनिमय धेरै प्रयोग भएको छ, जसले सेवा क्षेत्रको दायित्व बढेको छ । स्थिर राजनीतिक प्रणाली हुन सकेको भए लगानीकर्ताको आत्मविश्वास बढेर प्रत्यक्ष वैदेशिक लगानी बढ्न सक्थ्यो । तर, त्यो हुन सकेको छैन । यस्तो अवस्थामा सार्वजनिक ऋणमा नियन्त्रण गर्नुपर्छ, नभए आएको लगानीसमेत फर्कन सक्छ ।
विदेशी विनिमय सञ्चितिमा विप्रेषणको योगदान महत्वपूर्ण छ । तर, अघिल्लो वर्ष ११ प्रतिशतले वृद्धि भएको रेमिट्यान्स यसपटक पहिलो पाँच महिनामा ६ दशमलव ९ प्रतिशतले कमी आएर ३ खर्ब ८८ अर्ब ५८ करोड मात्रै प्राप्त भएको छ । गत वर्ष विदेश जाने कामदारको संख्या झन्डै १३ प्रतिशत घटेको थियो, अहिले वैदेशिक रोजगारीका लागि अन्तिम स्वीकृति लिनेको संख्या एक लाख ३१ हजार ८२ पुगेको छ । तर, वैदेशिक रोजगारीमा जानेको संख्या के होला भन्ने विषय कोभिडमा आधारित हुने देखिन्छ । त्यसले निश्चित रूपमा विप्रेषण आप्रवाहमा समस्या पर्नेछ ।
पुँजीगत खर्च कमजोर भयो भनेर सरकारको आलोचना भइरहेको छ, यसमा तपाईंको धारणा के छ ?
राजस्व असुलीको क्षेत्रमा सरकारले गत वर्षभन्दा राम्रो गरेको देखिन्छ । चालू आर्थिक वर्षको ६ महिनामा कर र गैरकर राजस्व गरी ५ खर्ब ४२ अर्ब रुपैयाँ संकलन भएको छ, जुन लक्ष्यको ४५ दशमलव ९१ प्रतिशत हो । गत आर्थिक वर्षको यो अवधिमा राजस्व लक्ष्यको ४१ दशमलव ७३ प्रतिशत मात्रै संकलन भएको थियो ।
त्यस्तै, सरकारले समग्र बजेट खर्च पनि गत वर्षको तुलनामा धेरै गरेको छ । ६ महिनाको अवधिमा ५ खर्ब ६ अर्ब ६९ करोड बजेट खर्च भएको छ, यो कुल बजेटको ३१ प्रतिशत हो । गत आवमा यस अवधिमा २८ दशमलव १९ प्रतिशत मात्रै बजेट खर्च भएको थियो । पुँजीगत खर्च ५० अर्ब ८० करोड रुपैयाँ भएको छ, यो विनियोजित बजेटको तुलनामा १३ दशमलव ४४ प्रतिशत हो । गत वर्ष यसभन्दा थोरै मात्रै बढी १४ दशमलव ४० प्रतिशत बजेट खर्च भएको थियो ।
मुलुकमा सार्वजनिक ऋणको आकार कुल गार्हस्थ्य उत्पादनको ४० प्रतिशत पुगेको छ । बितेका केही वर्षमा यसको आकार ठूलो मात्रामा बढेको हो । नेपालको सार्वजनिक ऋण साँच्चै धेरै भएको हो ?
विकासका लागि पैसा जगेर्ना गर्न सार्वजनिक ऋण आवश्यक हुन्छ । तर, अन्य उपाय पनि त्यत्तिकै आवश्यक छ । आन्तरिक राजस्व वृद्धि, खर्चको प्रभावकारिता, भ्रष्टाचार न्यूनीकरण र व्यवसाय गर्ने वातावरणमा सुधार आवश्यक पर्छ ।
तर, ऋण कति लिइयो भन्ने भन्दा पनि त्यसको उपयोग कहाँ गरियो भन्ने विषय महत्वपूर्ण हो । लिइएको ऋण उत्पादनमूलक र पूर्वाधार निर्माणमा लगानी गरियो भने त्यसबाट आम्दानी वृद्धि भई कर्जाको लागत घट्न सक्छ । हामीकहाँ संस्थागत क्षमता र ऋण व्यवस्थापन दक्षताको अभाव भएका कारण ऋणको प्रभावकारित बढाउन मुस्किल भएको छ । उदाहरणका लागि सरकारले जमानतमा घाटामा गइरहेका सार्वजनिक संस्थानमा जाने ऋणलाई लिन सकिन्छ । ऋणको अनुपात जिडिपीको तुलनामा जति बढ्छ, त्यति नै ऋण तिर्न नसक्ने सम्भावना बढ्छ । विश्व वैंकको अध्ययनले के देखाएको छ भने कुल गार्हस्थ्य उत्पादनमा ऋणको अनुपात ७७ प्रतिशत नाघ्यो भने त्यो जोखिमपूर्ण हुन्छ । कुनै–कुनै देशको ऋण जिडिपीको अनुपातमा दुई–तीन सय प्रतिशतसम्म पनि छ । तर, हाम्रोमा त्यो ४० प्रतिशत मात्रै छ । त्यसैले यो धेरै भएको वा यसैका कारण आत्तिनुपर्ने अवस्था छैन ।
यति हुँदाहुँदै पनि सरकारले अपेक्षाअनुरूप वैदेशिक अनुदान र ऋण ल्याउन नसकेको आरोप छ । यसलाई कसरी हेर्नुभएको छ ?
गत वर्षको तुलनामा हालसम्मको अनुदान र ऋण प्राप्तिको दर केही कम देखिन्छ । तर, अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले सरकारको नियतमाथि शंका गरेका छैनन् । अहिले पनि लोकतान्त्रिक सुधार भइरहेको छ, खुला अर्थतन्त्रलाई सबैले मानेका छन्, हार्डलाइनर कम्युनिस्ट पनि संसदीय व्यवस्थामा आएका छन् । यो हाम्रो सकारात्मक पक्ष हो । यही कारण आइएमएफ ९अन्तर्राष्ट्रिय मुद्राकोष०, विश्व बैंक, एसियाली विकास बैंकलगायत मुख्य दातृ निकायहरूले नेपाललाई आदर नै गरेका छन् । अब आमनिर्वाचन पनि हुन्छ भन्ने विषय निश्चित भएपछि उनीहरूको भरोसा अझ वृद्धि हुनेछ र नेपालले कर्जा फिर्ता गर्न सक्छ भन्ने विश्वासमा बढोत्तरी हुनेछ । यसले गर्दा नेपालले ऋण प्राप्त गर्न सक्छ । यसकारण अर्थ मन्त्रालय, राष्ट्र बैंक र राष्ट्रिय योजना आयोगको समन्वय हुन जरुरी छ । यसले धेरै विषयलाई सकारात्मक बाटोतर्फ अघि बढाउन सक्छ ।
वित्तीय क्षेत्रमा तरलताको ठूलो अभाव अहिले पनि चलिरहेको छ । यस्तो अवस्थामा वित्तीय क्षेत्रको स्थायित्वको विषयलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
रिभर्स रिपो र निक्षेप संकलनमार्फत ७० अर्ब तरलता प्रशोचन गरिएको छ, यसले पनि तरलता अभावलाई बल पुर्याएको छ । त्यसो हुँदा ५० करोड डलरको सहुलियतपूर्ण ऋणलाई पूर्वाधार र त्यसबाट हुने उत्पादन क्षेत्रको व्यवस्थापन गम्भीरतापूर्वक गर्नुपर्ने देखिन्छ । तरलता प्रवाहलाई उत्पादनमुखी बनाउन पुँजीगत खर्चको विस्तार आवश्यक छ । वैदेशिक अनुदान ६ दशमलव ८६ अर्ब र वैदेशिक ऋण ३४ दशमलव १६ अर्ब गरी ४१ अर्ब रुपैयाँ सरकारसँग अहिले उपलब्ध छ । त्यो खर्च हुँदा तरलता समस्या समाधानलाई सहयोग हुन्छ । तर, ऋणको दिगोपनका लागि सार्वजनिक वित्तलाई जोखिम नहुने प्रकारले व्यवस्थापन गर्नु आवश्यक छ ।
मुलुकको अर्थतन्त्रका विषयमा राजनीतिक पार्टीहरूचाहिँ कत्तिको जिम्मेवार भएको पाउनुहुन्छ ?
भोलिका दिनमा सञ्चिति घटेर पाँच महिनाको आयात मात्र धान्ने अवस्थामा हामी झर्यौँ भने यसले अर्थतन्त्रका विविध क्षेत्रमा नकारात्मक असर पार्नेछ । त्यस्तो भएको अवस्थामा सार्वजनिक ऋण लिने हाम्रो क्षमतामा समस्या पर्छ, वैदेशिक वित्तीय संस्था वा देशले ऋण उपलब्ध गराउँदा हाम्रो विश्वसनीयतालाई हेर्छ । हाम्रो नीतिगत निश्चिततालाई हेर्छ । मुलुकको राजनीतिक स्थिरतालाई हेर्छ ।
तर, ६ महिनादेखि संसद् खुल्न सकेको छैन । पहिलेको अध्यादेशलाई म्याद सकिएपछि त्यसैलाई कायम गर्न कानुनी उपचार खोज्नुभन्दा बाहेक अन्य काम गर्न सकेको छैन । लाजमर्दो विषय के पनि छ भने वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी विधेयक संसद्मा गएर बसेको छ । पारित हुन सकेको छैन । यसकारण अहिलेको अवस्थामा वैदेशिक लगानी वृद्धि हुन्छ भनेर भन्न गाह्रो छ । मुलुकलाई यो अवस्थामा राखिरहन हुँदैन, यसमा सबै पक्ष जिम्मेवार हुन आवश्यक छ । यस्तो अवस्थामा ऋण मात्र लिएर देश चलाउँछु भनियो भने त्यो जोखिमपूर्ण हुन्छ ।
त्यसकारण नेपालका सबै राजनीतिक पार्टीहरूबीच अन्तरपार्टी सहमति गरेर संसद्लाई खोलेर रोकिएका कानुन पारित गरी कार्यान्वयनमा लैजानुपर्छ । यसबाहेक अर्थ मन्त्रालय, योजना आयोग र राष्ट्र बैंकबीच पनि समन्वय आवश्यक देखिएको छ । अन्तरपार्टी समन्वयजस्तै यी तीन निकायबीच पनि समन्वय आवश्यक छ । त्यसरी समन्वय गर्ने र संवादलाई अघि बढाउने संस्थागत संरचना भएको खण्डमा वैदेशिक संस्थाहरूलाई पनि विश्वास हुन्छ ।
योजना आयोगले आर्थिक वृद्धि प्रक्षेपण गर्ने, बजेटको सीमा बनाउने काम गर्छ । तर, बजेटको सीमा तल–माथि भएको तथा बजेटबाहिरको खर्च कति भएको छ, राष्ट्र बैंकलाई थाहा नहुने अवस्था विद्यमान छ । यसका साथै राष्ट्र बैंकले ल्याउने कतिपय आवधिक मौद्रिक नीति सुधारका विषयमा अर्थ मन्त्रालयलाई जानकारी नहुने अवस्था देखिएको छ । राष्ट्र बैंकमा अर्थसचिवको प्रतिनिधित्व हुँदाहुँदै पनि राष्ट्र बैंकका नीतिबारे मन्त्रालयलाई जानकारी नहुनु उचित देखिँदैन । राष्ट्र बैंकले निजी क्षेत्रसँग छलफल गरेर बैंकको ऐनअनुसार नीतिगत सुधार ल्याएका विषयमा समेत मन्त्रालयलाई थाहा नहुने अवस्था अहिले नेपालमा छ । यो भयावह स्थिति हो । अर्कोतर्फ, कर्मचारीतन्त्रलाई अत्यन्त कमजोर बनाइएको छ, यो काम गर्न नसक्ने भएर बसेको छ । यसकारण शासनमा सुधार ल्याउनुपर्यो । संयोजनकारी निकायमा संस्थागत संयन्त्र पुनर्निर्माण गर्न सक्नुपर्छ । -नयाँ पत्रिका
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै