
१गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
२घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
३आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
४रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
५आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
६पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
७सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
८युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
९महान्यायाधिवक्ताको विवादास्पद निर्णय
१०नेपाली काँग्रेसको सभापतिमा गगन थापा
११तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
१२पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१२प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
काठमाडौँ । पोखरालाई काठमाडौँसँग जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नति गर्ने योजनाको प्रारम्भिक काम रुख कटानबाट अघि बढेको छ। एशियाली विकास बैंक(एडीबी)को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी चार लेनको फराकिलो र स्तरीय बनाउनका लागि मुग्लिन–पोखरा सडक योजनाले काम अघि बढाएको हो।
पोखरा–मुग्लिन सडकखण्ड विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरेर काम अघि बढाइएको छ। पोखराको पृथ्वीचोकस्थित सेती नदी पुलदेखि तनहुँको जामुनेसम्मको ३९ किमी क्षेत्र पश्चिम खण्डमा पर्दछ। सो खण्ड हेर्ने गरी पोखरामा मुग्लिन–पोखरा सडक योजनाकोे कार्यालय स्थापना गरिएको छ।
यसैगरी जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किमी सडक पूर्वी खण्डमा पर्दछ। यसको कार्यालय हाल गुणादीमा रहेको छ। योजनाको पश्चिम खण्डमा अहिले लगत लिएर बोट बिरुवा कटानको काम सुरु भएको सो खण्डका योजना प्रमुख अमितकुमार श्रेष्ठले जानकारी दिए।
उनकाअनुसार योजना क्षेत्रमा पर्ने रुख कटानका लागि विभागीय स्वीकृतिपछि हाल कटानको काम धमाधम भइरहेको छ। जामुनेदेखि यताको क्षेत्रमा तीन हजार १६३ रुख कटान गर्नुपर्नेमा हालसम्म एक हजार ८०० वटा कटान गरिएको छ।
सेतीनदी पुलदेखि कोत्रेसम्म एक हजार २७१ रुख काट्ने योजना छ। यस क्षेत्रमा स्वीकृत प्राप्त भएकाले केही दिनमै कटान सुरु गरिने योजना प्रमुख श्रेष्ठले बताए।
‘पश्चिम खण्डको ठेक्का सम्झौता केही पछि भएकाले यस खण्डमा काम सुरु गर्न केही ढिलाइ भए पनि अहिले पहिलो चरणमा रुख कटान सुरु गरेका छौँ। रुख कटानपछि बिजुलीका पोल स्थानान्तरण र घर टहरा हटाउन सुरु गछौँ,’ उनले भने।
पश्चिम खण्डको तुलनामा पूर्वी खण्डको काम केही अघि बढेको बताइन्छ। रुख कटानसँगै विद्युत्का पोल हटाउनका लागि प्राधिकरणले लगत सङ्कलनको कार्य अगाडि बढाएको बताइन्छ। यसका साथै राजमार्ग विस्तारका क्रममा सडक मापदण्डमा पर्ने घरटहरा हटाउने कार्यसमेतसँगै अघि बढाउने योजनाको तयारी छ।
अहिले घरटहराको लगत निले काम भइरहेको योजना प्रमुख श्रेष्ठले जानकारी दिए। राजमार्ग विस्तार गरेर चार लेनको बनाउने योजना रहे पनि पश्चिम खण्डको सबै केही स्थानमा भने छ लेन बन्ने भएको छ।
योजनाका अनुसार पोखराको सेती पुलदेखि तल्लो गगनगौँडासम्म छ लेन हुनेछ। तल्लो गगनगौँडादेखि गाछेपानी (हलेदी झोलुङ्गेपुल) चार लेन, गाछेपानी–खैरेनीटार बजार छ लेन र खैरेनीटारदेखि जामुनेसम्मको खण्ड चार लेनको बन्नेछ।
विस्तार गरिएको छ लेनको सडक फुटपाथसहित ४३ मिटरको हुनेछ। जसमा बीचमा डेढ मिटरको डिभाइडर रहने योजना कार्यालयका प्रशासन प्रमुख जीवनाथ शर्मा मरासिनीले जानकारी दिए।
उनकाअनुसार डिभाइडरमा फूल रोपेर सडकको सौन्दर्य वृद्धिको योजना छ। पश्चिम खण्डलाई रु सात अर्ब ४० करोड करोड ४६ लाख लागतमा चिनियाँ कम्पनी अनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कम्पनी गत वर्ष जेठमा कम्पनीसँग ठेक्का सम्झौता गरिएको छ।
योजना आगामी ४२ महिनाभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको उनले बताए। सम्झौतामा पोखराको विजयपुर पुल, कोत्रे नदी पुल, कुम्लेखोला पुल र म्याग्देखोलामा नयाँ पुल निर्माणसमेत समेटिएको बताइन्छ। पोखराको सेती नदी पुल र दमौलीस्थित मादी नदी पुलका लागि थप बोलपत्र आह्वान गरेर काम अघि बढाइने योजनाले जनाएको छ। रासस
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर