News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार स्वास्थ्य

गण्डकी प्रदेशमा २४ घण्टामा १२३ संक्रमित थपिए, सबैभन्दा बढी कास्की जिल्लाका

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १२३ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा सबैभन्दा बढी कास्की जिल्लाका ७० जना छन् । त्यस्तै गोरखाका ३३, तनहुका नौ, नवलपरासी (बर्दाघाट सुस्ता पूर्व)का छ, बाग्लुङको एक र लम्जुङ र स्याङजाका दुई/दुई जना छन् । प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या सात हजार ८६३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा ७१ जना निको भएका छन् भने हालसम्म निको हुनेको सङ्ख्या चार हजार ४०६ जना पुगेको छ । प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ८० जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको सङ्ख्या तीन हजार ३७७ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

डनन्यूज ट्रेन्डिङ