News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति भण्डारीद्वारा माल्यार्पण

काठमाडौँ । पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा सिंहदरबार अगाडि रहेको उनको शालिकमा राष्ट्रपति विद्यादेवि भण्डारीले माल्यार्पण गरेकी छन्।

राष्ट्रिय एकता दिवस तथा ३०० औं पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति भण्डारीले मंगलबार सिंहदरबारको मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन्।

पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पणपछि राष्ट्रपति भण्डारी काजी कालु पाण्डेको शालिकमा माल्यार्पण गर्न दहचोक जाने कार्यक्रम रहेको छ। यस्तै आजै पूर्वराजा ज्ञानेन्द्र शाह साढे १२ बजे सिंहदरबार अगाडि पुगेर पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री देउवाले आज (मंगलबार) बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत शुभकामना दिएका हुन्।