News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

थप १४४६ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा १४४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ९६५ जनाको पीसीआर परीक्षणमा १३५७ र २ हजार ४६४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८९ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २५५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।