
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
३स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
४कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
५उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
६रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
७कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
८लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
९कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१०आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
११पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : होहल्ला र जुवातासमा संलग्न २३ जना पक्राउ
१२एसईईको नतिजा सार्वजनिकः ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, गत वर्षको तुलनामा सुधार
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
६बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
७‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
८पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
९पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
१२उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले श्रमजीवी पत्रकारले सधैँ तलब/सुविधा नपाएको गुनासो र आन्दोलन गर्नुपर्ने अवस्थालाई स्थायीरूपमा समाधान गर्नुपर्नेमा जोड दिनुुभएको छ ।
आज सञ्चारग्रामस्थित प्रेस काउन्सिल नेपाल, न्यूनतम् पारिश्रमिक निर्धारण समिति र सूचना तथा प्रसारण विभागका कार्यालयको भ्रमण गर्दै उहाँले पत्रकारको पारिश्रमिकसम्बन्धी समस्याको दिगो खोज्न आग्रह गर्नुभएको हो ।
“पत्रकारलाई सरकारले तोकेको न्यूनतम् तलब/सुविधा मिडियाले नदिएको भन्ने सुनेको छ ।”, उहाँले भन्नुभयो, “नियामक संस्थाले पत्रकारले तलब पाए/नपाएको हेरेर मात्रै संस्था नवीकरण गर्नुपर्छ ।”
पत्रकार र सिङ्गो आमसञ्चार क्षेत्र मर्यादित र व्यावसायिक बन्नुपर्ने बताउँदै उहाँले मिडियामा पछिल्लो समयमा सबै विषयलाई नकारात्मकरुपमा प्रस्तुत गर्ने प्रवृति बढेको जनाउनुभयो । उहाँले ती निकायका काम प्रभावकारी र छिटोछरितोरुपमा सम्पादन गर्न निर्देशन दिनुभयो ।
मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले पत्रकार बन्न प्रवेश परीक्षा हुनुपर्ने बताउँदै पत्रपत्रिका वर्गीकरणमा आउने गुनासोलाई प्रेस काउन्सिल नेपालले उचित सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले धेरै सञ्चार गृहले कोरोनाको बहानामा पत्रकार निकाल्ने वा तलब नदिने गरेको पाइएको बताउँदै अझैसम्म अधिकांश मिडियाले सामाजिक सुरक्षा कोष लागु नगरेको जानकारी गराउनुभयो । अर्यालले भन्नुभयो, “कतिपय संस्थाले २०/२५ वर्ष काम गरेकालाई हटाएर नयाँ नियुक्ति गरेको पनि पाइन्छ । यसको समग्र अवस्थाबारे हामी अध्ययन गरिरहेका छौँ ।”
प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष गोपाल बुढाथोकीले कोभिड सङ्क्रमण फैलिरहँदा पनि काउन्सिलले आफ्नो कामलाई निरन्तरता दिएको बताउनुभयो । काउन्सिलले अहिले पनि अनुगमन, मूल्याङ्कन र स्वमूल्याङकनलाई निरन्तरता दिएको उहाँको भनाइ छ ।
विभागका महानिर्देशक किरणराज शर्माले सेवाग्राहीले विभागमा पाइने सेवा र आवश्यक कागजातबारेमा वेभसाइटमा सूचना राखिएको बताउनुभयो । उहाँले युट्युबलगायतका नयाँ मिडियालाई नियमन गर्ने कानून नभएपनि धेरै पीडित भएका उजुरी विभागमा आइरहेको बताउनुभयो ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ