
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४रसुवा बाढी : ७८१ जनाको शव भेटियो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
पोखरा, २४ पुस । घरेलु मैदानमा मनाङ मस्र्याङदी क्लबले ‘कतार एअरवेज’ सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज च्यासल युथ क्लबमाथि ५–० को फराकिलो अन्तरको जित हासिल गरेको छ । पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल मैदानमा सम्पन्न खेलमा मनाङले ओलावाले ओलाडिपे अफिजको ह्याट्रिक मद्दतमा लिगमा ‘रेलिगेसन जोन’मा रहेको च्यासलमाथि प्रभावशाली जित दर्ता गरेको हो । मनाङले पहिलो हाफमा दुई गोल गरेकामा दोस्रो हाफमा तीन गोल गर्न सफल भयो । दोस्रो हाफको इन्जुरी समयमा मात्रै मनाङले दुई गोल गरेको थियो ।
खेलको तेस्रो मिनेटमा नै मनाङका विदेशी खेलाडी सोमिडेले गोल गर्दै टोलीलाई अग्रता बनाउनुभएकामा ओलावालेले ४३ औँ मिनेटमा अग्रता दोब्बर बनाउनुभयो । मनाङका डिफेण्डर दिनेश राजवंशीले खेलको ८६औँ मिनेटमा गोल गर्दै अन्तर फराकिलो बनाउनुभयो । ओलावालेले छ मिनेटको इन्जुरी समयको तेस्रो र चौथो मिनेटमा लगातार गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो ।
खेलमा च्यासलले पनि गोल गर्ने केही मौका सिर्जना गरे पनि सदुपयोग गर्न सकेन । पहिलो हाफको तुलनामा दोस्रो हाफमा बलमा पकड बनाउँदै च्यासलले मनाङमाथि दबाब बढाए पनि गोल गर्न भने असफल रह्यो । खेलको ६५औँ मिनेटमा च्यासलका प्रशिक्षक बालगोपाल साहुखल रातो कार्ड खाँदै टचलाइनबाट बाहिरिनुभएको थियो । रेफ्रीको निर्णयमा असहमति जनाएपछि पहिलोपटक पहेँलो कार्ड बेर्होनुभएका प्रशिक्षक साहुखलले दोस्रोपटक रातो कार्ड बेर्होनुभयो ।
च्यासलसँगको खेलमा जित हासिल गरेसँगै मनाङले घरेलु मैदानमा खेलेका तीनै खलमा शतप्रतिशत नतिजा निकालेको छ । गत पुस ३ गते नेपाल पुलिस क्लबमाथि ३–१ को जित दर्ता गरेको मनाङले पुस १७ गते ब्रिगेड ब्वाइज क्लबमाथि १–० अन्तरको जित हासिल गरेको थियो । मनाङले पोखरा रङ्गशालालाई घरेलु मैदान बनाएपछि पहिलोपटक सहिद स्मारक ए डिभिजन लिगका तीन खेल पोखरामा खेलाइएको हो ।
खेलपछिको पत्रकार सम्मेलनमा मनाङ मस्र्याङदीका विदेशी प्रशिक्षक फुजा टोपेले राम्रो खेलेर जित हासिल गरेको बताउँदै लिगको उपाधिको दावेदारी थप बलियो भएको बताउनुभयो । आगामी दिनको खेलमा अङ्क नगुमाउने र उपाधि जित्ने योजना उहाँले सुनाउनुभयो । च्यासलका सहायक प्रशिक्षक थमन भुसालले आफ्नो टोलीको खेल राम्रो भए पनि रेफ्रीको कमजोर निर्णयका कारणले फराकिलो अन्तरको हार बेर्होनुपरेको आरोप लगाउनुभयो । जारी लिगमा ‘रेलिगेसन जोन’बाट माथि उक्लिन थप मेहेनतको खाँचो रहेको उहाँले बताउनुभयो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४रसुवा बाढी : ७८१ जनाको शव भेटियो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने