
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
११डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
न्युयोर्क । अमेरिकामा एकैदिन १० लाख भन्दा बढी कोभिड संक्रमित थपिएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण फैलिएसँगै कोभिड संक्रमित बढेका हुन् । सोमबार एकै दिन १० लाख ८० हजार संक्रमित थपिएको जोन्स हप्किन्स युनिभर्सिटीले जनाएको छ ।
युनिभर्सिटीका अनुसार संक्रमितमध्ये अधिकांशमा ओमिक्रोन भेरियन्ट देखिएको छ । तर तीव्र गतिमा फैलिरहेको ओमिक्रोन भेरियन्टको लहर अझै उच्च विन्दुमा पुग्न बाँकी नै रहेको अधिकारीहरूले चेतावनी दिएका छन्।
संक्रमण फैलिए पनि अमेरिकामा विद्यालय, कलकारखाना र कार्यालय पहिलाजस्तै सञ्चालनमा छन् । पछिल्ला दिनमा कोभिडका कारण अस्पताल भर्ना हुनेको संख्या भने केही बढेको छ । सरकारी पहलबारे आलोचना खेपिरहेका राष्ट्रपति जो बाइडनले सङ्क्रमण बढे पनि विद्यालयहरू खुलै राख्न आह्वान गरेका छन्।
यस अघिका लहरको तुलनामा मृत्यु हुने र अस्पताल भर्ना हुने बिरामीहरूको सङ्ख्या पछिल्ला हप्ताहरूमा निकै कम रहे पनि अस्पताल भर्ना हुन आउनेहरूको सङ्ख्या बिस्तारै उकालो लागिरहेको बताइएको छ।