
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
काठमाडौं । अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको कुल संख्या ८ लाख नाघेको छ । त्यस्तै हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड पुगेको छ ।
आइतबारसम्म अमेरिकामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको रोइटर्सले जनाएको हो । समाचारअनुसार हालसम्म पाँच करोडभन्दा बढी मानिसमा कोरोना पुष्टि भएको छ ।
अमेरिकामा झण्डै दई महिनासम्म कोभिड संक्रमण घट्ने क्रममा थियो । तर पछिल्ला दुई हप्तामा दैनिक संक्रमितको संख्या बढ्न थालेको देखिन्छ । खासगरी भरमोन्ट, न्यू ह्यामशायर र मिचिगन जस्ता चिसो क्षेत्रमा संक्रमित बढ्न थालेका छन् ।
अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि बढ्न थालेको समाचारमा उल्लेख छ । नोभेम्बरको अन्त्यमा मनाइने ‘धन्यवाद आदान-प्रदान’ (थ्याङ्क्सगिभिङ) पर्वयता अस्पताल भर्ना हुने कोभिड संक्रमितको संख्या २० प्रतिशतले बढेको छ । त्यस्तै, पछिल्लो महिना कोभिड संक्रमणबाट हुने मृत्यु ४. ६ प्रतिशतले बढेको छ ।
अमेरिकामा डेल्टा भेरियन्ट नै संक्रमणको प्रमुख कारण बनिरहेको अधिकारीहरूले बताएका छन् । तर नयाँ ओमिक्रोन भेरियन्ट फैलिने क्रम जारी छ ।
हालसम्म नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित दुई दर्जन बढी राज्यमा फेला परेका छन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रकी निर्देशक डा. रोचेल वालेस्कीका अनुसार ९९ प्रतिशत संक्रमित डेल्टाका छन् ।
वर्ल्डोमिटरका अनुसार कोभिड संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा सबैधन्दा धेरै छ । पछिल्लो विवरण अनुसार त्यहाँ हालसम्म पाँच करोड ८० लाख १ हजार ४५५ जनामा संक्रमण पुष्टि भएको छ भने आठ लाख १७ हजार ९५६ जना संक्रमितको मृत्यु भएको छ ।
संक्रमित धेरै रहेको मुलुकमा भारत दोस्रो स्थानमा छ । त्यहाँ हालसम्म ३ करोड ४६ लाख ९७ हजार ८६० जनामा भाइरस पुष्टि भइसकेको छ भने चार लाख ७५ हजार ६३६ जनाको मृत्यु भएको छ । तर मृतकको संख्या हेर्दा ब्राजिल दोस्रो स्थानमा छ । ब्राजिलमा हालसम्म ६ लाख १६ हजार ९४१ जनाको मृत्यु भएको छ ।